Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
Search Here
समाचार
  • Home
  • समाचार
  • जापान- नेपाल विकास मञ्चको स्थापना
जापान- नेपाल विकास मञ्चको स्थापना
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ १९, २०८०

काठमाडौं– नेपाली राजदूतावास र जापानको पहल तथा जापानका उद्यमी, व्यवसायी, लगानीकर्ताको प्रयासमा जापानको राजधानी टोकियोमा जापान–नेपाल विकास मञ्चको स्थापना भएको छ ।

जापान सरकारका विपद् व्यवस्थापन र सामुद्रिक नीति राज्यमन्त्री कोइची तानी र जापानका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदीले मञ्चको शनिबार संयुक्त रुपमा उद्घाटन गर्नुभएको जापानस्थित नेपाली दुताबासले जनाएको छ ।

उक्त मञ्चको अध्यक्षमा जापान सरकारका पूर्वअर्थसहायक मन्त्री मोतोयुकी ओदाची र उपाध्यक्षहरूमा सर्वश्री योशिहारु कोमियामा हिरोयुकी फुकुयामा, डा तोरु उत्सुमी, ताकातोशी नाकामुरा, तोमोहिको कावामोतो र योसुके किकुमा रहेका छन् । जापान–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष एवं जापानका लागि नेपाली राजदूत उक्त मञ्चका पदेन संरक्षक रहेका छन् ।

नेपालको सामाजिक, आर्थिक र प्राविधिक विकासमा जापान सरकारको सहायतासँगै जापानको निजी क्षेत्रबाट नेपालमा पर्यटन, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य, वातावरण र रोजगार लगायतका क्षेत्रहरूमा लगानी तथा औद्योगीकरण प्रबद्र्धनमा सार्थक योगदान पुर्याउने उद्देश्यले मञ्चको स्थापना भएको हो ।

Ncell
Hardik health

मञ्चको समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राज्यमन्त्री कोइची तानीले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्ध सरकारीस्तरमा मात्र सीमित नरही जनस्तरसम्म पनि फैलिएको बताएको थियो । जापान र नेपालबीच गहिरो धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध रहेको बताउँदै उनले यस ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई अब आर्थिक सम्बन्धको सुदृढीकरणसहित विस्तारित गर्न आवश्यक रहेको र यस दिशामा मञ्च एक कोशेढुङ्गा सावित हुने बताएको थियो ।

समारोहमा राजदूत डा सुवेदीले जापान नेपालको विकासको एक प्रमुख साझेदार राष्ट्र रहेको र नेपालको कृषि, शिक्षा, ऊर्जा, यातायात र सञ्चारलगायतका आर्थिक र सामाजिक विकासको आधारशिला निर्माणमा जापान सरकारको महत्वपूर्ण योगदान रहेको बताएको थियो । नेपाल सरकारले मुलुकको आर्थिक विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुहुँदै उनले राजनैतिक स्थायित्व र सामाजिक रुपान्तरणका लागि नेपाल सरकार दिगो आर्थिक विकासका लागि प्रतिवद्ध रहेको उल्लेख गरको थियो । 

नेपाललाई वैदेशिक लगानीको एक उच्चतम् र आकर्षक गन्तव्यका रुपमा विकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको र सोका लागि उदार आर्थिक नीतिका साथ लगानीमैत्री वातावरण निर्माण गर्न प्रयत्नशील रहेको राजदूत डा सुवेदीको भनाई थियो ।

समारोहमा मञ्चका नवनियुक्त अध्यक्ष तथा पूर्वअर्थसहायक मन्त्री मोतोयुकी ओदाचीले जापान र नेपालको सुमधुर द्विपक्षीय सम्बन्धलाई अब व्यापार, लगानी र रोजगारी प्रवद्र्धनका माध्यमबाट निजी क्षेत्रले पनि सहभागिता जनाउन अपरिहार्य रहेको बताएको थियो ।

जापान सरकारको परराष्ट्र मन्त्रालय, जापान अन्तर्राष्ट्रिय सहयोग निकाय (जाईका) र जापान व्यापार संगठन ९जेट्रो०का उच्च पदाधिकारीहरू उपस्थित उक्त समारोहमा नेपालमा लगानी तथा व्यापार र व्यवसायमा सम्लग्न जापानका उद्योगी, व्यवसायी र कम्पनीका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।


प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आजको खबर
आजको खबर शुक्रबार, भदौ २६, २०८३
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा शुक्रबार, भदौ २६, २०८३
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितका पक्षमा तत्काल राहत र उद्धारमा स्पष्ट योजना ल्याउनुपर्छ : सांसद पुन
बाढीपीडितका पक्षमा तत्काल राहत र उद्धारमा स्पष्ट योजना ल्याउनुपर्छ : सांसद पुन शुक्रबार, भदौ २६, २०८३
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता शुक्रबार, भदौ २६, २०८३
लागुऔषधसहित १७ जना पक्राउ
लागुऔषधसहित १७ जना पक्राउ शुक्रबार, भदौ २६, २०८३
बाढीप्रभावित महिला र बालबालिकाका लागि विशेष प्रबन्ध गर्न माग
बाढीप्रभावित महिला र बालबालिकाका लागि विशेष प्रबन्ध गर्न माग शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP