Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #भारत–पाकिस्तान
  • #ओभरपास
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #हुलाकी_राजमार्ग
  • #सेयर_बजार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सरकारमा कांग्रेसको ‘पर्फमेन्स’ कमजोर
शेखर समूहको निष्कर्ष सरकारमा कांग्रेसको ‘पर्फमेन्स’ कमजोर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज ३, २०८०
RBB RBB

सरकारमा संविधान नमान्ने, पार्टीमा विधान नमान्ने भयो नेतृत्वको काम । 
प्रा.डा. गोविन्द पोखरेल
केन्द्रीय सदस्य

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतरले सरकारमा सहभागी कांग्रेस मन्त्रीहरुको प्रस्तुति कमजोर रहेको निष्कर्ष निकालेको छ । उपसभापतिसमेत रहेका कानुनमन्त्री धनराज गुरुङको उपस्थितिमा बालुवाटारस्थित डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा मंगलबार बसेको गुट बैठकले सरकारमा सहभागी मन्त्रीहरुको ‘पर्फमेन्स’ कमजोर रहेको निष्कर्ष निकालेको हो ।

भोलि (बिहीबार) बस्न लागेको केन्द्रीय समिति बैठकमा आफ्ना एजेण्डा तय गर्न बसेको संस्थापनइतर बैठकमा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीमाथिसमेत प्रश्न उठाइएको छ । ‘कांग्रेसकै सरकारले संविधान नमान्ने, पार्टीमा विधान नमान्ने । कांग्रेसले सरकारमा बसेर पनि जनताको आवश्यकताअनुसार काम गरेन,’ कांग्रेस केन्द्रीय सदस्य प्रा.डा. गोविन्द पोखरेलले भने, ‘सरकारमा राम्रो पर्फमेन्स भएन । पार्टी उस्तै जथाभावी चलाइरहेको छ ।’

अघिल्लो केन्द्रीय समितिमा डा. शेखरले सरकारमा पार्टीका मन्त्रीहरुको प्रस्तुतिबारे प्रश्न उठाएका थिए । यद्यपि, पार्टी सभापति शेरबहादुर देउवाबारे भने मौन बसेका थिए । कांग्रेसबाट सरकारमा नौ जना मन्त्री सहभागी छन् । कुनै पनि मन्त्रीले जनताले चाहेको जस्तो काम गर्न नसकेको संस्थापनइतरका नेताहरुको दाबी रह्यो । पछिल्लोपटक अर्थमन्त्री डा. प्रकाशशरण महत र स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई सरकारबाट फिर्ता बोलाउने तयारीसमेत कांग्रेसले गरेको चर्चा छ ।

यो सरकारले थालेको भ्रष्टाचारविरोधी अभियान त्यसै रोकेकोले कांग्रेस नेतृत्वमाथि थप शंका उब्जेको प्रा.डा. पोखरेलले तर्क गरे । ‘भ्रष्टाचारको अभियान रोकिएको जस्तो देखिन्छ । कांग्रेस यो सरकारमा सहभागी दल हो । यो अभियान किन रोकियो भन्ने प्रश्न उठेको छ,’ उनले भने ।

सरकारको काममाथि कैयन् प्रश्नहरु रहेको पूर्वमन्त्रीसमेत रहेका दिलेन्द्र बडूले बताए । ‘सन्तोष भइहाल्ने स्थिति छैन सरकारको पर्फमेन्स । विधेयकहरु ल्याउनै सकेको छैन सरकारले । बल्ल आएको शिक्षा विधेयक विवादमा छ,’ उनले भने, ‘यिनै विषयमा केन्द्रीय समितिमा समीक्षा गर्ने एजेण्डा हामीले बनाएका छांै ।’

कांग्रेसको नेतृत्वमा कोशीमा दुई–दुई पटक सरकार बने पनि संविधानविपरीत भन्दै सर्वोच्च अदालतले उद्धव थापालाई बर्खास्त गरिदियो । यसले कांग्रेसलाई अप्ठेरोमा पु¥याएको अर्का केन्द्रीय सदस्य सञ्जय गौतमले तर्क गरे । ‘सरकारको गतिविधि हामीलाई चित्त बुझेको छैन । कोशी प्रदेशको सरकारका कारण राजनीतिक रुपमा हामी अप्ठेरोमा परेका छौं,’ गौतमले भने ।

विधेयकहरु ल्याउनै सकेको छैन सरकारले । बल्ल आएको शिक्षा विधेयक विवादमा छ ।
दिलेन्द्र बडू
केन्द्रीय सदस्य


सरकार अराजक बन्दै गएको विषयमा पनि केन्द्रीय समितिमा आवाज उठाइने उनले बताए । ‘सरकार बन्दै जाने क्रममा अराजकता फैलिएको छ । कसैले सिंहदरबारमा आगो लगाइदिन्छु भन्ने कसैले जातीय संघीयता ल्याउँछु भनेको छ । कसैले लाखौं मान्छे सडकमा उतार्छु भनेको छ,’ गौतमले भने । प्रधानमन्त्री पुष्पकमल दाहाल र काठमाडौंका मेयर बालेन्द्र साहले केही समयअघि यस्तै भनाइ राखेका थिए । अहिले यस्तो भनाइले राजनीतिमा विचलन देखेको गौतमको भनाइ थियो ।

यसैगरी गुट भेलाको निर्णय सुनाउँदै केन्द्रीय सदस्य बडूले साउन १० को बैठकले तय गरेको कार्यतालिकाअनुसार काम गर्न नेतृत्वलाई सुझाउने तयारी गरेको बताए । ‘कार्यतालिका अनुसार काम भयो भएन भन्ने विषयमा केन्द्रीय समितिमा समीक्षा गर्ने । संसदभित्रको कुरा र सरकारको पर्फमेन्सको विषयमा छलफल भयो ।’

सरकारको गतिविधि हामीलाई चित्त बुझेको छैन । कोशी प्रदेशको सरकारका कारण राजनीतिक रुपमा हामी अप्ठेरोमा परेका छौं ।
सञ्जय गौतम
केन्द्रीय सदस्य


यसैगरी आगामी महासमिति र नीति अधिवेशनको तयारीबारे पनि केन्द्रीय समितिमा आवाज उठाउने उनले बताए । कांग्रेसले आगामी मंसिर ११, १२ र १३ गते महासमिति बैठक गर्ने निर्णय गरेको छ । भेलामा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, दिलेन्द्र बडू, दीपक गिरी, चन्द्र भण्डारी, सञ्जय गौतम, प्रा.डा. पोखरेल, प्रतिमा गौतम, सरिता प्रसाईं, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णप्रसाद नेपालीलगायत नेता सहभागी थिए । बैठकमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई पनि निम्तो दिइएकोमा उनीहरु भने उपस्थित भएनन् । 
 


प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने
नेपाली जनसम्पर्क समितिलाई कांग्रेसले थप देशमा विस्तार गर्ने बिहीबार, वैशाख २५, २०८२
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने  बैठक स्थगित
प्रचण्डकाे सुदुरपश्चिमका माओवादी सांसदहरुसँग हुने बैठक स्थगित बुधबार, वैशाख २४, २०८२
युवा संघको विवादमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते
युवा संघको विवादमा झडप, एमाले प्रदेश सदस्य पौडेल घाइते बुधबार, वैशाख २४, २०८२
एमाले अधिवेशनमा विवाद,कुर्सी हानाहान
एमाले अधिवेशनमा विवाद,कुर्सी हानाहान मंगलबार, वैशाख २३, २०८२
सभापति देउवाद्वारा बैतडी– काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सभापति देउवाद्वारा बैतडी– काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन मंगलबार, वैशाख २३, २०८२
नीति तथा कार्यक्रम यर्थाथभन्दा निकै टाढाः अध्यक्ष दाहाल
नीति तथा कार्यक्रम यर्थाथभन्दा निकै टाढाः अध्यक्ष दाहाल सोमबार, वैशाख २२, २०८२
संसद्मा सत्तापक्ष–प्रतिपक्षबीच घोचपेच, सुशासन र भ्रष्टाचार मामलामा आ–आफ्नै दाबी
संसद्मा सत्तापक्ष–प्रतिपक्षबीच घोचपेच, सुशासन र भ्रष्टाचार मामलामा आ–आफ्नै दाबी सोमबार, वैशाख २२, २०८२
लोकप्रिय
  • Week
  • Month
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा
स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
मलेसिया रोजगारीमा सिण्डिकेटको हल्ला
मलेसिया रोजगारीमा सिण्डिकेटको हल्ला
व्यवसायी संघकाे चुनाव नजिकिदै गर्दा  ५ जना निलम्बनमा 
व्यवसायी संघकाे चुनाव नजिकिदै गर्दा ५ जना निलम्बनमा 
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
तेमाल जात्रामा दुई दिन बिदा दिन माग
तेमाल जात्रामा दुई दिन बिदा दिन माग
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP