Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #भूमि विधेयक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • फेरिएन देउवाको कार्यशैली
फेरिएन देउवाको कार्यशैली
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ५, २०८०
  • १५ औं महाधिवेशनको सुरसार चल्दा पनि ७० विभागमध्ये १६ विभागमात्र बल्ल गठन भएको छ 
  • विधानअनुसार केन्द्रीय समितिलाई ६ महिनामा पूर्णता दिनुपर्ने हो । तर देउवाले किस्ताकिस्तामा केन्द्रीय सदस्य थपिरहेका छन् ।
  • सत्ता भागबण्डा र केही पदमा भाग पाएपछि संस्थापइतर पनि मौनता साँधेर बसेको देखिन्छ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उही गति र उही मतिमा चल्न थालेका छन् । सभापतिमा निर्वाचित भएपछि विधानअनुसार चल्नुपर्नेमा देउवा मैमत्त हिसाबले चल्न थाले पनि केन्द्रीय सदस्यहरु भने चुपचाप देखिन्छन् ।

विधानअनुसार केन्द्रीय समितिलाई ६ महिनामा पूर्णता दिनुपर्ने हो । तर देउवाले किस्ताकिस्तामा केन्द्रीय सदस्य थपिरहेका छन् । केन्द्रीय समितिमा अझै पनि कोषाध्यक्ष चयन हुन सकेको छैन भने २ जना केन्द्रीय सदस्य मनोनित कोटा अझै बाँकी छ ।

पार्टीका विभागहरु ६ महिनाभित्रै गठन भइसक्नुपर्ने हो । तर १५ औं महाधिवेशनको सुरसार चल्दा पनि ७० विभागमध्ये १६ विभागमात्र बल्ल गठन भएको छ । तिनमा पनि संयोजकमात्र तोकिएका छन् । १४ औं महाधिवेशनमा जसरी मनोमानीमा उत्रिएर चौतर्फी आलोचनाका पात्र बनेका थिए देउवा । जसका कारण कांग्रेस इतिहासमै कमजोर पार्टी साबित बन्यो । दोस्रो कार्यकालमा भने कांग्रेस संसदमा ८९ सिटसहित पहिलो दल बन्यो ।

केन्द्रीय समितिमा पनि ८० प्रतिशत बढी शक्ति आर्जेका देउवा पुरानै शैलीमा फर्कन थालेका देखिन्छन् । पहिलो कार्यकालमा रामचन्द्र पौडेल समूहले खबरदारी गरिरहे पनि यसपटक भने संस्थापनइतरले खासै ‘काउन्टर’ दिन सकेको देखिँदैन । सत्ता भागबण्डा र केही पदमा भाग पाएपछि डा शेखर कोइराला समूह मौनता साँधेर बसेको देखिन्छ ।

थपे ८ केन्द्रीय सदस्य
केन्द्रीय समितिअघि सभापति देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम बिहीबार ८  जनालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गरेका हुन् ।

देउवाले मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा चन्द्रकान्त भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) लाई मनोयन गरेका हुन् । देउवाले मनोनित गरेका ८ मध्ये चन्द्र भण्डारी र शारदा पौडेल संस्थापनइतरका हुन् ।

२०७८ मंसिरमा सम्पन्न १४ औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित १९ महिने अवधिमा पटकपटक गरी ३२ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका छन् ।१६७ सदस्यीय रहने केन्द्रीय समितिमा सभापतिसहित १३ जना पदाधिकारी र १२२ जना केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित भएर आएका थिए । सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार विधानले दिएको छ । 

यसअघि सभापति देउवाले ०८० वैशाख २२ गते मीनेन्द्र रिजाललाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए । त्यसअघि देउवाले ०७९ साउन ३१ गते १० जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।महोत्तरीकी किरण यादव, काठमाडौंकी राधा घले, ललितपुरकी धना खतिवडा, धादिङकी उर्मिला थपलिया, मोरङकी  रुकमिनी कोइराला, काठमाडौंकी कल्याणी रिजाल, झापाकी गोमा भट्टराई, रुपन्देहीकी गंगा शाही, सुनसरीकी लक्ष्मी खतिवडा र नवलपुरकी सीता देवकोटा केन्द्रीय सदस्य भएका थिए ।

०७८ पुस १७ गते सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य बनाएका थिए । राष्ट्रपतिमा निर्वाचत पौडेल अहिले पार्टीसँगको आवद्धता टुंगाएका छन् ।भोलिपल्ट पुस १८ गते सभापति देउवाले जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए । 

मनोनित केन्द्रीय सदस्यको योग्यतामाथि प्रश्न 
कांग्रेस केन्द्रीय समितिको बैठकमा मनोनीत केन्द्रीय सदस्यको योग्यता र आधारमाथि प्रश्न उठेको छ । गण्डकी कांग्रेस सभापति शुक्रराज शर्माले सभापति देउवासँग केन्द्रीय सदस्यहरू मनोनीतको योग्यता र आधार खोजेका हुन् । ‘आज पनि तपाईंले केन्द्रीय सदस्य मनोनीत गर्नुभयो, केन्द्रीय सदस्य बन्ने योग्यता के हो ?,’ देउवालाई शर्माको प्रश्न छ, ‘केन्द्रीय सदस्य हुन केके काम गर्नुपर्छ ? के–के काम गरेपछि मात्रै कांग्रेस सदस्य हुन पाइन्छ ? मापदण्ड हुनुपर्दैन ।’विचार पु¥याएर मात्रै केन्द्रीय सदस्य मनोनीत गर्न सभापति देउवालाई शर्माले ध्यानाकर्षण गराए । जथाभावी मनोनीत गर्दा संगठनलाई नै क्षति पुग्न सक्ने उनको भनाइ थियो ।

शिक्षकको मागबारे केन्द्रीय समितिमा छलफल
महासमिति बैठकलाई मुल एजेन्डा बनाएर शुरु भएको कांग्रेस केन्द्रीय समितिमा शिक्षक आन्दोलनको विषयबारे पनि छलफल भएको छ । बैठकमा अधिकांश सदस्यले आन्दोलनका कारण पठनपाठन ठप्प हुनु गम्भीर विषय भएको भन्दै शिक्षकहरुसँग वार्ता गरेर समस्याको समाधान निकाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । कल्याण गुरुङ, प्रतिमा गौतम, नैनसिंह महरलगायतले शिक्षकका जायज माग सरकारले सम्बोधन गर्नुपर्ने बताए । 

केन्द्रीय सदस्य गौतमले शिक्षकहरुको आन्दोलनले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै यस विषयमा कांग्रेस चुप लागेर बस्न नमिल्ने बताइन् । उपसभापतिसमेत रहेका कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरूसँग सरकारले वार्ता थालेको जानकारी गराएका छन् ।‘उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आजदेखि शिक्षकहरूसँग वार्ता सुरू भएको छ,’ उपसभापति खड्काले भने, ‘शिक्षकहरूको समस्या समाधान हुन्छ, हामीले समस्या समाधान गर्छौं ।’

शिक्षकहरूले मुलुकको अवस्था र संविधानले गरेको प्रबन्धलाई बुझेको खड्काको भनाइ छ । ‘शिक्षक आन्दोलनले उठाएका सवालका सन्दर्भमा सरकारबाट अग्रसरता लिइरहेको छ,’ उनले भने, ‘समाधान निस्किन्छ ।’उनले यसअघि शिक्षकहरूसँग गरिएका सहमतिबाट सरकार पछि नहट्ने बताएका छन् । ‘शिक्षकहरूको पेसागत अवस्थालाई सुधार र व्यवस्थित गर्न सरकार खुला छ,’ खड्काले भने, ‘ऐनमा, नियमावलीमा, कार्यविधिमा कसरी व्यवस्था गरेर समस्याहरूलाई समाधान गर्न सकिन्छ भन्नेबारे छलफल गर्न तयार छौं ।’

सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् । नेपाल शिक्षक महासंघ र उपप्रधानमन्त्री श्रेष्ठसहितले बिहीबार बिहान गृह मन्त्रालयमा वार्ता गरे पनि छलफल निष्कर्षमा पुगेको थिएन ।


प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP