Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #क्यालिस्थेनिक्स
  • #फोक्सिङटार
  • #गगनकुमार थापा
  • #रासस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सहमहामन्त्री यादवमाथिको आक्रमणप्रति निन्दा
सहमहामन्त्री यादवमाथिको आक्रमणप्रति निन्दा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २२, २०८०

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको दलका सांसदहरुले निन्दा गरेका छन् । बिहीबारको सदनमा सत्तारुढ दल तथा प्रतिपक्षी दलका सांसदहरुले उक्त घटनाको निन्दा गरेका हुन् ।

कांग्रेस महामन्त्री गगन थापाले पार्टीका सहमहामन्त्री यादवमाथि भएको सांघातिक आक्रमणको छानबिन माग गरेका छन् । यादवमाथि बुधबार रिपोर्टस् क्लबमा कार्यक्रममा सहभागी भएर निस्कने क्रममा आक्रमण भएको थियो । आक्रमणमा परी घाइते यादव राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन् ।

‘मैले हिजो चिकित्सकलाई गएर भेटेँ, चिकित्सकका अनुसार उहाँ भाग्यले बाँच्नुभएको छ, आक्रमण गर्ने मान्छे पक्राउ परेको छ, तर एउटा सन्काहाले सन्केर हान्यो भनेर एउटा भाष्य निर्माण गर्न खोजिँदै छ, यसलाई थामथुम पार्ने कोसिस हुँदै छ,’ थापाले भने । सांसद थापाले यस घटनाबारे सरकारलाई सचेत गराउँदै घटना कसरी र किन भयो ? घटनाको सबै पक्षका बारेमा गहिरो अनुन्धान हुनुपर्ने माग गरे ।

‘म गृहमन्त्रीलाई सोध्न चाहन्छु, के अब हामी काठमाडौंमा एक्लै हिँड्न नपाउने हो, कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ, हामी एक्लै हिँड्न हुने हो कि नहुने हो, जिम्मा लिएकाले धेरै बोल्ने होइन, गर्ने हो, हामी सरकारको कामको परिणाम हेर्न चाहन्छौं,’ उनले भने । सांसद धवलशमशेर जबराले कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण गर्ने व्यक्तिमाथि कारबाहीका लागि सरकारसँग माग गरे । धवल यादवसँगै कार्यक्रममा सहभागी भएर फर्केका थिए ।

Hardik health

म गृहमन्त्रीलाई सोध्न चाहन्छु, के अब हामी काठमाडौंमा एक्लै हिँड्न नपाउने हो ?
गगन थापा
महामन्त्री, कांग्रेस

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्दैमा कांग्रेस नसकिने बताए । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा प्रमुख सचेतक लेखकले सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गरेर कांग्रेस सकिने कसैलाई लागेको भए त्यो भ्रम हुने बताए । ‘खुकुरी प्रहार गरेर कांग्रेस सकिँदैन । कांग्रेस लोकतन्त्रको पक्षमा अविचलित ढंगले उभिएको पर्वत हो । खुकुरी प्रहार गरेर कांग्रेस सिध्याउँछु भन्नु र टाउकोले हिर्काएर पर्वत खसाल्छु भन्नु एउटै हो,’ उनले भने ।

राणा, राजा, पञ्चायतले टाउको जुधाउँदा पनि कांग्रेस अविचलित भएर उभिएको उनले बताए । कांग्रेस, एमाले, माओवादीजस्ता पुराना दलहरू खराब छन्, उनीहरूले निकास दिन सक्दैनन् भन्ने कृत्रिम भाष्य बनाइएको उनले बताए ।
बैठकमा कांग्रेसका रामहरि खतिवडाले राजावादीका नाममा नेपाली कांग्रेसका सहमहामन्त्री यादवमाथि आक्रमण भएकोे र यस्ता घटनाको विरोधमा सम्पूर्ण गणतन्त्रवादी एकताबद्ध हुनुपर्ने बताए । सोही पार्टीका मुक्ताकुमारी यादवले दिनदहाडै काठमाडौंको केन्द्रबिन्दुमा धारिलो हतियार प्रहार हुनु सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको बताइन् ।

माओवादी केन्द्रका सचिव एवं सांसद देवेन्द्र पौडेलले कांग्रेसका यादवमाथि भएको आक्रमणप्रति भत्र्सना गरे । बैठकको विशेष समयमा पौडेलले भने, ‘आक्रमण गर्ने व्यक्ति कुनै दल विशेषको होइन भन्ने आएको छ, तर पनि उहाँले त्यहाँ व्यक्त गरेका विचार र नारा सुन्दा  अहिलेको यो प्रणाली, संविधान, कतिपय राज्यका स्थापित मान्यतालाई सीधै अस्वीकार गरेर प्रतिकारस्वरुप आक्रमण गरेको कुरा प्रस्ट छ ।’

खुकुरी प्रहार गरेर कांग्रेस सकिँदैन । खुकुरी प्रहार गरेर कांग्रेस सिध्याउँछु भन्नु र टाउकोले हिर्काएर पर्वत खसाल्छु भन्नु एउटै हो ।
रमेश लेखक
प्रमुख सचेतक, कांग्रेस 

उनले वर्तमान व्यवस्था ल्याउनका लागि लामो संघर्ष गरिएको भन्दै प्रणाली बचाउनका लागि पनि संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे । अराजक प्रवृत्तिलाई राज्यको कानुनी कठघरामा ल्याएर कारबाही गर्नका लागि उनले जोडदार माग गरे ।
बैठकमा सांसद गणेश पराजुलीले कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण गर्ने अपराधीले कुनै पनि बहानामा उन्मुक्ति पाउन नहुने माग गरे । 

बालिका मृत्युको छानबिन गर्न माग
बैठकमा सांसदहरुले समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपाली कांग्रेसका सांसद गगन थापा, एमालेका सचेतक महेश बर्तौलाले बैठकमा समय लिएर बोल्दै मकवानपुरको थाहा नगरपालिका–१० जीतबहादुर गोपालीकी छोरी पाँच वर्षीया रेजिशा गोपालीको निधन अस्पतालको लापरबाहीका कारण भएको दाबी गर्दै घटनाको छानबिन, दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन माग गरेका हुन् । सबै बालबालिकालाई सहजरुपमा उपचारको उचित प्रबन्ध गराउन सांसदहरुले माग गरे । 

राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. चन्दा कार्की भण्डारीले बालिकाको निधन दुःखद् भएको बताउँदै सरकारले सरकारी अस्पतालको भौतिक पूर्वाधार विस्तारमा लगानी नगरेर यस्ता घटनामा अस्पताल र चिकित्सकलाई मात्रै दोष दिन नमिल्ने बताइन् ।

सभामुख देवराज घिमिरेले यादवमाथि भएको आक्रमण र कान्ति बाल अस्पतालमा उपचार अभावमा पाँच वर्षीय बालिका रेजिशा गोपालीको निधनबारे सदनलाई जानकारी दिन सरकारलाई निर्देश (रुलिङ) गरेका छन् । बिहीबारको बैठकको आकस्मिक, शून्य र विशेष समयमा विभिन्न पार्टीका सांसद्ले घटनाको निन्दा गर्दै घटनाको छानबिन गर्न माग गरेपछि सभामुखले उक्त निर्देशन दिएका हुन् ।


प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ०७:०५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने : संयोजक दाहाल
प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने : संयोजक दाहाल शुक्रबार, माघ २, २०८२
प्रधानमन्त्री सुशीला कार्कीकाे अभिव्यक्तिप्रति वुनकाे आपत्ति
प्रधानमन्त्री सुशीला कार्कीकाे अभिव्यक्तिप्रति वुनकाे आपत्ति शुक्रबार, माघ २, २०८२
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक शुक्रबार, माघ २, २०८२
कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह
कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह शुक्रबार, माघ २, २०८२
एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त
एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त शुक्रबार, माघ २, २०८२
कांग्रेसलाई एकताबद्ध राख्ने प्रयास सफल हुनसकेन : नेता डा कोइराला
कांग्रेसलाई एकताबद्ध राख्ने प्रयास सफल हुनसकेन : नेता डा कोइराला बिहीबार, माघ १, २०८२
दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छः महासचिव पोखरेल
दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छः महासचिव पोखरेल बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP