Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
Search Here
समाचार
  • Home
  • समाचार
  • बडिमालिकामा सेनाको शिविरमा एक हजार आठ सयभन्दा बढीलाई सेवा
बडिमालिकामा सेनाको शिविरमा एक हजार आठ सयभन्दा बढीलाई सेवा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, भदौ १६, २०८०

बाजुरा– धार्मिक तथा पर्यटकीय बडीमालिकामा भदौ शुल्क पूर्णिमाको अघिल्लो दिन लाग्ने  मेलामा सहभागी हुनेलाई लक्षित गरी नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा आठ सय ६६ जनाको उपचार भएको छ । 

चार हजार दुई सय १२ फिटको उचाइमा रहेको बडीमालिकाको तीर्थस्थल त्रिवेणी र बडीमालिका मन्दिरमा पाँच सय ४५ पुरुष र तीन सय २१ महिला गरी आठ सय ६६ जनालाई स्वास्थ्योपचार गरेको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले जानकारी दिए। 

उनले दिएको जानकारीअनुसार बडीमालिकामा दर्शन गर्न गएका तीर्थयात्रीलाई अक्सिजन अभावका कारण र विभिन्न प्रकारका बिरामी थला परेर सिकिस्त बिरामी भएपछि सेनाको मेडिकल टोलीले उद्धार गर्दै सेनाको मेडिकल क्याम्पमा उपचार गरेको बताए। 

बडीमालिकाको दर्शनका लागि गएका तीर्थयात्रीलाई लेक लाग्ने र अक्सिजन अभावका कारण समस्या आउने भएकाले दुर्गाभञ्जन गुल्मको संयोजकत्व तथा श्री नं ५ फिल्ड एम्बुलेन्स गुल्मको डाक्टर अधिकृतसहितको मेडिकल टिमले आठ सय ६६ जनाको उपचार र नौ सय ५५ जनालाई उपचार परामर्श सेवासहित एक हजार आठ सय  २१ जनालाई उपचार गरेको सेनानी सिंहले बताएको छ । 

Ncell
Hardik health

बडीमालिका मन्दिर र त्रिवेणी धाममा आएका दर्शनार्थीलाई हुनसक्ने जोखिम र समस्यालाई निराकरण गर्न गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको नेपाली सेना बाजुराले जनाएको छ ।

छ जनाको उद्धार
धार्मिक तथा पर्यटकीय बडीमालिकाको दर्शनका लागि गएका लेक लागेर र अक्सिजन अभावका कारण सिकिस्त बिरामी भएका छ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जनाएको छ । 

भदौ शुक्ल पूर्णिमाको अघिल्लो दिन लाग्ने बडीमालिकाको पूजाका लागि दर्शन गर्न गएका दर्शनार्थी छ जनालाई अक्सिजन अभावका कारण त्रिवेणीधाममा लडेर अचेत अवस्थामा रहेकालाई सेनाको हेलिकोप्टरमार्फत उपचार गरिएको दुर्गाभञ्जन गुल्मका गुल्मपति धर्मेन्द्रबहादुर सिंहले बताए । 

सेनाको हेलिकोप्टरमा कालीकोट पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने, बझाङ जयपृथ्वी नगरपालिका–९ बस्ने  ६५ झुपुदेवी धामी, त्रिवेणी नगरपालिका–१ छताराका २३ वर्षीय भरतबहादुर बुढा, कैलाली जिल्ला गोदावरी नगरपालिका अत्तरियाका ६३ का ईश्वरी बोहरा र ५२ वर्षीया गङ्गादेवी बोहरा र जुम्ला जिल्ला चन्द्रनाथ नगरपालिका–२ बस्ने ४६ वर्षीया विनुदेवी बस्नेतलाई उद्धार गरिएको बताए । 

उद्धार गरिएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ भने चार जनालाई उपचारपछि घर फर्काइएको छ । उद्धार गरिएका पाँच जनालाई लेक लागेर अक्सिजन अभावका कारण त्रिवेणी धाममा लडेर अचेत अवस्थामा फेला पारेपछि त्रिवेणीमा सञ्चालन गरिएको र प्राथमिक उपचारपछि जिल्ला अस्पताल बाजुरामा थप उपचारका लागि पठाइएको थियो । जुम्लाकी विनुदेवी बस्नेतको बडीमालिकाबाट घर फर्किने क्रममा त्रिवेणी धाम नजिकै लडेर दायाँ खुट्टा भाँचिएपछि उद्धार गरिएको सेनानी सिंहको भनाइ रहेको छ । 

दुईको मृत्यु 

बडीमालिकामा लेक लागेर सिकिस्त बिरामी भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा कालीकोट जिल्ला पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने हुन् । उनलाई त्रिवेणी धाममा लडेर घाइते भएर अचेत अवस्थामा रहेका बेला सेनाको फेला पारेपछि प्राथमिक उपचारपछि थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

यस्तै अक्सिजन अभावका कारण त्रिवेणीमा लडेर अचेत अवस्थामा रहेका त्रिवेणी नगरपालिका–१ छताराका २३ वर्षीय भरतबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । बुढालाई नेपाली सेना बाजुराले त्रिवेणीमा सञ्चालन गरेको मेडिकल क्याम्पमा प्राथमिक उपचार गर्दागर्दै मृत्यु भएको दुर्गा भञ्जन गुल्मका सेनानी सिंह बताउछन् । 

मृत्युपछि बुढाको शवलाई नेपाली सेनाको एनए ०६१ को हेलिकोप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल बाजुरामा परीक्षण गरेर शव आफन्तलाई बुझाइएको हो । बडीमालिकामा नेपाली सेनाको मेडिकल क्याम्पले प्राथमिक उपचारसँगै उद्धार गरेर चार जनाको ज्यान बचाउन सफल भएको छ ।
 


प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
आजको खबर
आजको खबर शुक्रबार, भदौ २६, २०८३
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा शुक्रबार, भदौ २६, २०८३
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितका पक्षमा तत्काल राहत र उद्धारमा स्पष्ट योजना ल्याउनुपर्छ : सांसद पुन
बाढीपीडितका पक्षमा तत्काल राहत र उद्धारमा स्पष्ट योजना ल्याउनुपर्छ : सांसद पुन शुक्रबार, भदौ २६, २०८३
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता शुक्रबार, भदौ २६, २०८३
लागुऔषधसहित १७ जना पक्राउ
लागुऔषधसहित १७ जना पक्राउ शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP