Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसभित्र किचला
कांग्रेसभित्र किचला
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ १९, २०८०
  • कांग्रेसमा असन्तुष्टहरू अहिले अभियान लिएर कोही पूर्वतिर त कोही पश्चिमतिर लागेका छन्
  • ‘थर्ड पोल’का रूपमा उदाएर पार्टी राजनीतिमा अस्ताउनै लागेका कृष्णप्रसाद सिटौला आफ्नो गुट ब्युँताउन फेरि 
  • जुर्मुराएका छन्
  • संस्थागत रूपमा समुदायमा कांग्रेस अभियान रोकिएपछि मधु आचार्य नेतृत्वको रूपान्तरण अभियान भदौ २४ गते काभ्रे–२ बाट सुरु भई १६५ निर्वाचन क्षेत्रमा पुग्दै
  • पार्टीमा देउवाले पेल्न थालेपछि पानी बराबरको अवस्थामा पुगेका शेखर र गगन मिलाउन अर्जुननरसिंह केसी सक्रिय

काठमाडौं– निर्वाचनपछि पहिलो दल बनेको नेपाली कांग्रेसभित्र फेरि किचलोको यात्रा सुरु भएको छ । झण्डै एक वर्षपछि साउनमा बसेको केन्द्रीय समितिबाट एक देखिएको कांग्रेसमा फेरि किचलो सुरु भएको हो । कांग्रेसमा असन्तुष्टहरू अहिले कोही पूर्वतिर अभियान लिएर दौडिरहेका छन् भने कोही पश्चिमतिर लाग्ने भएका छन् । कांग्रेस केन्द्रले भने आफूले सुरु गरेको अभियानलाई स्थगन गरेको छ ।

साउन १० गते सम्पन्न केन्द्रीय समिति बैठकले दुई अभियान चलाउने निर्णय गरेको थियो । जसमा पार्टीको आन्तरिक विशेष अभियान र समुदायमा कांग्रेस अभियान थियो । गत साउन २० देखि ३० गतेसम्म ७७ जिल्लामै चलेको आन्तरिक विशेष अभियान सफल भएको उल्लेख गर्दै कांग्रेसले समुदायमा कांग्रेस अभियानलाई भने स्थगित ग¥यो । भदौ १० देखि हुने भनिएको ‘समुदायमा कांग्रेस’  कार्यक्रम भने कांग्रेसले स्थगित ग¥यो ।

‘अविरल वर्षा, बाढीपहिरो, डेंगी तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदाय नै गम्भीर रूपमा प्रभावित भएकाले हाल उनीहरूको सेवामा जुट्न सम्बन्धित तहका पार्टी संगठनहरूलाई आह्वान गर्ने र भाद्र १० देखि २४ सम्म गर्ने तय भएको ‘समुदायमा कांग्रेस’ कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको जानकारी गराइन्छ,’ कांग्रेसले विज्ञप्तिमार्फत भन्यो ।कांग्रेसले यो बीचमा पोलिसी ह्याकाथान कार्यक्रम सम्पन्न ग¥यो । त्यसैगरी १५ गते पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसले १५ वटा विभागको प्रमुख तोकेका छन् । सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम उनीहरूलाई विभिन्न विभागको प्रमुखमा मनोनयन गरेका हुन् ।

केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले पास गरेको कार्यतालिका अनुसार विभाग गठन गर्ने समय सीमाको अन्तिम दिन देउवाले १५ विभागको प्रमुख तोकेका हुन् । विभागको जिम्मेवारी पाउनेमा कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश समन्वय विभाग,  पुष्पा भुसाल, महिला विभाग, चीनकाजी श्रेष्ठ, उद्योग तथा व्यापार विभाग, किरण यादव, तराई–मधेस समन्वय विभाग रहेका छन् । यसैगरी योगेन्द्र चौधरी थारु विभाग, गेहेन्द्र गिरी ज्येष्ठ नागरिक समन्वय विभाग, आङगेलु शेर्पा पर्यटन विभाग, डा. रणबहादुर रावल गैरसरकारी संस्था समन्वय विभाग, दिलमान पाख्रिन आदिवासी जनजाति विभाग, प्रकाश रसाइली स्नेही वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग, रंगमती शाही पिछडिएको क्षेत्र विभाग तोकिएका छन् ।

Ncell
Hardik health

यसैगरी गुरु बराल आपूर्ति तथा उपभोक्ता विभाग, नानु बास्तोला जिल्ला सम्पर्क समिति समन्वय विभाग, मदनकृष्ण श्रेष्ठ अपांगता भएका व्यक्ति र समुदाय समन्वय विभाग तथा सीता थपलिया (उर्मिला) उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग तोकिएका छन् । यसअघि सञ्चार विभागमा मीन विश्वकर्मा मनोनयन गरिसकिएको छ । कांग्रेस केन्द्रीय समितिले पछिल्लोपटक ७० वटा विभाग पारित गरेकोमा देउवाले बल्ल १६ विभागको प्रमुख मनोनयन गरेका हुन् । कांग्रेसले अहिलेसम्म कोषाध्यक्ष भने निर्वाचित गर्न सकेको छैन । 

बिपी साहित्य महोत्सव आयोजना गर्दै

कांग्रेसले पार्टीको संस्थापक नेता बिपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्दै छ । भदौ २४ गते परेको बिपीको ११०औं जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्न लागेको हो । कांग्रेस केन्द्रीय कार्यालयको आयोजना र नेपाली लेखक संघको संयोजनमा भदौ २४, २५ र २६ गते कांग्रेस केन्द्रिय कार्यालय सानेपा, ललितपुरमा हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

रूपान्तरणको अर्कै अभियान
केन्द्रीय समितिको निर्णयअनुसार तय भएको अभियान रद्द भएपछि कांग्रेस रूपान्तरण अभियानले दुई महिने कार्यक्रमको घोषणा गरेको छ । रूपान्तरण अभियानले भदौ २४ गते बिपी जन्म जयन्तीदेखि कात्तिक २४ गते लौह पुरुष गणेशमान जन्मजयन्तीसम्म दुई महिने रूपान्तरण अभियान कार्यक्रम घोषणा गरेको हो । अभियान दुई महिनामा १६५ निर्वाचन क्षेत्र पुग्ने अभियानका अगुवा मधु आचार्यले बताए । उनका अनुसार अभियान भदौ २४ गते काभ्रे–२ बाट सुरु हुनेछ ।

अभियानका क्रममा पार्टीको आन्तरिक अवस्था, मुलुकको राजनीतिक अवस्था, कांग्रेससहित सबै दलहरूको सम्बन्धित क्षेत्रको अवस्था, तीनै तहका सरकारले गरिरहेका कामको बारेमा बृहत् छलफल हुने उनले सुनाए । यसअघि पनि यथास्थितिमा पार्टी चल्न नसक्ने भन्दै प्रदेशका केन्द्रहरूमा पुगेको अभियान पूर्वको विराटनगर पुगेर टुंगिएको थियो । अभियानमा आचार्यसहित गुरुराज घिमिरे, भुपेन्द्रजंग शाही, प्रा.डा. गोविन्दराज पोखरेललगायत नेताहरू रहेका छन् ।

सिटौलाको छुट्टै अभियान
कांग्रेसमा ‘थर्ड पोल’का रूपमा उदाएर अस्ताउनै लागेका कृष्ण सिटौला आफ्नो गुट ब्युँताउन फेरि जुर्मुराएका छन् । अहिले उनी सहमहामन्त्री उमाकान्त चौधरी, भीमसेनदास प्रधान, कुन्दन काफ्ले, भूपेन्द्र राईलगायत लिएर प्रदेश दौडमा छन् । बोलेर खासै उभो नलागेपछि मौन बस्न थालेका सिटौला पछिल्लो अभियानका कार्यक्रममा प्रमुख अतिथि बने पनि बोल्दैनन् । दर्शकका रूपमा समय कटाउने उनको यो अभियानलाई टक सेन्टर नामक संस्थाले सञ्चालन गरिरहेको छ ।

साउन २१ गते काठमाडौंको राष्ट्रिय सभागृहबाट थालेको यो कार्यक्रम कोशीको विराटनगर हुँदै गण्डकीको पोखरा पुगिसकेको छ । संविधान कार्यान्वयन आफ्नो प्रमुख एजेण्डा भएको सिटौला बताउँछन् । १३औं महाधिवेशनमा गगन थापालाई महामन्त्रीमा अघि बढाएर ‘थर्ड पोल’का रूपमा उदाएका सिटौलालाई १४औं महाधिवेशनमा साथ दिने कोही भएन । त्यसपछि प्रदीप पौडेललाई काखी च्यापेर देउवा गुटबाट महामन्त्रीको उम्मेदवार बनाए पनि सांसद जितेपछि उनी पनि सिटौलाको साथमा रहेनन् । यस्तो बेलामा सिटौलाले आफ्नो गुट ‘रिभाइभ’ गर्न अभियान थालेको बताइन्छ ।

शेखर–गगनको आफ्नै पीडा
कांग्रेसमा संस्थापनइतरको पगरी डा. शेखर कोइरालाले भिरेका छन् । तर कोइराला पछिल्लो समय देउवाको मौन समर्थनमा छन् । कोशी सरकारमा एमालेको मुद्दामा लागेका कोइरालाले देउवाबाट भागशान्ति पाएकाले चुपचाप रहेको बताइन्छ । यता गगनले भने छेउकुना भाग नपाएपछि छटपटिएका छन् । संसदीय दलमा शेखरलाई कुनै मौका नदिएपछि अहिले शेखर र गगनका पानी बराबर छ । तर पनि दुई जनालाई मिलाउन अर्जुननरसिंह केसी लागिपरेका छन् । आइतबारमात्र केसीनिवास इटालीटारमा गगन, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई सँगै राखेर केसीले शेखरसँग मिल्न दबाब दिएका छन् । शेखरलाई निम्ता भए पनि उनी केसीनिवासमा पुगेनन् । 

अबको नेतृत्वमा डा. शशांक कोइरालालाई त्याउने हल्ला फैलिएपछि शेखर गगन एक भएर देउवाविरुद्ध जानुपर्ने मत उनीहरूले प्रकट गरेको छलफलमा सहभागी एक नेताले बताए । गगनले केन्द्रीय समिति बैठकअघि आफू जसरी पनि संसदीय दलको नेता परिवर्तन गरेरै छाड्ने उद्घोष गरेका थिए । यद्यपि केन्द्रीय समिति बैठकपछि थच्चिएका उनी पुनः जुर्मुरिन थालेका हुन् । पछिल्लोपटक संसदीय समितिको सभापतिमासमेत शेखर गगन समूहले दाबी गरेकोमा देउवाले उनीहरूको माग सम्बोधन नगरेपछि रुष्ट रहेको बताइन्छ । यही असन्तुष्टि पोख्न गगन समूह फेरि कम्मर कसेर लागेको उनी पक्षीय नेता बताउँछन् ।


प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०८:२७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने शुक्रबार, भदौ २६, २०८३
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा शुक्रबार, भदौ २६, २०८३
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार बिहीबार, भदौ २५, २०८३
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा बिहीबार, भदौ २५, २०८३
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल बिहीबार, भदौ २५, २०८३
विशेष महाधिवेशन देउवालाई ‘अमान्य’
विशेष महाधिवेशन देउवालाई ‘अमान्य’ बिहीबार, भदौ २५, २०८३
संसद्का दुवै सदनको बैठक आज बस्दै
संसद्का दुवै सदनको बैठक आज बस्दै बिहीबार, भदौ २५, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP