Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कमिसन लक्षित युरोप
कमिसन लक्षित युरोप
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २८, २०८०

कृषिप्रधान देश भनेर दशकौं घोकाउने सरकारको अर्थतन्त्र जोगाउने बलियो अस्त्र अब रेमिट्यान्स बनिसकेको छ । अर्थतन्त्रको खम्बामध्ये एक मानिएको सहकारीलाई ध्वस्त पारेर सरकारले वैदेशिक रोजगारलाई थप विस्तारको तयारी गरेको हो । परराष्ट्र मन्त्रालयले नमानेपछि श्रममन्त्री शरतसिंह भण्डारीको भित्री तयारी र प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा १२ देशका कूटनीतिक नियोगका प्रमुखहरु एकैसाथ काठमाडौं उतारे । कुन–कुन देशका राजदूत र कूटनीतिक नियोग प्रमुखहरु काठमाडौं उत्रिए, सरकारले कुनै विवरण उपलब्ध गराएको छैन । 

पहिलो दिन प्रधानमन्त्रीले १३ देशका कूटनीतिक नियोगका प्रमुखहरुसँग दुई दिने छलफल भनेका थिए । तर पछि श्रमको विज्ञप्तिमा १२ देशका नियोग प्रमुखहरु मात्र भनिएको छ । ‘स्वदेशमै रोजगारी’ चुनावी नारा घन्काएर चुनाव जितेकै दलहरुको गठबन्धनको सरकार छ अहिले । तर, श्रम गर्न युवाहरुलाई विदेश नपठाई सरकारलाई सुखै छैन । किनभने देशमा गरिखाने वातावरण सरकारले नै भताभुंग बनाइदिएको छ । हरेक युवा आधारभूत शिक्षा सकाउनसाथ पासपोर्ट बनाउन कुदिहाल्छन् । सम्पन्न मुलुकहरुले शिक्षालाई अर्थतन्त्रको बलियो आधार बनाइरहेको बेला नेपालले शिक्षामा वर्षमा तीन खर्बभन्दा बढी रकम बाहिर पठाउँछ । युरोपेली देशमा पढाइकै नाममा युवाहरु गइरहेका छन् । एक हातमा डलर र अर्को हातमा डिग्रीको आशमा गएकाहरु विरलै फर्कन्छन् देश ।

विज्ञहरुकै भनाइ मान्ने हो भने सबैभन्दा धेरै रेमिट्यान्स खाडीबाटै झर्छ । युरोपेली देश पुगेका नेपालीबाट रकम भित्रिन मुस्किल हुन्छ । किनभने त्यही लगानीका अवसर, घरकार लिने अवसर पाउँछन् । तर खाडीमा यस्तो सुविधा पाउन अलि मुस्किल हुन्छ । कडा कानुनका कारण नेपालीहरु त्यहाँ टिक्न सक्दैनन् ।

Hardik health

त्यसले पनि हरेक युवाको गन्तव्य बनेको छ युरोपका मुलुक । सरकारलाई पनि यो फाइदैको विषय हो । युवाको लक्ष्यलाई क्यास हुने कमिसन पनि बढ्ने । त्यसैले अब सरकार अनि युवाको एउटै गन्तव्य युरोपका देशहरु हुँदै छ । खाडी मुलुकमा ‘फ्रि भिसा र फ्रि टिकट’ हुँदाहुँदै युवाहरुलाई लाखलाख असुल्न सरकार यसअघि सफल भएकै थियो । अहिले भने खाडी मुलुकमा युवाहरु आफैं जान थालेपछि सरकारले यहाँबाट कमिसन पाउन छाडेको छ । 

लोकरिझ्याइँलाई अनुमोदन गर्ने त हाम्रो सरकारको नीति नै बनेको छ । श्रमका लागि सरकारको ध्यान युरोपतिर डाइभर्ट किन भयो ? जवाफ सहज छ –कमिसनको लोभमा । युरोपलाई सुरक्षित गन्तव्य बनाउने हो भने सरकारले पहिले पढाउने गरी लिने शुल्कलाई कटौती गरोस् र कमाउने युवालाई सुरक्षा ग्यारेण्टी गरेरमात्र त्यसतर्फ पठाउने प्रबन्ध गराओस् । 
 


प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
हिमपात र चिसोमा सावधानी अपनाऔं
हिमपात र चिसोमा सावधानी अपनाऔं शुक्रबार, माघ १६, २०८२
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र 
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र  बिहीबार, माघ १५, २०८२
‘राइट टु रिजेक्ट’ खोई ? 
‘राइट टु रिजेक्ट’ खोई ?  बुधबार, माघ १४, २०८२
‘फेक रेस्क्यु’ धन्दाबाट पर्यटन क्षेत्र जोगाऊ
‘फेक रेस्क्यु’ धन्दाबाट पर्यटन क्षेत्र जोगाऊ मंगलबार, माघ १३, २०८२
आचारसंहिता पालनामा कडाइ गर
आचारसंहिता पालनामा कडाइ गर सोमबार, माघ १२, २०८२
भावी प्रधानमन्त्री उम्मेदवारहरूको ‘लाइभ डिबेट’ होस्
भावी प्रधानमन्त्री उम्मेदवारहरूको ‘लाइभ डिबेट’ होस् आइतबार, माघ ११, २०८२
इपिएसपीडितको माग सम्बोधन गर
इपिएसपीडितको माग सम्बोधन गर शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP