Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #मनोनयन_दर्ता
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बिग्रँदो अर्थतन्त्रबारे कांग्रेस केन्द्रीय समितिमा चिन्ता
बिग्रँदो अर्थतन्त्रबारे कांग्रेस केन्द्रीय समितिमा चिन्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, असोज ६, २०८०
  • कांग्रेसको अर्थमन्त्री हुँदा पनि देशको आर्थिक अवस्था जर्जर भएको र व्यवसाय ठप्प रहेकोमा केन्द्रीय समितिमा आलोचना
  • दसैंअघि व्यवसायीलाई विशेष राहत प्याकेज ल्याउन नेताहरुको माग
  • कांग्रेस प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. प्रकाशशरण महत भने इजिप्टतिर प्रस्थान

काठमाडौं– देशको बिग्रँदो अर्थतन्त्रबारे कांग्रेस केन्द्रीय समितिमा बहस सुरु भएको छ । आफ्नै पार्टीका नेता डा. प्रकाशशरण महत अर्थमन्त्री भएको बेला पनि देशको अर्थतन्त्र नाजुक हुनु डरलाग्दो भएको नेताहरुले केन्द्रीय समितिमा राखे ।

बैठक सुरु हुनासाथ पूर्वअर्थराज्यमन्त्रीसमेत रहेका भरत शाहले संकटपूर्ण स्थितिमा पनि सरकारले अर्थतन्त्रलाई लयमा फर्काउने कदम चाल्न नसकेको बताए । ‘देशको स्थिति जटिल छ । खराब छ । आधाजस्तो उद्योग बन्द छन् । धेरै मान्छे विदेश पलायन भइरहेका छन् । यस्तो संकटबाट कसरी निस्कने ?,’ शाहले प्रश्न गरे ।

कांग्रेसबाट अर्थशास्त्र पढेका अर्थमन्त्री रहेकाले जनताले राहतको अपेक्षा गर्नु स्वाभाविक भएको प्रचार विभागका प्रमुखसमेत रहेका मीन विश्वकर्माले बताए । ‘आँगनमा चाडपर्व आएको छ । हाम्रो अर्थमन्त्री हुनुहुन्छ । सरकारले यतिबेला उचित नीति अबलम्बन गर्नुपर्दछ,’ केन्द्रीय सदस्य विश्वकर्माले भने । दसैं अगाडि नै आर्थिक प्याकेज कार्यक्रम सरकारले ल्याउनुपर्ने मागसमेत उनको थियो ।

केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले सरकारले समयअनुकूल नीति लिन नसक्दा बैंकमा रकम थुप्रिन पुगेको बताए । ‘बैंकमा पाँच खर्ब थन्किएको छ । सरकारले राम्रो नीति नबनाउँदा त्यो पैसा बाहिर आउन सकेन,’ पोखरेलले भने, ‘देशका ३५ प्रतिशत सटर बन्द भएका छन् । दसैंको मुखमा बजार सुनसान छ । सरकार गम्भीर नै देखिँदैन ।’

Hardik health

उनले अर्थमन्त्री महतले पदीय जिम्मेवारीविपरीत अनुत्तरदायी अभिव्यक्ति दिँदै हिँडेको आरोपसमेत लगाए । ‘अर्थमन्त्री राष्ट्र बैंकलाई मौद्रिक नीति कडा ल्याएको भनेर गाली गर्नुहन्छ । गभर्नर सरकारको नीतिका कारण अहिलेको स्थिति निम्तिएको भन्छन् । सरकारको संवेदनशील अंगमा बसेर यसरी अनुत्तरदायी भएर बोल्नु भएन,’ पोखरेलले भने ।

अर्का केन्द्रीय सदस्य गुरु बरालले बैंकको ऋणले नागरिकलाई दूरावस्थामा पु¥याएको बताए । व्यवसायबाट पलायन हुने तथा आत्महत्याको बाटो रोजिएको भन्दै अर्थतन्त्र उकास्नलाई ठोस पहलकदमी लिन सरकारको ध्यानाकर्षण गराए । बरालले तत्काल राहत प्याकेज ल्याएर निराशा रहेको वर्गलाई आशा सञ्चार गराउन आग्रह गरे ।

हरेक नागरिकले स्वदेशप्रति विश्वास नभएर छोराछोरीलाई १२ कक्षा सकिएपछि विदेश पठाउने सपना देखेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बताए । ‘नेपाल आज शवले छोराछोरी कुर्ने देशमा रुपान्तरित हुँदै गरेको छ,’ शिवकोटीले भने, ‘पछिल्लो ३० वर्ष पटक–पटक अवसर पाएका नेतृत्व तहका अग्रजहरुलाई देश त हामीले बनाएको रहेछौं नि भन्ने लाग्दैन ?’

केन्द्रीय सदस्य जीपजिरिङ लामाले निर्माण व्यवसायीले भुक्तान नपाउँदा अहिलेको अवस्था आएको बताए । लामाले पार्टीको अर्थमन्त्री रहेका बेला देशको आर्थिक अवस्था कमजोर हुँदा गलत सन्देश गइरहेको बताए । ‘देशको आर्थिक अवस्था जर्जर छ । व्यवसाय ठप्प छ । तर व्यवसायमैत्री भनिने हाम्रो पार्टीको अर्थमन्त्री भएकै बेला व्यवसायीले काम गरेको रकम भुक्तानी पाउन सकका छैनन्,’ लामाले भने, ‘७५ प्रतिशत व्यवसायी डेमोक्रेट हुन् । भुक्तानी नपाएपछि तथा व्यवसाय ठप्प भएपछि ती साथीले साथ दिइरहलान् ?’

निर्माण व्यवसायीहरुले केही समयअघि बक्यौता भुक्तानीका लागि काठमाडौंमा निर्माण सामग्रीसहित प्रदर्शन गरेका थिए । अर्थमन्त्री महतले बिल प्राप्त भएको १५ दिनमा भुक्तानी दिने भनेपछि व्यवसायी विरोध प्रदर्शनबाट पछि हटेका थिए ।
निर्माण व्यवसायीले भुक्तानी नपाउँदा व्यवसाय चौपट रहेको उनले सुनाए । निर्माण व्यवसायीसमेत रहेका लामाले कांग्रेस बैठकमा भने, ‘अर्बौं खर्बौं रुपैयाँ निर्माण व्यवसायीले पाएका छैनन् ।’

युवा विदेसिने क्रम बढ्नु र गएकाहरु कतिपय फर्कने अपेक्षासमेत राख्न नसकिने परिस्थिति बनेकोे नेताहरुको चिन्ता छ । केन्द्रीय सदस्य नानु बाँस्तोलाले पार्टीका कार्यक्रममा युवाहरु भेट्नै नसकिने अवस्था रहेको सुुनाइन् । ‘व्यवसायी घरबारविहीन हुने अवस्था आएको छ । युवाहरु पलायन भएको मात्रै भन्छौं । पार्टीले गरेका कार्यक्रम युवा भेटिँदैनन्,’ बाँस्तोलाले भनिन् ।

अर्थमन्त्री महतले आर्थिक गतिविधि बढाउन मौद्रिक नीतिमा लचकता अपनाउनुपर्ने अभिव्यक्ति सार्वजनिक मञ्चबाट दिंदै आइरहेका छन् । तर उनको कुरा गभर्नर महाप्रसाद अधिकारीले सुनेको देखिंदैन ।

महतले केही दिनअघि सेयर खरिदमा १२ करोडको सीमा हटाउन आवश्यक रहेको भनेका थिए । तर राष्ट्र बैंकको सञ्चालक समितिको शुक्रबार बिहान बसेको बैठकमा यसबारे छलफल नै भएन । पोखरेलले अर्थ मन्त्रालयमा नौ महिनामै सचिव तीनपटक फेरिएकाप्रति पनि असन्तुष्टि जनाए । ‘कांग्रेसका अर्थमन्त्री हुँदा सेयर बजार ओरालो लागेको छ । व्यापारी निराश छन् । कतैतिर आशा देखिँदैन । तर मन्त्रीको ध्यान अर्थसचिव फेर्नमा मात्र केन्द्रित देखिन्छ,’ उनले भने, ‘यो काम गराइका कारण कांग्रेसको इमेज ड्यामेज हुँदै छ ।’महतले अर्थसचिवका रुपमा बिहीबार कृष्णहरि पुष्करलाई हालै भित्र्याएका छन् । २०७९ साउनदेखि पुससम्म पनि पुष्कर अर्थसचिव नै थिए ।

कांग्रेस प्रवक्तासमेत रहेका अर्थमन्त्री महत भने बैठक सुरु हुनु पहिले शुक्रबार बिहान इजिप्टको राजधानी लागेका छन् । उनी एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकको वार्षिक बैठकमा भाग लिन त्यता लागेका हुन् ।
 


प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १०:०७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
भक्तपुर-२ मा दिइन् शोभा पाठकले उम्मेदवारी
भक्तपुर-२ मा दिइन् शोभा पाठकले उम्मेदवारी मंगलबार, माघ ६, २०८२
नेकपाका संयोजक दाहालद्वारा उम्मेदवारी दर्ता
नेकपाका संयोजक दाहालद्वारा उम्मेदवारी दर्ता मंगलबार, माघ ६, २०८२
एमाले सचिव राईद्वारा मनोनयन दर्ता
एमाले सचिव राईद्वारा मनोनयन दर्ता मंगलबार, माघ ६, २०८२
बैतडीमा एमालेका तर्फबाट भण्डारीद्वारा मनोनयन दर्ता
बैतडीमा एमालेका तर्फबाट भण्डारीद्वारा मनोनयन दर्ता मंगलबार, माघ ६, २०८२
सुनसरी १ बाट गराए  हर्कले मनोनयन दर्ता
सुनसरी १ बाट गराए हर्कले मनोनयन दर्ता मंगलबार, माघ ६, २०८२
एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने
एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने मंगलबार, माघ ६, २०८२
पूर्वप्रधानमन्त्री देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने
पूर्वप्रधानमन्त्री देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP