Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #इरान_इजरायल
  • #जनकराज_गिरी
  • #इन्दिरा मानन्धर
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #खखडेहरा_पर्व
Search Here
समाचार
  • Home
  • समाचार
  • झापामा नरिवलको व्यावसायिक खेती सुरु
झापामा नरिवलको व्यावसायिक खेती सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर १८, २०८२

झापा - समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ का रवि नेपालले परीक्षणको रुपमा नरिवलको व्यावसायिक खेती सुरु गरेका हुन्  । 

पहिलो चरणमा यस वर्ष एक बिगाहा क्षेत्रफल जग्गामा नरिवलका ३०० बिरुवा लगाएको उनले बताए । बिरुवा रोपेको कम्तीमा नौ वर्षपछि नरिवलले फल दिन थाल्नेछ । जंगली हात्तीको उपद्रो बढेसँगै वैकल्पिक खेतीको रुपमा धान खेत मासेर चिया, तेजपत्ता, मरिच, सुपारी लगायतका विभिन्न खेती गर्दै आएका उनले पहिलो पटक नरिवलको व्यावसायिक खेती गरेका हुन् । 

“बारीमा पहिल्यैदेखि छ वटा नरिवलका रुख हुर्किएर फल दिइरहेका थिए”, उनी भन्छन् , “एउटै बोटबाट वर्षेनी रु १७ हजारभन्दा बढी आम्दानी दिइरहेको छ, अब व्यावसायिक उत्पादनका लागि धेरै मात्रामा बिरुवा रोपेको छु ।” समुन्द्र सतहदेखि एक हजार मिटरसम्मको जमिनमा नरिवल खेती फस्टाउने कृषि विज्ञहरुको भनाइ छ । झापामा सयौं वर्षदेखि आफ्नो बारीमा थोरै मात्रामा नरिवल हुर्काउने चलन छ । तर, व्यावसायिक उत्पादनका दृष्टिले धेरै जग्गामा नरिवलखेती गर्ने उनी कोशी प्रदेशकै पहिलो कृषक हुन्  ।

Hardik health

आगामी वर्ष ७०० नरिवलका बिरुवा लगाउने तयारी गरेको उनले बताए । “नरिवलको फल नपाक्दै काँचैमा पनि बिक्री हुन्छ”, उनले भने, “बजारको कुनै समस्या छैन, उत्पादन गर्न सके बोटबाटै बिक्री हुन्छ ।” नेपालमा हाल काँचो नरिवलको समेत उच्च माग छ । नरिवलको रस स्वास्थ्यवर्धक भएकाले भारतबाट आयात गरेर नेपाली बजारमा यसको बिक्री हुँदै आएको छ ।

सुकेको नरिवलको फलको मूल्य झन् उच्च छ । काँचो नरिवल बोटबाटै रु ९० देखि रु १०० सम्ममा बिक्री हुने गरेको कृषकहरु बताउँछन् । त्यही नरिवल बजारमा व्यापारीहरुले रु २५० सम्ममा बिक्री गर्दै आएका छन् ।  सुपारी जोन झापाका पूर्व अध्यक्ष निलकण्ठ तिवारीले बहुउपयोगी गुण भएको नरिवलखेतीतर्फ किसान आकर्षित हुनु सुखद् खबर भएको बताए । उनले पानी नजम्ने प्रशस्त प्राङ्गरिक पदार्थ भएको खुकुलो माटोमा नरिवल राम्रोसँग फस्टाउने बताए ।

विगत तीन वर्षदेखि धुलाबारी चोकमा नविरल पानी बेच्दै आउनुभएका हरिदेव सरदारले स्थानीय उत्पादन नभएका कारण भारतबाटै काँचो नरिवल ल्याउने गरेको बताए । उनले दैनिक १०० देखि १५० सम्म नरिवलको रस बेच्दै आएको छ । बोट रोपेको नौदेखि १० वर्षमा नरिवलले फल दिने बताइएको छ ।


प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सूर्यमुखी बगानले बढायो कृषि पर्यटन
सूर्यमुखी बगानले बढायो कृषि पर्यटन मंगलबार, फागुन २६, २०८२
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि बुधबार, फागुन २०, २०८२
कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती मंगलबार, फागुन १९, २०८२
किसानबाट ११ हजार क्वीन्टल धान खरिद
किसानबाट ११ हजार क्वीन्टल धान खरिद आइतबार, फागुन १७, २०८२
स्ट्रबेरीखेतीले बढायो एग्रो-टुरिजमको आकर्षण
स्ट्रबेरीखेतीले बढायो एग्रो-टुरिजमको आकर्षण शुक्रबार, फागुन १५, २०८२
गाईभैँसीमा देखिए थुनेलो रोग
गाईभैँसीमा देखिए थुनेलो रोग शुक्रबार, फागुन १५, २०८२
आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु
आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु बिहीबार, फागुन १४, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
स्पेनमा आध्यात्मिक महोत्सव हुँदै
स्पेनमा आध्यात्मिक महोत्सव हुँदै
अन्तरजातीय विवाहको सामाजिकीकरण कसरी गर्ने ?
अन्तरजातीय विवाहको सामाजिकीकरण कसरी गर्ने ?
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP