काठमाडौं– नवलपरासी पश्चिम, पाल्हिनन्दन गाउँपालिका– ६ लंगडिपाकड बस्ने २७ वर्षीय चन्दन हरिजन बर्दघाट नगरपालिका– १२ भटौलियास्थित हुलासी खोलामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
बाजुरा, हिमाली गाउँपालिका–१ नेटा घर भई सोही नगरपालिका– १ बिच्छिया बजारमा होटल सञ्चालन गरी बस्ने तारा थापाकी छोरी १५ वर्षीया सर्पनशिला थापा सोही ठाउँस्थित बिच्छिया खोलाको बिच भागमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । शनिबारदेखि हराएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
रूपन्देही, मायादेवी गाउँपालिका– ७ स्थित घाँघर खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका– १८ डल्लुस्थित पुरानो पुलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।