Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #जुडो
  • #सकुन_सुनुवार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • केन्द्रीय समितिअघि शेखरले बोलाए ‘गुट भेला’
कांग्रेसमा किचलो केन्द्रीय समितिअघि शेखरले बोलाए ‘गुट भेला’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज २, २०८०
  • भेलामा महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई पनि निम्तो
  • आफ्नै समूहबाट महामन्त्री बनेका गगन थापा उपस्थित हुनेमा शंका
  • कोशी प्रदेशको अपदस्थ सरकार र संघीय सरकारमा कांग्रेसको कामबारे प्रश्न गर्ने विषयमा छलफल हुने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक यही असोज ४ गतेका लागि बोलाइएको छ । साउन १० गतेको केन्द्रीय समितिले असोज २ गतेका लागि मिति तय गरे पनि अन्तिम समयमा बैठकको मिति सारिएको हो ।

केन्द्रीय समितिअघि संस्थापनइत्तर पक्षले आफ्नो समूहको बैठक डाकेको छ । संस्थापनइत्तर समूहका नेता डा. शेखर कोइरालाले आज (मंगलबार) अपराह्न १ बजे बालुवाटारस्थित आफ्नो सम्पर्क कार्यालयमा भेला राखेका हुन् । भेलामा महामन्त्री विश्वप्रकाश शर्मालाई पनि बोलाइएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । त्यसैगरी भेलामा प्रदीप पौडेललाई पनि निम्तो रहेको उनले बताए ।

‘बैठक केन्द्रीय समितिमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि बोलाइएको हो । दिउँसो १ बजे बालुवाटारमा बस्नेछ,’ थपलियाले भने । शेखर पक्षबाट महामन्त्री बनेका गगन थापालाई निम्ता दिइएको हो वा हैन भन्नेबारे उनले खुलाएनन् । संसदीय दलको निर्वाचनयता शेखर र गगन आफ्नो गुटगत भेलामा कतै एकै ठाउँमा देखिएका छैनन् ।

Hardik health

यद्यपि, दुवै नेताले आफूहरु नछुट्टिएको दाबी गर्छन् । महामन्त्री शर्मालाई पनि निम्ता गरिएकोले यो भेलालाई अर्थपूर्ण रुपमा हेरिएको छ । शर्माले संसदीय दलमा गगनलाई सहयोग गरेका थिए । अहिले पार्टीमा उनी उपसभापति पूर्णबहादुर खड्का निकट छन् । देउवाको अघिल्लो कार्यकालमा कांग्रेस प्रवक्ता बनेका शर्माको उपस्थिति भएमा गगनलाई धक्का हुनसक्ने बताइएको छ । २०७८ मंसिरमा भएको १४औं महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको प्यानलबाट प्रतिस्पर्धा गरेर महामन्त्रीमा निर्वाचित भएका थिए ।

यस्तै सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीमा प्रतिस्पर्धा गरी पराजित भएका पौडेललाई पनि कोइरालाले आफ्नो गुटको भेलामा निम्ता दिएका छन् । संसदीय दलको निर्वाचनमा पौडेलले देउवा गुट छाडेका थिए । कोइरालाले साउन पहिलो साता बसेको केन्द्रीय समिति बैठकअघि भने गुटगत भेला राखेका थिएनन् ।

केन्द्रीय समितिमा के छन् एजेण्डा ?
नेपाली कांग्रेस सत्ता साझेदार पार्टी हो । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा कांग्रेसबाट नौ जना मन्त्री छन् । कुनै मन्त्रीले राम्रो काम देखाउन सकेका छैनन् । केन्द्रीय समितिमा कांग्रेस संस्थापनइतरले यस विषयलाई जोडका साथ उठाउने तयारी गरेको छ । यसैगरी संविधानविपरीत कामका कारण कांग्रेसले कोशी प्रदेशमा दुईपटक सरकार गुमाएको छ ।

डा. शेखरले दुवैपटक कांग्रेस गठबन्धनको कदमको विरोध जनाएका थिए । यसै विषयमा पनि संस्थापनइतरले केन्द्रीय समितिमा आवाज उठाउने तयारी गरेको छ ।
त्यसैगरी कांग्रेसले विधानअनुसार चल्नुपर्ने धेरै विभागहरु गठन गर्न सकेको छैन । भदौ तेस्रो साताबाट गर्ने भनिएको ‘समुदायमा कांग्रेस’ कार्यक्रम स्थगित गरेर राखेको छ । महाधिवेशन सम्पन्न भएको २१ महिना बित्दा पनि देउवाले पार्टीको विभाग गठन गरेका छैनन् । पार्टी विधानअनुसार ७० वटा विभाग गठन गरिनुपर्नेमा देउवाले अहिलेसम्म १६ वटा विभागमा संयोजक तोक्ने काममात्र गरेका छन् ।

विभाग गठन नगरेको, सरकारले जनतामा भरोसा जगाउने गरी काम गर्न नसकेको, पार्टीबाट सरकारमा सहभागी सदस्यको भूमिकालगायत विषयमा साझा धारणा बनाउने प्रयोजनका लागि भेला राखेको कोइराला निकट एक पदाधिकारीले जानकारी दिए ।


प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको संघर्ष होः संयोजक दाहाल
भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको संघर्ष होः संयोजक दाहाल मंगलबार, मंसिर २३, २०८२
एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा
एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा मंगलबार, मंसिर २३, २०८२
भ्रष्टाचारीलाई श्रम संस्कृति पार्टीमा कुनै स्थान छैन : अध्यक्ष राई
भ्रष्टाचारीलाई श्रम संस्कृति पार्टीमा कुनै स्थान छैन : अध्यक्ष राई मंगलबार, मंसिर २३, २०८२
एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुगिंयाे
एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुगिंयाे मंगलबार, मंसिर २३, २०८२
सिफलमा श्रम संस्कृति पार्टी अध्यक्ष हर्क साम्पाङकाे भेला
सिफलमा श्रम संस्कृति पार्टी अध्यक्ष हर्क साम्पाङकाे भेला सोमबार, मंसिर २२, २०८२
कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित
कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित आइतबार, मंसिर २१, २०८२
एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र
एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र आइतबार, मंसिर २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP