Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
Search Here
समाचार
  • Home
  • समाचार
  • लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ १९, २०८०

काठमाडौं– काठमाडौं महानगरपालिका-१४ डेरा गरी बस्ने पाँचथर फालेलुङ गाउँपालिका-६ घर भएका ३५ वर्षीय जंग बहादुर राईलाई अवैध लागूऔषध खैरो हेरोईन १ सय ४२ ग्राम, नगद ९ लाख ५० हजार रूपैयाँ र डिजिटल तराजु १ थानसहित आइतबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई आफ्नै कोठाबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत भक्तपुरबाट लागूऔषध मुद्दामा म्याद थप अनुमतिलाई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

भक्तपुर, भक्तपुर नगरपालिका-१ दुधपाटी बस्ने ४९ वर्षीय शिद्धि राम सिल्पकारलाई अवैध लागूऔषध खैरो हेरोईन २१ ग्राम १० मिलिग्राम र डिजिटल तराजु १ थानसहित आइतबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

उनी उपर जिल्ला अदालत भक्तपुरबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

Ncell
Hardik health

मोरङ, उर्लाबारी नगरपालिका-३ मङगलबारेबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ३ सय ९० मिलिग्रामसहित ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सुनसरी ईटहरी उपमहानगरपालिका-१९ तरहरा घर भएका २४ वर्षीय जीवन विश्वकर्मा, मोरङ पथरी शनिश्चरे नगरपालिका-१ बस्ने ४० वर्षीय सन्जय सहनी, २९ वर्षीय मिथुन मण्डल र २५ वर्षीय राम कुमार सहनी रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले जीवनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी खरिद बिक्रीमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरापलिका-१५ नेशनल मेडिकल कलेज पछाडीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम र सेतो हेरोईन जस्तो देखिने पदार्थ २ सय ४० ग्रामसहित सोही महानगरपालिका(१५ ब्रम्हचोक डेरा गरी बस्ने बारा कोल्बी नगरपालिका-५ घर भएका २५ वर्षीय तिर्थ नारायण चौधरी समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भिस्वागाउँबाट खटिएको प्रहरीले प्रदेश-०२-०२१ प ९७९५ र प्रदेश २-०३-०११ प ४९८९ नम्बरका मोटरसाइकल रोकी बसिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

बारा, जितपुरसिमरा उपमहानगरपालिका-२२ स्थित बगिर खोला नजिकैबाट अवैध लागूऔषध गाँजा ८ किलो ४ सय ६८ ग्रामसहित सोही उपमहानगरपालिका-२२ नयाँ बस्ती बस्ने २८ वर्षीया अन्जली थिङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले स्कुटर चालक थिङलाई ना.३३ प ५७४८ नम्बरको स्कुटरमा बोरामा राखी उक्त गाँजा लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

कैलाली, घोडाघोडी नगरपालिका-५ देउकलीयास्थित सडकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ केजी ३ सय ग्रामसहित सोही नगरपालिका-१० बस्ने ४८ वर्षीय नर बहादुर घिमिरे समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय सुखडबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 


प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आजको खबर
आजको खबर शुक्रबार, भदौ २६, २०८३
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा शुक्रबार, भदौ २६, २०८३
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितका पक्षमा तत्काल राहत र उद्धारमा स्पष्ट योजना ल्याउनुपर्छ : सांसद पुन
बाढीपीडितका पक्षमा तत्काल राहत र उद्धारमा स्पष्ट योजना ल्याउनुपर्छ : सांसद पुन शुक्रबार, भदौ २६, २०८३
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता शुक्रबार, भदौ २६, २०८३
लागुऔषधसहित १७ जना पक्राउ
लागुऔषधसहित १७ जना पक्राउ शुक्रबार, भदौ २६, २०८३
बाढीप्रभावित महिला र बालबालिकाका लागि विशेष प्रबन्ध गर्न माग
बाढीप्रभावित महिला र बालबालिकाका लागि विशेष प्रबन्ध गर्न माग शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP