Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • ग्रेट हिमालयन ट्रेल पदयात्रा सुरु
ग्रेट हिमालयन ट्रेल पदयात्रा सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २८, २०८०


फुङ्लिङ- बृहत् पदमार्ग मानिएको ग्रेट हिमालयन ट्रेल पदमार्ग सुरु गरिएको छ । ताप्लेजुङदेखि सुरु हुने पदयात्राको पदमार्ग दार्चुलासम्म फैलिएको छ । सो पदयात्रा गर्न विदेशी नागरिकले ताप्लेजुङदेखि सुरुआत गरेका छन् ।

प्राकृतिक सुन्दरताको अवलोकनसँगै उच्च हिमाली क्षेत्र हुँदै पदयात्राको अनुभव लिनका लागि पछिल्लो समयमा पर्यटकको रोजाइमा सो पदयात्रा पर्दै गएको हो । दुई विदेशी नागरिकसहितको टोली ग्रेट हिमालयन ट्रेल पदमार्गमा भ्रमणका लागि ताप्लेजुङबाट आज घुन्सा प्रस्थान गरेको छ । 

स्लोभेनियाका ६७ वर्षका मारिया आन्द्रेको नेतृत्वमा ग्रेट हिमालय ट्रायल पदमार्गका लागि यात्रा सुरु गरिएको हो । उहाँले यसअघि नै सगरमाथासहित आठ हिमालसमेत सफल आरोहण गरिसक्नुभएको आन्द्रेले बताए । सन् १९९१ मा ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल सफल आरोहण गरिसकेका आन्द्रेले अहिले ग्रेट हिमालयन ट्रेल पदयात्रा गर्न नेपाल आएको बताए । 

हिमालयन ट्रेलको पदयात्रा गराउनका लागि सोलुखुम्बुका इनसुहाङ राई गाइड(पथ प्रदर्शक) रहेको छ । राईका अनुसार एक सय १५ देखि एक सय २० दिन सम्ममा ग्रेट हिमालय टे«लको पदयात्रा पूरा गर्ने योजना रहेको छ । दुई विदेशी नागरिक, आवश्यक सामग्री बोक्ने शेर्पा र एक पथप्रदर्शक गरी पदमार्गमा यात्रा पूरा गर्नका लागि रु ५० लाखदेखि ६० लाख खर्च हुने अनुमान गरिएको राईले बताए । 

Hardik health

गत साता तीन विदेशी नागरिकलाई ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट सुखद भ्रमणको कामनासहित बिदाइ गरिएको थियो । टोलीमा दुई जर्मनी नागरिक लुकास र आन्ना तथा एक अष्ट्रेलियाली नागरिक क्रिष्टोफर गे्रट हिमालय ट्रेल पदयात्रा गर्न ताप्लेजुङ पुगेका थिए । उनीहरुलाई फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले भ्रमणका लागि आएकामा स्वागत गर्दै भ्रमण सफलताको कामनासहित बिदाइ गरेको थियो ।

भ्रमण टोली ग्रेट हिमालयन ट्रेलअन्तर्गत कञ्चनजङ्घा बेसक्याम्प घुन्साबाट ओलाङचुङ्गोला हुँदै लुम्बासुम्बा हिमालबाट सङ्खुवासभाको मकालु बेस क्याम्पतर्फ जाने कार्यसूची रहेको पर्यटन व्यवसायी तेञ्जिङ नुपुले जानकारी दिनुभयो । उहाँहरुको भ्रमण ग्रेट हिमालयन ट्रेलअन्तर्गत नेपाली पदमार्ग क्षेत्रमै केन्द्रित हुने जानकारी आफूले पाएकोसमेत उहाँले बताए । 

ग्रेट हिमालयन ट्रेलअन्तर्गत नेपाली पदमार्ग भ्रमण पूरा गर्न करिब एक सय ५० दिन आवश्यकपर्ने विदेशी पर्यटकका पथप्रदर्शक सन्तोष तामाङले सुनाउनुभयो । टोली फुङ्लिङबाट पदमार्ग हुँदै हाङ्देवा–मितलुङ–सिँवा–छिरुवातर्फ अघि बढेको छ । सडक सञ्जाल स्थापित हुनु अघि विदेशी पर्यटकले कञ्चनजङ्घातर्फ जान प्रयोग गर्ने यही मार्ग हो । पदमार्ग मात्र हुँदा विदेशी पर्यटकले सदरमुकाम फुङ्लिङबाट लेलेपतर्फको पदमार्ग प्रयोग गर्दा पहिलो क्याम्पका रुपमा मितलुङ, दोस्रो छिरुवा र तेस्रो लेलेपलाई प्रयोग गर्ने गरेका थिए ।

करिब चार हजार पाँच सय किमी लामो ग्रेट हिमालयन ट्रेलमध्ये नेपालमा मात्र करिब एक हजार सात सय किमी भाग पर्छ । यसले नेपालको पूर्वमा ताप्लेजुङको कञ्चनजङ्घादेखि पश्चिममा दार्चुलासम्मको भूभाग ओगटेको छ । नेपालभित्र मुख्य १० क्षेत्रलाई समेटेर ग्रेट हिमालयन ट्रेलको अवधारणा कोरिएको हो । 

ग्रेट हिमालयन पदयात्राको पदमार्गमा बन्ने संरचना पूर्वदेखि पश्चिमसम्म एउटै गुणस्तरको बनाउने अवधारणा अघि सारिएको छ । ताप्लेजुङमा पर्यटकको चहलपहल हुन थालेसँगै पर्यटन व्यवसायी, होटल सञ्चालक तथा यातायात व्यवसायी उत्साहित भएको होटल व्यवसायी विमल भण्डारीले बताए ।
 


प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना बिहीबार, चैत ५, २०८२
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा बिहीबार, चैत ५, २०८२
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासंघको माग सोमबार, चैत २, २०८२
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र
म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP