Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
विचार
  • Home
  • विचार
  • राजनीतिक संस्कारका धरोहर सुवास 
राजनीतिक संस्कारका धरोहर सुवास 
डा. देवी क्षेत्री दुलाल
डा. देवी क्षेत्री दुलाल बिहीबार, भदौ २८, २०८०

नेपालको राष्ट्रिय राजनीतिमा छुट्टै संस्कार, छवि, पहिचान र प्रभाव बनाउनुभएका नेता सुवासचन्द्र नेम्वाङको निधनले देशलाई ठूलो क्षति भएको छ । विसं २००९ फागुन २८ गते इलाममा जन्मिनुभएका नेम्वाङको राजनीतिक प्रारम्भ २०२८ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलामको स्ववियु सभापतिमा निर्वाचित भएसँगै भएको हो । नेम्वाङ मन्त्री, सांसद, सभामुख र संविधानसभाको अध्यक्ष हुनुभयो । इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट २०५६ सालदेखि निरन्तर निर्वाचित भएर उहाँले नेपालको राष्ट्रिय राजनीतिमा आफ्नो बलियो उपस्थिति देखाउन सक्षम बन्नु भएको छ । 

उहाँले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल हुनुभएको छ । कानूनी पृष्ठभूमि रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका–ससदको नेतृत्व सम्हाल्नुभयो । उहाँले मुलुकमा राजनीतिक प्रणाली परिवर्तन भई चर्को सङ्क्रमणकालका समयमा समेत सबै राजनीतिक शक्तिलाई सम्वादमार्फत नै समस्या समाधानका लागि निरन्तर प्रेरणा प्रदान गर्नुभयो । जीवनको अन्तिम क्षणसम्म सङ्घीय ससदमा सत्तापक्ष र प्रतिपक्षका कारण उत्पन्न परिस्थितिमा राजनीतिक र कानूनी पाटोबाट आउने समस्या सुल्झाउन मुख्य सूत्रधारको काम गर्दै आउनुभएको थियो ।

मृदुभाषी र सरल स्वभावका धनी 

नेम्वाङ सरल स्वभावका मृदुभाषी हुनुहुन्थ्यो । वैचारिक आलोचना गर्दा पनि सरल शब्दमा विषयगत र आदरार्थी शब्दको प्रयोग गर्ने विशेषता थियो । आफूलाई मनमा लागेका कुराभन्दा पनि अरुलाई नबिझाउने शब्द चयन गर्ने कला थियो । हाँसेर बोल्ने, कहिल्यै नरिसाउने सरल स्वभावका धनी उहाँलाई यसै कारणले जनताले भन्थे “आँखामा हाल्दा पनि नबिझाउँने लालगेडी हुन् हाम्रो सुवास नेम्वाङ ।” कम्युनिष्ट आन्दोलनको विकास तथा समाजवादी आन्दोलनमा ठूलो योगदान गर्नुभएका नेम्वाङ असल र सादगी नेता हुनुहुन्थ्यो । नयाँ पिँढीलाई राजनीतिमा सधँै प्रोत्साहन गर्ने नेताका रूपमा धेरैले नेम्वाङलाई सम्झिने गर्दछन् ।

Hardik health

सम्भ्रान्त परिवारमा जन्मिएका नेम्वाङले कहिल्यै पनि तडकभडक व्यवहार देखाउनु भएन । निर्वाचनमा फजुल खर्च गर्नु भएन, सधैँ पार्टी र जनताको साथ सहयोगलाई विश्वास गर्नुहुन्थ्योे । त्यसैले हुनसक्छ आजको विकृत निर्वाचन प्रणाली र दलाल पूँजीवादको प्रभावमा परेका आफ्नै कार्यकता र विपक्षीले उहाँलाई लोभी भने, अझ केहीले त लिम्बूको कुमाइसम्म पनि भन्न पछि पर्दैनथे । तर उहाँले यसता आरोपलाई मुसुमुसु हाँसेर प्रतिवाद गर्नुहुन्थ्यो । नेपालको राजनीतिलाई संस्कार र इमानको पाठ सिकाइरहनुभयो । उहाँको यही मान्यताको आधारमा नेपाली जनताले भनेका हुन् “हाम्रो सुवास नेम्वाङ ।”

अप्ठ्यारो राजनीतिक अवस्थामा पनि उहाँले राष्ट्रिय महत्व र एकतालाई ध्यानमा राखेर सहजरुपले नै समस्याहरूको सम्बोधन गर्नुभएको थियो । राष्ट्र र राष्ट्रियतासम्बन्धी विषयलाई उच्च महत्व दिँदै काम गर्नुहुन्थ्यो । उहाँको आचरण, व्यवहार र सन्तुलनकारी भूमिकाबाट सबैले सिक्न सक्नुपर्छ । उहाँले नेपाली राजनीतिमा निकै परिपक्क, शालीन, समन्वयकारी र सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको छवि बनाउनुभएको छ । वर्तमान संविधानको आधारमा सार्वभौम सम्पन्न जनतालाई ध्यानमा राखेर अघि बढनुपर्छ भन्ने कुरामा उहाँको सधैँ जोड रहँदै आएको थियो । 

कानुनका ज्ञाता र विकासप्रेमी नेता

नेम्वाङ कानुनका प्राध्यापक भएर घेरै वर्ष अध्यापनमा लाग्नुभयो । औसत भन्ने गर्नुहुन्थयो, “म त कानुनको विद्यार्थी, आधार प्रमाणबिना बोल्दिन ।” नेपालको संविधान बनाउने काममा संविधानसभाको अध्यक्ष भएर राम्रो भूमिका निर्वाह गरेपछि उहाँको छवि अन्तर्राष्ट्रिय बन्न पुगेको विश्लेषण धेरैले गर्दछन् । यो ऐतिहासिक कामका लागि नेपाली जनताले सधैंभरि सम्झिरहने छन् । सभामुख भएर उहाँले गरेको काम र सदन सञ्चालनमा सबै दललाई गर्ने समन्वयात्मक भूमिकाका अनुशरण पनि गरिनै रहनेछन् । 

राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका रहँदा पनि आफ्नो जिल्ला र निर्वाचन क्षेत्रको समग्र विकासमा उहाँले समुचित ध्यान पु¥याउनु भएको छ । तुलनात्मक रुपमा भौगोलिक बनावटले विकट र विकासका दृष्टिले पछि परेको क्षेत्र हो इलाम । त्यही निर्वाचन क्षेत्रबाट आफू निर्वाचित भएपछि शिक्षा, सञ्चार, यातायात, विद्युतको क्षेत्रमा धेरै राम्रा काम गरेर जनताको मन जित्न सक्नु उहाँप्रतिको जिल्लावासीको विश्वास हो । यस अतिरिक्त आफ्नो जिल्लाको सवाङ्गीण विकासमा समेत समान योगदान दिएका कारण उहाँ आफ्नो निर्वाचन क्षेत्रभन्दा माथि उठेको नेताको रुपमा हेर्ने गरिन्छ । यी कामका लागि पनि इलामे जनताले सधैंभरि सम्झिरहनेछन् उहाँलाई । 

देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, समाजवाद उन्मुख गराउने वर्तमान संविधान निर्माणमा अहम् भूमिका निर्वाह गर्ने उहाँ यस संविधान जनताले–जनताका लागि बनाएको संविधानको रुपमा व्याख्या गर्नुहुन्थ्यो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्ने कदम नउठान उहाँले सल्लाह दिनुभएको थियो । त्उयतबिेला उहाँले भन्नुभएको थियो, “हाम्रो संविधानले यसो गर्न दिदैन, सर्वोच्चले मान्दैन । यो प्रधानमन्त्रीको राजनीतिक अधिकार हो, म यसको सम्मान गर्छु ।” उहाँले जे भन्नुभएको थियो, पछि त्यही भयो । यो विषयमा पार्टीबीचमा केही आलोच्य पनि बन्नुभयो तर उहाँ आफ्नो अडानमा अडिग रहनुभयो । यसले उहाँको विज्ञता र अडानलाई माथि पु¥यायो ।

बहु पहिचानको हिमायती

उहाँ नेपालको सबै जाति, भाषा, धर्म, सस्कृति र भौगोलिक विविधतामा एकता खोज्ने नेता मानिनुहुन्छ । उहाँले हरपल सबैको विविध पहिचानलाई सम्मान गर्दै बहुपहिचानको अविचलित हिमायतीका रुपमा आफूलाई उभ्याउनु भयो । यसैकारण उहाँ सबैको साझा नेताको रुपमा स्थापित हुनु भएको छ । प्रदेशको नामाकरण सम्बन्धमा उठेको एकल जातीय पहिचानका आधारमा प्रदेशको नाम राख्नु उचित हुँदैन भन्ने उहाँको मान्यता थियो । मूलतः उहाँले राखेको यो मान्यताकै आधारमा प्रदेशको नामकरण भएको छ । 

पछिल्लो समयमा कोशी प्रदेशको नामाकरणको विषलालाई लिएर केही एकल जातीय पहिचानवादीले गरेको विरोध आलोचनाका बारेमा पनि संयमतापूर्वक सम्झाउने गर्नुभएको थियो । यस विषयमा थोरैको नजरमा आलोच्य देखिए पनि बहुमत जनताको नजरमा भरोषायोग्य अविभावकका रुपमा स्थापित हुनुहुन्थ्यो । 

सिपालु फुटबलर र साहित्यका पारखी

उहाँ युवा अवस्थामा सिपालु फुटबल खेलाडी हुनुहुन्थ्यो । इलाममा हुने फुटबल खेलमा उहाँको खेल देख्ने समकक्षीहरु खुलेर नेम्वाङको प्रशंसा गर्छन् । पछिल्लो समयमा पनि इलाममा हुने फुटबल खेलमा प्रमुख अतिथि र दर्शकका रुपमा उपस्थिति भएर खेलाडीहरलाई हौसला प्रदान गर्नुहुन्थ्यो । इलामको फुटबल खेलको विकासमा उहाँले सक्दो सहयोग पु¥याउनु भएको छ । यस अतिरिक्त उहाँको नेपाली साहित्यमा पनि गहिरो रुचि थियो । 

सहिद रत्नकुमार बान्तवा उहाँका समवयी थिए । रत्नकुमार र सुवास कवि बम देवानबाट साहित्यको अध्ययन र लेखनमा प्रभावित हुनु भएको पाइन्छ । साहित्य अध्ययनमा पनि गहिरो अभिरुचि थियो । उहाँलाई इतिहास, उपन्यास र कथा बढी मन पर्ने विधा थियो । कलेज पढ्दाका समय आफूले साथीहरुसँग गीत गाएको स्मरण पनि सुनाउनुहुन्थ्यो । शहीद रत्नकुमार बान्तवाको कविता र मुक्तक उहाँलाई औधी मन पथ्र्योे । अग्रज व्यक्तित्वको जीवनीमा आधारित उहाँका निबन्ध फुटकररुपमा प्रकाशित छन् । 

अधुरै रह्यो राष्ट्रपति हुने सपना

पटकपटक सभामुख र संविधानसभाको अध्यक्ष भएको व्यक्तिले उपरान्त बन्ने राष्ट्रपति र प्रधानमन्त्री मात्रै थियो । उहाँ अघिल्लै पटक राष्ट्रपति बन्न चाहन्थे तर पार्टीले विद्या भण्डारीलाई राष्ट्रपति बनाएपछि पार्टी संसदीय दलको उपनेता बन्नुभयोे । नेम्वाङलाई पछिल्लो पटक पार्टीले राष्ट्रपतिको उम्मेदवार बनायो । तर फरक राजनीतिक समीकरणका कारण पराजित हुनुभयो । पराजयपछि अनौपचारिक गफगाफमा उहाँले भन्नु भएको थियो, “नमरी बाँचे, दैबले साँचे।।।, खै के के भन्छन् नि ।” नभन्दै त्यस्तै भयो, तपाइँलाई खै के केले बाँच्न दिएन । अधुरै रह्यो तपाइँको राष्ट्रपति बन्ने चाहना । राष्ट्रपति बनेर सस्कारयुक्त काम गर्ने सपना । 

राजनीतिक नेता र संवैधानिक ज्ञाता मात्र होइन, एक बहुआयामिक व्यक्तिका रुपमा रहनु भएका उहाँको निधनबाट नेपाली राजनीतिले अविस्मरणीय र अतुलनीय योगदान दिने व्यक्तित्व गुमाएको छ । श्रद्धेय सुवास दाइ तपाइँ राष्ट्रको नेता, असल मान्छे त हुँदै हुनुहुन्छ । तपाइँले एउटा सार्थक जीवन बाँचेर राष्ट्र र जनताका लागि सकेजति राम्रा काम गरेर जानुभयो । जनता र राष्ट्रको शीर ठाडो पार्ने काम गरेर जानुभयो । आमनेपाली जनतालाई रुवाएर जानुभयो । यो क्षण भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्छु । अलबिदा श्रद्धेय सुवास दाइ ।


प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
थप विचार
सेयर बजारबाट हट्न नसकेको ग्रहण
सेयर बजारबाट हट्न नसकेको ग्रहण बुधबार, पुस ९, २०८२
काइते भयो घाइते !
काइते भयो घाइते ! मंगलबार, पुस ८, २०८२
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट मंगलबार, पुस ८, २०८२
सञ्चारमन्त्रीलाई खुलापत्र
सञ्चारमन्त्रीलाई खुलापत्र सोमबार, पुस ७, २०८२
राजस्व परिचालनको अवस्था र सुधार गनुपर्ने पक्ष
राजस्व परिचालनको अवस्था र सुधार गनुपर्ने पक्ष आइतबार, पुस ६, २०८२
स्वच्छ ऊर्जा क्षेत्रको उपलब्धि र अबको बाटो
स्वच्छ ऊर्जा क्षेत्रको उपलब्धि र अबको बाटो शुक्रबार, पुस ४, २०८२
गाउँ रित्ता, सहरमा अराजकता 
गाउँ रित्ता, सहरमा अराजकता  बिहीबार, पुस ३, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP