Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #गाईपालन
  • #विश्व दृष्टि दिवस
  • #इजिप्टमा सडक दुर्घटना
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
समाचार
  • Home
  • समाचार
  • 'सुवास' छाडेर गए सुवास
'सुवास' छाडेर गए सुवास
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ २७, २०८०

काठमाडौं– महिलाहरूको कपाल फुङ्ङ छ । कुनातिर बसेका उनीहरूको चेहरामा फिकापन छ । अर्थात् पूरै उदासउदासमा छन् । केही भने सुँकसुँकाइरहेका छन् ।अगाडितिर चाहिँ पुरुषहरूको झुुरुप्प भीड छ । ठिंग उभिएका उनीहरू पनि मौन छन् । चेहरा हेर्दै प्रस्टिन्थ्यो कि उनीहरू पूरै बेचैनीमा छन् । 

अनि, तन्किएर भीडबीचमा हेरेँ । चीर निद्रामा देखिए– संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ । र, पो भीड शोकमग्न रहेछ । कुनातिर सुँकसुँकाइ रहेछ । यो दृश्य मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको शवगृहको हो ।नेम्वाङसँग पछिल्लोपटक १८ जेठमा अन्तर्वार्ता गरेको थिएँ । नागरिकता विधेयक प्रमाणीकरणबारे गरिएको अन्तर्वार्तापछि उनले भनेका थिए, ‘फेरि भेटौंला है ।’

तर, मंगलबार बिहानै चीर निद्रामा भेटिएँ । अघिल्ला भेटहरूमा ‘अभिवादन’ गर्थें । यसपटक ‘श्रद्धाञ्जली’ भन्न विवश भएँ । जसले भेटहरूमा पाँचथरको हालखबर सोध्थे । पाँचथरबारे चासो राख्थे । कारण– नेम्वाङको पुख्र्यौली थलो पाँचथर सदरमुकाम फिदिम बजारमाथिको गाउँ हो । यो गाउँलाई माथिल्लो भनिन्छ ।

यस आधारमा नेम्वाङको भौगोलिक साइनो पाँचथरसँग छ । जहाँ मेरो पनि घर छ । घरिघरि नेम्वाङ पुख्र्यौली थलोमा जान्थे । लालिखर्कडाँडाको फेदीमा रहेको पूर्वजको भूमिमा गएर उनी फर्किन्थे । अझै उनका काकाबढौका सन्तानहरू त्यहीँ छन् । 

Hardik health

नेम्वाङ जन्मिहुर्केको घर भने इलामको सुन्तालाबारीमा हो । बुबा रामबहादुर (तत्कालीन अञ्चलाधीश) सुन्तालाबारी आएर बसेपछि नेम्वाङ इलामवासी भए । उनको जन्म २८ फागुन २००९ मा भएको हो ।उनै नेम्वाङ साढे ७० वर्षमा टेक्न दुई दिन बाँकी छँदा मंगलबार राति करिब १ बजे दिवंगत भए । नेम्वाङको निधनबारे कान्छा भाइ सुरेशले भनेका छन्, ‘अस्पताल ल्याइनपु¥याउँदै उहाँले छाड्नुभयो ।’ उनका अनुसार नेम्वाङको मृत्युको कारण चिकित्सकले ‘हृदयघात’ भनेका छन् ।

नेम्वाङको निधनको खबरलगत्तै काठमाडौं उपत्यकामा बस्ने पुख्र्यौली जिल्ला पाँचथर र गृहजिल्ला इलामका आफन्तहरू अस्पताल पुगेका थिए । उनीहरू नेम्वाङको निधनले निकै दुःखी देखिन्थे । उनीहरूमध्ये धेरैको आँखा टिलपिल देखिन्थ्यो ।
नेम्वाङको पार्थिव शरीर अघि उभिएका कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले भने– ‘स्तब्ध छु । कुनै शब्द छैन । हार्दिक श्रद्धाञ्जली ।’

 

जन्म: २८ फागुन २००९
जन्मस्थान: सुन्तालाबारी, इलाम
निधन: २६ भदौ २०८० 
राजनीति सुरु: २०२९ देखि
राष्ट्रिय सभा सदस्य: २०४८ र २०५१ 
कानुन र सामान्य प्रशासनमन्त्री: २०५१ 
प्रतिनिधिसभा सदस्य: २०५६
सार्वजनिक लेखा समिति सभापति: २०५६
सभामुख: २०६३ 
संविधानसभा सदस्य: २०६४ र २०७० 
संविधानसभा अध्यक्ष: २०६४ र २०७० 
प्रतिनिधिसभा सदस्य: २०७४ र २०७९ 
एमाले संसदीय दलका उपनेता: २०७९ 
एमाले उपाध्यक्ष: २०७८ देखि

दिवंगत नेम्वाङ दुईपटक संविधानसभा अध्यक्ष भएका नेता हुन् । उनी अध्यक्ष रहेको दोस्रो संविधानसभाले नेपालको इतिहासमै पहिलोपटक जनताका प्रतिनिधिले लेखेको संविधान ३ असोज २०७२ मा जारी ग¥यो । जुन नेपाली जनताको सात दशक अघिको चाहना थियो । यसरी युगिन् महŒव राख्ने संविधान निर्माणको नेतृत्व गरेका नेम्वाङको निधनले मंगलबार बिहानै अस्पतालको शवगृहमा दुःखभाव व्यक्त भएको थियो । 

फेरि, यो संविधानमा संघीयता, गणतन्त्र, लोकतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक प्रणाली संस्थागत छ । देशलाई समाजवादी दिशामा डो¥याउने संविधानमै किटान छ । उत्पीडित वर्ग र समुदायको अधिकार अघिल्ला संविधानहरूमा भन्दा बढी छन् ।सोही संविधान निर्माणको नेतृत्वकर्ता नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेपछि पत्रकारहरूसँग उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले असल राजनीतिज्ञ देशले गुमाएको प्रतिक्रिया दिए । उनले नेम्वाङलाई युगले जन्माएको नेता भएको पनि बताए । 

श्रेष्ठभन्दा अघि झिसमिसेमै प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र सभामुख देवराज घिमिरेलगायत विशिष्ट व्यक्तिहरू पुगेर नेता नेम्वाङलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।नेम्वाङ गत वर्षको २५ फागुनमा गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका उम्मेदवार बनेका थिए । एमालेबाट उम्मेदवार बनेका उनी सत्ता गठबन्धनका राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भए । पराजित भएसँगै राष्ट्रपति हुने नेम्वाङको चाहना पूरा भएन । 

उसो त उनलाई गत वर्षको १० पुसपछि एमाले–माओवादीसहितको गठबन्धन बन्दा प्रधानमन्त्री दाहालले साझा व्यक्तिको रुपमा राष्ट्रपतिका उम्मेदवार बनाउँदा उपयुक्त हुनेबारे ओलीलाई आग्रह गरेको विवरण सार्वजनिक भएको थियो । तर, ओली त्यसबेला सहमत नभएको र उनले नेताहरू ईश्वर पोखरेल र विष्णु रिमालमध्ये एकलाई राष्ट्रपतिको रुपमा अघि बढाउने भन्दै अड्डी कसे । कतिपय राजनीतिक विश्लेषकहरूका अनुसार एमाले–माओवादीलगायत दलहरू सम्मिलित गठबन्धन भत्किनुको एउटा कारण यही बन्यो । 

शवगृहमा नेम्वाङको पार्थिव शरीर हेर्दै कतिपय उनका शुभेच्छुकहरू यही कुरा गरिरहेका थिए । उनी पछिल्लो समय एमाले उपाध्यक्ष, इलाम–२ का सांसद र संसदीय दलका उपनेता थिए । उनी ती नेता पनि हुन्, जो नेपालको पहिलो र चर्चित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको मन्त्रिपरिषद्मा कानुन, न्याय तथा संसदीय मामिला र सामान्य प्रशासनमन्त्री भए । २०४८ र २०५२ मा राष्ट्रिय सभा सदस्य, २०५६ देखि प्रतिनिधि÷संविधानसभा सदस्य भए । 

उनी राजनीतिमा बढी चर्चित भएको भनेको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला मुछिएको लाउडा विमान भ्रष्टाचार काण्डपछि हो । २०५६ मा संसद्को सार्वजनिक लेखा समिति सभापति हुँदा उनले कोइरालालाई छानबिनको दायरामा तानेका थिए ।उक्त संसद् भने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राजा ज्ञानेन्द्रमार्फत विघटन गराए । जुन २०६३ मा पुनःस्थापित भएपछि नेपालको अन्तरिम संविधान जारी भयो । उक्त संसद्को सभामुख नेम्वाङ नै थिए । 

यसपछि पहिलो संविधानसभा अध्यक्ष हुँदा देशलाई ‘धर्मनिरपेक्षता’ घोषणा गराउन पर्दापछाडिबाट सशक्त भूमिका निर्वाह गर्ने नेताको रुपमा उनलाई लिइन्छ । धर्मनिरपेक्षता पक्षधर तत्कालीन एक जना सभासदका अनुसार नेम्वाङले उच्च राजनीतिक नेतृत्वहरूसँग समझदारी कायम गरेपछि नेकपा एकीकृतका तत्कालीन महासचिव सीताराम तामाङमार्फत धर्मनिरपेक्षतासम्बन्धी प्रस्ताव अघि बढाएका थिए । तर, नेम्वाङले संसदीय मामिला पत्रकार समाजले केही महिनाअघि गरेको एक कार्यक्रममा भने धर्मनिरपेक्षताको प्रस्ताव आफूले बढाएको अस्वीकार गरेका थिए ।

उनै नेम्वाङ पहिलो (२०६४) र दोस्रो (२०७०) संविधानसभा अध्यक्ष पनि भए । उनकै नेतृत्वको दोस्रो संविधानसभाले त संविधान नै जारी ग¥यो । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईलगायत नेताहरूले नेम्वाङले संविधान जारी गराउन खेलेको भूमिकाको प्रशंसा गरे । नेम्वाङको निधनले देशले अनुभवी, बौद्धिक, सालिन, नम्र र वरिष्ठ राजनीतिज्ञ गुमाएको पनि उनीहरूले बताएका छन् ।

नेम्वाङ २०७४ र २०७९ मा लगातार इलाम–२ बाट निर्वाचित थिए । उनी एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेतासमेत हुन् । उनका दुई जना छोरी काठमाडौंमै छन् । दुई छोरा भने विदेशमा छन् । दुवैजना छोरा काठमाडौं आइसकेपछि बिहीबार बिहान ११ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भाइ सुरेशले बताए । 

नेम्वाङलाई राजकीय सम्मान
संविधानसभा अध्यक्ष नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए । उनका अनुसार सरकारले बिहीबार सार्वजनिक विदासमेत दिने निर्णय गरेको छ ।

यस्तै, नेम्वाङ उपाध्यक्ष रहेको दल एमालेले भने पार्टीको झण्डा तीन दिन आधा झुकाउने भएको छ । निर्धारित सबै औचारिक कार्यक्रमहरू स्थगित गर्ने पनि एमाले सचिवालयले बैठकले निर्णय गरेको सचेतक महेश बर्तौलाले जानकारी दिए ।संसद् सचिवालयले पनि आज (बुधबार) १ बजे बस्ने भनिएको संसद् बैठक भोलि (बिहीबार) अपराह्न ३ बजेका लागि सारेको छ ।

पूर्वराष्ट्रपति भावविह्वल
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले भावविह्वल भइन् । पार्टी कार्यालय च्यासलमा नेम्वाङलाई श्रद्धाञ्जली अर्पण गर्न पुगेकी उनले आँशु थाम्स सकिनन् । पटक–पटक रुमालले आँशु पुछिरहेको देखिएकी थिइन् । यसपछि उनलाई पार्टी कार्यालयमा रहेको अध्यक्ष केपी शर्मा ओलीको कार्यकक्षमा आराम गर्न पठाइएको थियो । 


कसले के भने ? 

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले मर्माहत र स्तब्ध छु ।
रामचन्द्र पौडेल, राष्ट्रपति

संसद् र संविधानसभाको दोहोरो भूमिका भएको सभालाई कुशलतापूर्वक नेतृत्व गर्नुभएका नेता सुवाचन्द्र नेम्वाङलाई सहमति, सहकार्य र एकताको विकल्प नभएको भनी राजनीतिक दलहरूलाई घच्घचाइरहने व्यक्तित्व हुनुहुन्थ्यो । सन्तुलित भूमिका, सहमतिको पक्षधर र कानुन तथा संविधानको जानकार नेता नेम्वाङको निधनबाट मुलुकले एकजना भद्र, शालीन, मृदुभाषी र मिलनसार नेता गुमाएको छ ।
रामसहायप्रसाद यादव, उपराष्ट्रपति 

मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित र अकल्पनीय निधनको खबरले स्तब्ध । उहाँको निधनले सिंगो राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ ।
विद्यादेवी भण्डारी, पूर्वराष्ट्रपति

प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु । 
देवराज घिमिरे, सभामुख

संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।
पुष्पकमल दाहाल, प्रधानमन्त्री

नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छु । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
शेरबहादुर देउवा, कांग्रेस सभापति

सुवास नेम्वाङजी मेरा लागि पार्टीको उपाध्यक्षमात्र नभएर हितैषी मित्र र सुखदुःखको साथी हुनुहुन्थ्यो । लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पु¥याउनुभएको योगदान सधैं सम्झिरहने छौं । 
केपी शर्मा ओली, एमाले अध्यक्ष


प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १०:००
#सुवासचन्द्र नेम्वाङ
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मतदाता नामावलीमा नाम दर्ता गराउन युवामा उत्साह
मतदाता नामावलीमा नाम दर्ता गराउन युवामा उत्साह मंगलबार, असोज २८, २०८२
तीन महिनापछि चितवन मिल्क उद्योगमा दूध प्रशोधन
तीन महिनापछि चितवन मिल्क उद्योगमा दूध प्रशोधन मंगलबार, असोज २८, २०८२
गृहमन्त्री अर्यालले तोडाए अनशन
गृहमन्त्री अर्यालले तोडाए अनशन मंगलबार, असोज २८, २०८२
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ६ वटा रिट पेस
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ६ वटा रिट पेस मंगलबार, असोज २८, २०८२
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ६ वटा रिट पेस
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ६ वटा रिट पेस मंगलबार, असोज २८, २०८२
मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि ।।।
मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि ।।। मंगलबार, असोज २८, २०८२
झापामा सयपत्री फूलको माग बढ्यो
झापामा सयपत्री फूलको माग बढ्यो मंगलबार, असोज २८, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP