Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
Search Here
समाचार
  • Home
  • समाचार
  • चुच्चे नक्सालाई चिनेन चीनले
चुच्चे नक्सालाई चिनेन चीनले
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १५, २०८०

 

  • केपी शर्मा ओली प्रधानमन्त्री छँदा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर जारी गरिएको चुच्चे नक्सालाई चीनले मान्यता नदिएपछि बालेनको विरोध
  • चीनले कुन सन्दर्भमा कसरी नक्सा जारी ग¥यो भन्ने बारेमा कूटनीतिक पहलबाट कुराकानी गर्ने सरकारको तयारी
  • चीनले जारी गरेको नयाँ नक्सामा आफ्नो भू–भाग समेटिएकोप्रति भारत सरकारले पनि विरोध जनाएको छ


काठमाडौं– नेपालले जारी गरेको चुच्चे नक्सालाई चीनले नचिनेपछि काठमाडौंका मेयर बालेन्द्र साह ‘बालेन’ले यो कदमको विरोध गरेका छन् । सोमबार चीनको प्राकृतिक स्रोत मन्त्रालयले जारी गरेको नक्सा पुरानै देखिएपछि मेयर बालेनले विरोध जनाएका हुन् ।

‘पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ,’ मेयर साहले फेसबुकमार्फत भनेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छँदा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर २०७७ जेठ ७ मा नयाँ चुच्चे नक्सा प्रकाशन भएको थियो । चीनले सोमबार प्रकाशित गरेको नक्सामा भने बुच्चे नक्सामात्र राखिएको छ । यद्यपि साहले सामाजिक सञ्जालमार्फत चीनको उक्त कदमको विरोध गरेका हुन् । उनले आफ्नो पाँच दिने चीन भ्रमणसमेत रद्द गरेको जनाएका छन् ।

कूटनीतिक माध्यमबाट कुरा गर्छौं : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीनले हालै सार्वजनिक गरेको नक्साका सम्बन्धमा सरकारले कूटनीतिक माध्यमद्वारा कुरा गर्ने प्रतिक्रिया दिएकी छन् । बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा शर्माले चीन सरकारसँग संवाद गरेर सरकारको धारणा सार्वजनिक गर्ने बताएकी हुन् । 

Ncell
Hardik health

‘यसमा कूटनीतिक ढंगले नै कुराकानी र पहलकदमी गर्नुपर्ने हुन्छ, हाम्रो आधिकारिक नक्सा चुच्चे नक्सा हो, हामीले संसद्को सर्वसम्मतिबाट उक्त नक्सा जारी गरेका हौं, यो नक्सामा देशकै सर्वसम्मत छ,’ मन्त्री शर्माले भनिन्, ‘चीनले कुन सन्दर्भमा कसरी नक्सा जारी ग¥यो भन्ने बारेमा कूटनीतिक पहलबाट कुराकानी गरिनेछ ।’

भारत पनि रुष्ट
चीनले जारी गरेको नयाँ नक्सामा आफ्नो भूभाग समेटिएकोप्रति भारत सरकारले विरोध जनाएको छ । आफ्नो ‘प्रचलित नक्सा’ भन्दै चीनले भारतको अरुणाचल प्रदेश र अक्साई चीनलाई पुनः चीनको हिस्साको रूपमा उल्लेख गरेपछि भारतले विरोध जनाएको हो ।

केही दिनअघि ब्रिक्स सम्मेलनका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्तासमेत भएको थियो । उक्त भेटमा दुई समकक्षीबीच सीमा विवादबारे कुराकानी भएको बताइएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता के अरिन्दम बागचीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यस्तो दाबीको कुनै आधार छैन । चीनको यस्तो कदमले सीमा समस्याको समाधानलाई जटिल बनाउँछ ।’

भारतीय सञ्चारमाध्यमहरुका अनुसार यसअघि ११ अप्रिलमा अरुणाचलका ११ स्थानको नाम परिवर्तन गरिदिएको थियो । चीनले पछिल्लो पाँच वर्षयता तीनपटक यसरी अरुणाचलका विभिन्न क्षेत्रको नाम परिवर्तन गरेको बताइएको छ । सन् २०२१ मा चीनले अरुणाचलको १५ र २०१७ मा छ ठाउँको नाम परिवर्तन गरिदिएको थियो । भारतको अरुणाचलमा रहेको पाङचेनलाई चीनले बाङचेन, ग्याङ खार जोङलाई जिआङकाजोङ, लो जुगरीलाई लुओसु री, ताइपोरीलाई टिएपू री, ताडोङलाई डाडोङ नामाकरण गरेको थियो । चिनियाँ कदमको ताइवानले समेत विरोध जनाएको छ ।

यता चीनले भारतको विरोधको जवाफ फर्काएको छ । चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भने, ‘२८ अगस्टमा प्राकृतिक स्रोत मन्त्रालयले सन् २०२३ को प्रचलित नक्सा जारी गरेको छ । यो चीनको कानुनअन्तर्गतको सार्वभौमसत्ताको प्रक्रिया अन्तर्गतको नियमित अभ्यास हो । यस विषयमा सम्बन्धित पक्षले वस्तुनिष्ठ भएर शान्तिपूर्ण ढंले काम गर्नेछ भन्ने हाम्रो अपेक्षा छ । सरोकारवाला पक्षले यो विषयलाई आवश्यकताभन्दा बढी व्याख्या गर्नबाट जोगियोस् ।’ 
 


प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
आजको खबर
आजको खबर शुक्रबार, भदौ २६, २०८३
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा शुक्रबार, भदौ २६, २०८३
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितका पक्षमा तत्काल राहत र उद्धारमा स्पष्ट योजना ल्याउनुपर्छ : सांसद पुन
बाढीपीडितका पक्षमा तत्काल राहत र उद्धारमा स्पष्ट योजना ल्याउनुपर्छ : सांसद पुन शुक्रबार, भदौ २६, २०८३
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता शुक्रबार, भदौ २६, २०८३
लागुऔषधसहित १७ जना पक्राउ
लागुऔषधसहित १७ जना पक्राउ शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP