Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
Search Here
समाचार
  • Home
  • समाचार
  • रेडक्रस सोसाइटीका संस्थापक सदस्य डा. दासलाई सम्मान
रेडक्रस सोसाइटीका संस्थापक सदस्य डा. दासलाई सम्मान
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ १९, २०८०

काठमाडौं– नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाले नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य डा गौरीशङ्कर लाल दासलाई सम्मान गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीको ६१औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा एक सय वर्षीय डा दासलाई सम्मान गरेको हो । उनलाई नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सभापति सुदर्शनप्रसाद नेपाल र काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरिएको हो। 

कार्यक्रममा सोसाइटीका केन्द्रीय अध्यक्ष नेपालले रेडक्रसले विभिन्न आरोह–अवरोह गर्दै अहिलेको अवस्थामा आएको भन्दै यसलाई अगाडि बढाउन आफू प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गरे । रेडक्रसप्रतिको लगनशीलता र इमान्दारितालाई अगाडि बढाउने उनको भनाइ छ  । “मानवताको सेवाका लागि हामी निरन्तर लाग्छौँ”, उनले भने।

अध्यक्ष नेपालले आफू अध्यक्ष भएर आएपछि वार्षिक साधारणसभा सम्पन्न गरेकाले अब संस्थालाई नवीकरण गर्ने, विधान संशोधन गरेर अगाडि बढ्ने बताए । संस्थालाई सुमधुर वातावरणमा असल नियतले काम गरेर अगाडि बढाउने उनको भनाइ छ । “हामी सबैको एउटै मिसन र धारणा छ, हामी संस्थालाई पूर्णरूपमा मानव सेवामा लगाउँछौँ”, उनले भने ।

Ncell
Hardik health

काठमाडौँ महानगरपालिकाका प्रवक्ता एवं काठमाडौँ महानगरपालिका वडा नं १७ का वडाध्यक्ष मानन्धरले नेपालमा रेडक्रस स्थापनामा डा दासको भूमिका महत्वपूर्ण रहेको बताए । “व्यक्तिको कारणले रेडक्रसमा दाग आउने काम गर्न दिन हुँदैन, मेरो कारणले रेडक्रसलाई बदनाम गर्न दिन्न भन्ने प्रतिबद्धता सबै रेडक्रसमा आबद्ध सदस्यले गर्नुपर्छ”, उउनले भने । उनले रेडक्रसलाई हरेकको मन–मनमा ल्याउने काममा लाग्न सबै लाग्नुपर्ने बताए ।

विसं २०७२ को विनाशकारी भूकम्पको समयमा रेडक्रसले खेलेको भूमिका सराहनीय रहेको उनको भनाइ छ  । डा दासलाई काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने प्रवक्ता मानन्धरले बताए । सम्मानित व्यक्तित्व डा दासले काठमाडौँ शाखाले आफ्नो योगदान सम्झेर सम्मान गरेकामा धन्यवाद व्यक्त गरे ।

सोसाइटीका कार्यवाहक महामन्त्री मनोजकुमार थापा, सोसाइटीका केन्द्रीय कोषाध्यक्ष वीरबहादुर बस्नेत, सोसाइटी बागमती प्रदेशका उपमहासचिव राजेन्द्र बानियाँलगायतले देशभर नेपाल रेडक्रस सोसाइटीको अभियानलाई अगाडि बढाउन डा दासको महत्वपूर्ण भूमिका रहेको बताएको थियो ।

कार्यक्रममा सोसाइटी काठमाडौँ शाखाका सभापति श्यामकाजी डोटेलले विश्वमा रेडक्रस स्थापना भएको एक सय वर्षपछि नेपालमा स्थापना भएको रेडक्रसले मानवतासँग जोडिएका हरेक क्षेत्रमा काम गर्दै आएको उल्लेख गरे ।उनले काठमाडौँ रेडक्रसले डेङ्गु नियन्त्रण, रक्तदान, विपन्न तथा गरिबलाई आर्थिक तथा खाद्यान्न सहयोग, युवालाई तालिम प्रदानलगायत कार्यक्रम सञ्चालन गर्दै आएको स्पष्ट पारे ।

विसं १९८१ मा सिरहाको इनरुवामा जन्मनुभएका डा दासले काठमाडौँ जिल्ला शाखामा बसेर नेपाल रेडक्रस सोसाइटीलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । विसं २०२० भदौ १९ गते स्थापना भएको नेपाल रेडक्रस सोसाइटीको केन्द्रसहित सात प्रदेश ७७ जिल्ला र एक हजार छ सय उपशाखा रहेको छ ।
 


प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आजको खबर
आजको खबर शुक्रबार, भदौ २६, २०८३
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा शुक्रबार, भदौ २६, २०८३
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितका पक्षमा तत्काल राहत र उद्धारमा स्पष्ट योजना ल्याउनुपर्छ : सांसद पुन
बाढीपीडितका पक्षमा तत्काल राहत र उद्धारमा स्पष्ट योजना ल्याउनुपर्छ : सांसद पुन शुक्रबार, भदौ २६, २०८३
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता शुक्रबार, भदौ २६, २०८३
लागुऔषधसहित १७ जना पक्राउ
लागुऔषधसहित १७ जना पक्राउ शुक्रबार, भदौ २६, २०८३
बाढीप्रभावित महिला र बालबालिकाका लागि विशेष प्रबन्ध गर्न माग
बाढीप्रभावित महिला र बालबालिकाका लागि विशेष प्रबन्ध गर्न माग शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP