काठमाडौं– चीनको प्राकृतिक स्रोत मन्त्रालयले हालै जारी गरेको नक्सामा प्रति आपत्ति जनाउँदै काठमाडौं महानगरका मेयर बालेन साहले आफ्नो पाँच दिने चीन भ्रमणलाई रद्द गरेका छन् ।
उक्त नक्सामा नेपाललाई नसोधी नेपाली भूभागलाई भारतको देखाएको भन्दै उनले त्यसलाई नेपाली संवदेनशीलतामाथि चालेको गलत कदम भएको बताएका छन् ।
उनले यही कारण देखाएर चीनको निमन्त्रणमा हुँदै गरेको पाँच दिने भ्रमण नैतिकताको आधारमा रद्द गरेको समाजिक संजालमार्फत स्पष्ट पारेका हुन । उनी बिहीबार चीन जाने तयारीमा थिए ।
उनले सामाजिक संजालमा लेखेका छन्
‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ ।
केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ ।त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’