Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
Search Here
समाचार
  • Home
  • समाचार
  • बेलगाम बालेन
बेलगाम बालेन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ १८, २०८०

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ नेपालका ७५३ स्थानीय सरकारमध्येकै ‘बाहुबली’ सरकार प्रमुख हुन् । बोल्ने हैन काम गर्ने सरकार प्रमुख अहिलेको जनताको रोजाइ हो । यसैले पनि यसपटक काठमाडौं महानगरका जनताले बालेन रोजे ।मत विश्लेषकका अनुसार सहरको मतको प्रकृति अस्थिर हुन्छ । यसो हुनुको कारण सहरका मतदाता ग्रामीण भेगका भन्दा तुलनात्मक रुपमा बढी सचेत हुनु हो । सामयिक एजेण्डा भएका नयाँ उम्मेदवार उनीहरूको छनोटमा पर्छन् । 

नभन्दै ३० वैशाख २०७९ को चुनावमा देशको संघीय राजधानी भएको काठमाडौंमा ¥यापर छविका बालेन स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा निर्वाचित भए । राजनीतिक विश्लेषक डा. विष्णु दाहालको शब्दमा बालेनको जित ‘मतदाताहरूले गरेको विद्रोहको प्रतीक’ थियो । उनै मेयर बालेन यतिबेला निकै आलोचित छन् । कारण– आफ्नी श्रीमती सविना काफ्लेलाई काठमाडौंको कोटेश्वरमा शनिबार राति ट्राफिक प्रहरीले केरकार गरेको भन्दै ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्ने उनको धम्कीपूर्ण अभिव्यक्ति ।

उनले आगो लगाइदिने भनेको सिंहदरबार राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा बनेको हो । सिंहदरबार निर्माण भएको १८७ वर्ष भइसकेको छ । २०३० सालमा सिंहदरबारमा आगलागीसमेत भएको थियो । पुराताŒिवक महŒवको देशको मुख्य प्रशासनिक अड्डासमेत रहेको सिंहदरबारमा आगो लगाउने धम्की दिएकै कारण बालेन आलोचित भएका छन् । उनी आलोचित भएको अर्को अमर्यादित शब्दको प्रयोगले पनि हो । संघीय सरकारलाई उनले ‘चोर सरकार’ भने । हाल संघीय सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनको तर्फबाट गरिरहेका छन् । संघीय सरकारअन्तर्गत रहने गृह मन्त्रालयको एउटा सुरक्षा अंग नेपाल प्रहरीको एकाइको रूपमा ट्राफिक प्रहरी छ ।

यही यातायात सुरक्षासम्बन्धीको सुरक्षा निकायका अधिकारीहरूले विदा (शनिबार)का दिनसमेत सरकारी गाडी प्रयोग भएको पाएपछि बालेनकी श्रीमती सविनालाई सोधपुछ गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए । ‘सरकारी गाडी बिदाको दिन प्रयोग गर्न मिल्दैन । तर, प्रयोग भएको पाएपछि सोधपुछ भएको हो,’ प्रवक्ता भट्टले प्रभावसँग भने, ‘सामान्य विषयमा उत्तेजक अभिव्यक्ति मेयर सा’बको आयो ।’ मेयर बालेनको अभिव्यक्तिलाई उनकै अधिकांश समर्थकहरूले अमर्यादित र पदीय हैसियतविपरीतको अभिव्यक्ति भन्न थालेका छन् । आपराधिक, हिंसात्मक, उत्तेजक र उरेन्ठ्यौलो शैलीको अभिव्यक्ति भन्दै कारबाहीको मागसमेत हुन थालेको छ ।

Ncell
Hardik health

चौतर्फी आलोचना भइरहेपछि बालेनको सचिवालयले प्रस्टीकरण दिएको छ । ‘नगरप्रमुखसहितको परिचय खुलाएपश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो । प्रहरीले सामान्य मानवीय संवेदनशीलताकोसमेत कत्ति पनि ख्याल नराखी करिब सात मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे,’ बालेनको सचिवालयले विज्ञप्तिमा भनिएको छ, ‘सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ‘ढोका खोल,’ के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो ।’

प्रहरीबाट गरिएको यस प्रकारको व्यवहार निन्दनीय तथा खेदजनक भएको उल्लेख गर्दै मेयर बालेनको सचिवालयले गृह मन्त्रालयले दुष्प्रचार गरेको आरोपसमेत लगाएको छ । ‘यस विषयमा गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यमलाई भ्रामक सूचना दिइ समाचार सम्प्रेषण गरेकोमा खेद समेत प्रकट गर्न चाहन्छौ,’ बालेनका स्वकीय सचिव भुपदेव साहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । श्रीमती सविना घर पुग्नसाथ बालेनले गृह मन्त्रालयको सचिवालयमासमेत फोन घुमाएका थिए । 

‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार,’ त्यसपछि उनले यसरी फेसबुकमा आफ्नो आक्रोश पोखेको बताइएको छ ।  नीतिनियम मान्नु सरकार प्रमुखदेखि सर्वसाधारणका कर्तव्य हो । अझ देशभरकै शक्तिशाली मेयरले उदाहरण पेस गर्नुपर्ने हो । तर मेयर बालेन भने बेलगाम आक्रोशित देखिएका छन् । बालेन अभिव्यक्तिकै कारण विवादमा आएको भने यो पहिलोपटक होइन । यसअघि उनले नेताहरूलाई ‘चोर’ भनेका थिए । यो अभिव्यक्तिले पनि उनी विवादमा आएका थिए । 

शनिबार त अझ सिंहदरबारमा आगो लगाइदिने जस्तो क्रुद्ध र आक्रोशयुक्त अभिव्यक्ति दिए । यसपछि उनी आलोचनाको भुमरीमा परेका हुन् । एक जना मतदाता शिखा श्रेष्ठले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘दलीय उम्मेदवारको विरुद्ध स्वतन्त्र उम्मेदवार छान्दाको परिणाम गलत नै आयो ।’ मेयर बालेनलाई इन्फ्लुइन्सरका रुपमासमेत हेरिन्छ । फेसबुक एकाउन्टमा उनलाई फलो गर्ने १७ लाख बढी छन् । 

काठमाडौं महानगरपालिकाका ६१ हजार ७६७ जना मतदाताले बालेनलाई निर्वाचित गराएका हुन् । यतिधेरै मतदाताको आशा र भरोसा प्राप्त बालेन कामभन्दा पनि बोलीमा नलगाइएको लगामले विवादित भइरहेका हुन् । 
राजनीतिक विश्लेषक डा. दाहाल मेयरको कुर्सीमा बसेर आउने अभिव्यक्ति मर्यादित आउनुपर्ने बताउँछन् । उनका अनुसार पदीय जिम्मेवारीका कारण मेयर बालेन संयमित पनि हुनुपर्छ । 

‘आधा लाख बढीको जनमत प्राप्त हो बालेन । उनले मेयरको भूमिकामा रहेर पदीय मर्यादा र गरिमाअनुसार बोल्नुपर्छ,’ डा. दाहाल भन्छन्, ‘कच्चापन झल्किने अभिव्यक्ति दिँदा पदीय गरिमा र मर्यादा कायम रहँदैन ।’ स्ट्रक्चरल इञ्जिनियरसमेत रहेका मेयर बालेन व्यवस्थित सहरीकरणको पक्षमा छन् । काठमाडौं महानगरलाई व्यवस्थित सहर बनाउन उनले देखिनगरिका काम पनि गर्दै आएको चर्चा हुने गरेको छ । तर, यसक्रममा अदालतबाट कुनै अन्तरिम आदेश जारी भएर तत्काल निर्णय कार्यान्वयन नगर्न आदेश दिएको अवस्थामा उनी अदालत नमान्ने खुलमखुला चुनौती दिन्छन् । अदालतको अवहेलनासम्बन्धी कसुर आकर्षित हुने अभिव्यक्ति दिने गरेका छन् । सोही कारण बालेन घरिघरी विवादमा आइरहन्छन् । 
 


प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
आजको खबर
आजको खबर शुक्रबार, भदौ २६, २०८३
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा शुक्रबार, भदौ २६, २०८३
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितका पक्षमा तत्काल राहत र उद्धारमा स्पष्ट योजना ल्याउनुपर्छ : सांसद पुन
बाढीपीडितका पक्षमा तत्काल राहत र उद्धारमा स्पष्ट योजना ल्याउनुपर्छ : सांसद पुन शुक्रबार, भदौ २६, २०८३
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता शुक्रबार, भदौ २६, २०८३
लागुऔषधसहित १७ जना पक्राउ
लागुऔषधसहित १७ जना पक्राउ शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP