Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #भूमि विधेयक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सानेपामा शेखर र शशांकको मन माझामाझ
सानेपामा शेखर र शशांकको मन माझामाझ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज ४, २०८०

मैलेमात्र सँगै छौं भनेर भएन । एउटा परिवारको सदस्य मिलाउन नसक्नेले पार्टी कसरी मिलाउने (शेखरतिर लक्षित गर्दै) ? मेरो त प्रयास रहन्छ । तपाईं (नेता कार्याकर्तातिर)हरुले दुई जनालाई सोध्नुस् ।
डा. शशांक कोइराला

तपाईंंहरु किन नमिलेको धेरै जनाले भन्नुहुन्छ । तपाईंहरु मिल्नुभएन, पार्टीको यो दुर्दशा भयो भन्ने फोन गरेर धेरैले भन्नुहुन्छ । यसपटक कोइराला परिवारको एक जनालाई चान्स दिऔं न त सभापति बनाएर । म सहयोग गर्छु ।
सुजाता कोइराला

१४औं महाधिवेशनमा त तपाईंहरुले सहयोग गर्नुभएन । बिगारेको तपाईंहरुले हो । समस्या तपाईंहरुले बेहोरिरहेकै छ । आज ९० सिट भएको कांग्रेसलाई सरकारमा खोज्नुपरेको छ ।
डा. शेखर कोइराला



काठमाडौं– नेपाली कांग्रेसमा तीन कोइरालाको एकताबारे बेलाबेला चर्चा चल्छ । तर, डा. शेखर कोइराला, डा. शशांक कोइराला र सुजाता कोइरालालाई सँगै देखिन मुस्किलै पर्छ । तीनै कोइरालालाई एकै मञ्चमा उभ्याउने मौका बन्यो– बिपी साहित्य महोत्सव ।
कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ११०औं जन्मजयन्तीको अवसरमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा महोत्सव आयोजना गरिएको थियो । भदौ २२ गतेबाट सुरु भएको महोत्सव २६ गते सम्पन्न हुने कार्यतालिका थियो । तर, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण स्थगित कार्यक्रम बुधबार आयोजना गरियो ।


महोत्सवको अन्तिम दिनको अन्तिम सेसन अरु सेसनमा भन्दा धेरैको आकर्षण देखिन्थ्यो । कारण १४औं महाधिवेशनमा तीनतिर फर्केका तीन कोइरालाले तीतामिठा अनुभवका पोका खोल्छन् कि । किनभने त्यहीबेलाको तीक्तता बोकेर १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिन शेखर–शशांक देशदौडाहामा जाने तयारीमा छन् । सुजाताले भने यो आँट देखाएकी छैनन् ।


साहित्यमा बिपीको योगदानबारे बहस गर्न कांग्रेसले आयोजना गरेको कार्यक्रममा ‘परिवारले बुझेको बिपी’ शीर्षकको सेसनमा तीनै नेतालाई कांग्रेसले नै एकै मञ्च मिलाइदियो ।


तीन नेतालाई एकै ठाउँमा देखेपछि जिज्ञासा आउने नै भयो । कार्यक्रम सञ्चालक पत्रकार जगत नेपालले तीन कोइराला कहाँ छन् ? भनी प्रश्न गरे । जवाफमा शशांकले तीनै कोइराला एक हुनुपर्ने बताए । यद्यपि उनले आफू १४औं महाधिवेशनमा सभापति लड्ने चाहना भए पनि शेखरले उछिनेको प्रतिक्रिया दिए । ‘हुन त हामी एक छौं । एक छौं हैन, एक हुनुपर्छ । शेखर दाइ सभापतिमा लड्नुभयो । जबकि मलाई लाग्थ्यो नेतृत्वका लागि म नै उपयुक्त हुँ,’ शशांकले भने । नेपाली कांग्रेस र राष्ट्रका लागि कोइराला परिवार एक ठाउँमा उभिनुपर्ने शशांकको तर्क थियो । 


डा. शेखरको भने आफ्नै गुनासो रह्यो । १४औं महाधिवेशनमा दुई कोइरालाले सहयोग नगर्दा अहिलेको अवस्था सिर्जना भएको बताए । डा. शशांक मौन बस्दा १४औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवालाई सहज भएको थियो । यसैगरी सुजाताले प्रकाशमान सिंह प्यानलबाट उपसभापति पदमा उम्मेदवारी दिएकी थिइन् । यसै विषयमा फ्लोरबाट प्रश्न आयो, ‘१४औं महाधिवेशनमा तीनतिर फर्कनुभयो । अब एक भएर कांग्रेस हाँक्छ कि हाँक्दैन ?’ 


सुरुमै शशांकले भने, ‘मैलेमात्र सँगै छौं भनेर भएन । एउटा परिवारको सदस्य मिलाउन नसक्नेले पार्टी कसरी मिलाउने (शेखरतिर लक्षित गर्दै) ? मेरो त प्रयास रहन्छ । तपाईं (नेता कार्याकर्तातिर)हरुले दुई जनालाई सोध्नुस् ।’ शशांकको जवाफमा हलमा हाँसो गुञ्जियो ।
सुजाताले एक हुने विषयमा आफ्नो पनि प्रयास रहने बताइन् । ‘तपाईंहरु किन नमिलेको धेरै जनाले भन्नुहुन्छ । तपाईंहरु मिल्नुभएन, पार्टीको यो दुर्दशा भयो भन्ने फोन गरेर धेरैले भन्नुहुन्छ,’ सुजाताले भनिन्, ‘यसपटक कोइराला परिवारको एक जनालाई चान्स दिऔं न त सभापति बनाएर । म सहयोग गर्छु ।’ 


डा. शेखरले भने यो प्रश्न निकै जटिल भएको तर्क गरे । १४औं महाधिवेशनमा सहयोग नभएको प्रसंग निकाल्दै उनले भने, ‘यो जटिल प्रश्न हो । कांग्रेसमा कोही जित्छ, कोही हार्छन् । १४औं महाधिवेशनमा त तपाईंहरुले सहयोग गर्नुभएन । उहाँहरु गलत रहेछ भन्ने भयो नि १५औं मा आउने हो भने म तयार छु ।’


त्यसपछि अर्को प्रश्न आयो हलबाट– मिलाउन सक्ने बिपीको गुण तपाईंहरुमा देखिएन ।
शशांकले तुरुन्तै आफू मिलाउन सक्ने व्यक्ति भएको र अबको सभापतिमा स्वतः दाबेदार भएको दाबी पेस गरे । ‘म मिलाउन सक्ने व्यक्ति । म क्याटलिस्टका रुपमा छु । दुई धातु मिलाउने क्याटलिस्ट हुन्छ नि । म शेखर दापट्टी पनि लागिनँ, शेरबहादुरपट्टी पनि लागिनँ । एक्लै लडें ।’


बीचमा बसेकी सुजाताले भने अब मिल्नैपर्ने नभए बर्बाद् हुने बताइन् । लगत्तै शेखरले बिगार्ने शशांक र सुजाता भएको आरोप लगाए । ‘बिगारेको तपाईंहरुले हो । समस्या तपाईंहरुले बेहोरिरहेको छ । आज ९० सिट भएको कांग्रेसलाई सरकारमा खोज्नुपरेको छ,’ शेखरले भने ।

सरकारमा कांग्रेसको ‘पर्फमेन्स’ कमजोर 
डा. शेखरले अहिले कांग्रेस नेतृत्वको कारण सरकारमा सहभागी मन्त्रीहरुले कुनै काम देखाउन नसकेको दाबी गरे । ‘हामी चुकेका हौं कि ? जनताले के पाए त ? बेरोजगारी ? शिक्षाको हालत खराब छ । महिनाको रेमिट्यान्स गनेर अर्थमन्त्री र सरकार खुसी हुन्छन्,’ उनले भने । मंगलबार भएको शेखर समूहको बैठकले केन्द्रीय समितिमा यही विषयलाई मूल मुद्दा बनाउने निर्णयसमेत गरेको छ । कांग्रेसको केन्द्रीय समिति आज बस्दै छ ।


देशमा विभिन्न घोटाला हुँदा तीन पार्टीका तीन नेता मिले सबै सामसुम हुने तर्क गरे । ‘तीनटा नेता बस्छन्, सबै कुरा ठीकठाक रे । सुनकाण्डदेखि शरणार्थी प्रकरणमा,’ डा. शेखरले भने । उनले अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसमेत सत्तापक्षजस्तै देखिएको बताए । ‘एमाले पनि अपोजिसनमा छैन,’ शेखरले भने ।


सुजाताले भने कांग्रेसमासमेत अपोजिसन नभएको तर्क गरिन् । ‘गठबन्धनमा मात्र हैन कांग्रेसमा पनि अपोजिसन छैन । दाइ, दाइ, राम्रो–राम्रो भन्ने, अनपपुलर मान्छेले देश चलाएको छ ३० वर्षदेखि,’ सुजाताले शशांकतिर हेर्दै थपिन्, ‘तिमीलाई भनेको हैन ।’ त्यसअघि शशांकले आफूले चार–चार चोटि नवलपुरबाट जितेको उदाहरण दिएका थिए ।
 


प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP