Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #सम्बन्धविच्छेद
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
Search Here
समाचार
  • Home
  • समाचार
  • रेडक्रस सोसाइटीका संस्थापक सदस्य डा. दासलाई सम्मान
रेडक्रस सोसाइटीका संस्थापक सदस्य डा. दासलाई सम्मान
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ १९, २०८०

काठमाडौं– नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाले नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य डा गौरीशङ्कर लाल दासलाई सम्मान गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीको ६१औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा एक सय वर्षीय डा दासलाई सम्मान गरेको हो । उनलाई नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सभापति सुदर्शनप्रसाद नेपाल र काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरिएको हो। 

कार्यक्रममा सोसाइटीका केन्द्रीय अध्यक्ष नेपालले रेडक्रसले विभिन्न आरोह–अवरोह गर्दै अहिलेको अवस्थामा आएको भन्दै यसलाई अगाडि बढाउन आफू प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गरे । रेडक्रसप्रतिको लगनशीलता र इमान्दारितालाई अगाडि बढाउने उनको भनाइ छ  । “मानवताको सेवाका लागि हामी निरन्तर लाग्छौँ”, उनले भने।

अध्यक्ष नेपालले आफू अध्यक्ष भएर आएपछि वार्षिक साधारणसभा सम्पन्न गरेकाले अब संस्थालाई नवीकरण गर्ने, विधान संशोधन गरेर अगाडि बढ्ने बताए । संस्थालाई सुमधुर वातावरणमा असल नियतले काम गरेर अगाडि बढाउने उनको भनाइ छ । “हामी सबैको एउटै मिसन र धारणा छ, हामी संस्थालाई पूर्णरूपमा मानव सेवामा लगाउँछौँ”, उनले भने ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता एवं काठमाडौँ महानगरपालिका वडा नं १७ का वडाध्यक्ष मानन्धरले नेपालमा रेडक्रस स्थापनामा डा दासको भूमिका महत्वपूर्ण रहेको बताए । “व्यक्तिको कारणले रेडक्रसमा दाग आउने काम गर्न दिन हुँदैन, मेरो कारणले रेडक्रसलाई बदनाम गर्न दिन्न भन्ने प्रतिबद्धता सबै रेडक्रसमा आबद्ध सदस्यले गर्नुपर्छ”, उउनले भने । उनले रेडक्रसलाई हरेकको मन–मनमा ल्याउने काममा लाग्न सबै लाग्नुपर्ने बताए ।

विसं २०७२ को विनाशकारी भूकम्पको समयमा रेडक्रसले खेलेको भूमिका सराहनीय रहेको उनको भनाइ छ  । डा दासलाई काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने प्रवक्ता मानन्धरले बताए । सम्मानित व्यक्तित्व डा दासले काठमाडौँ शाखाले आफ्नो योगदान सम्झेर सम्मान गरेकामा धन्यवाद व्यक्त गरे ।

सोसाइटीका कार्यवाहक महामन्त्री मनोजकुमार थापा, सोसाइटीका केन्द्रीय कोषाध्यक्ष वीरबहादुर बस्नेत, सोसाइटी बागमती प्रदेशका उपमहासचिव राजेन्द्र बानियाँलगायतले देशभर नेपाल रेडक्रस सोसाइटीको अभियानलाई अगाडि बढाउन डा दासको महत्वपूर्ण भूमिका रहेको बताएको थियो ।

कार्यक्रममा सोसाइटी काठमाडौँ शाखाका सभापति श्यामकाजी डोटेलले विश्वमा रेडक्रस स्थापना भएको एक सय वर्षपछि नेपालमा स्थापना भएको रेडक्रसले मानवतासँग जोडिएका हरेक क्षेत्रमा काम गर्दै आएको उल्लेख गरे ।उनले काठमाडौँ रेडक्रसले डेङ्गु नियन्त्रण, रक्तदान, विपन्न तथा गरिबलाई आर्थिक तथा खाद्यान्न सहयोग, युवालाई तालिम प्रदानलगायत कार्यक्रम सञ्चालन गर्दै आएको स्पष्ट पारे ।

विसं १९८१ मा सिरहाको इनरुवामा जन्मनुभएका डा दासले काठमाडौँ जिल्ला शाखामा बसेर नेपाल रेडक्रस सोसाइटीलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । विसं २०२० भदौ १९ गते स्थापना भएको नेपाल रेडक्रस सोसाइटीको केन्द्रसहित सात प्रदेश ७७ जिल्ला र एक हजार छ सय उपशाखा रहेको छ ।
 


प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’ मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP