Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमसिसी रोक्न चाहन्थे, तर आफ्नै पालामा कार्यान्वयन
एमसिसी रोक्न चाहन्थे, तर आफ्नै पालामा कार्यान्वयन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ १४, २०८०

 राजनीतिक प्रतिवेदनमासमेत एमसिसीको विरोध गरेका दाहालले सदनमा यो परियोजना टेबल हुँदासमेत विरोध गरेका थिए । 
तर, १२ बुँदे व्याख्यात्मक घोषणामा टेकेर दाहालले एमसिसी परियोजनाको पक्षमा मत हाले
एमसिसीका चर्का विरोधी उनै दाहालको नेतृत्वमा अहिले सरकार छ । यही सरकारले एमसिसी कार्यान्वयनको घोषणा गरेको छ ।


काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारमा माओवादी केन्द्र पनि सहभागी थियो । देउवा नेतृत्वको सरकारले बहुप्रतिक्षित भनिएको अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसिसी) सदनमा पेस ग¥यो २०७८ फागुन ८ गते । बैठकमा एमसिसी सम्झौता टेबल गर्नसाथ माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूहरु एमसिसीको विपक्षमा उभिने भन्दै प्रतिक्रिया लेखे फेसबुकमा । 


‘विवाद र विरोधका बीच सरकारले एमसिसी टेबल गरेको छ । हाम्रो पार्टी र संसदीय दलले एमसिसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ,’ दाहालले त्यतिबेला लेखेका थिए । माओवादीले त्यतिबेला आफ्नो कार्याकर्तालाई संसद् भवनबाहिर विरोधमासमेत उतारेको थियो । प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप हुँदा प्रदर्शनकारी घाइते भएका थिए । ‘एमसिसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ दाहालले थप भनेका थिए । 


पर्सिपल्ट फागुन १० गते माओवादी संसदीय दलका प्रमुख सचेतक रहेका देव गुरुङले आफ्नो पार्टीले एमसिसीको विपक्षमा मत हाल्ने ठोकुवा गरे । एमसिसीलाई लिएर आफ्नो पार्टीले दोहोरो चरित्र नदेखाउने पनि उनको दाबी थियो । पक्षमा मत हाल्नुपर्ने अवस्था आए सरकार छाड्ने उनको तर्क थियो ।

Ncell
Hardik health


‘पार्टीले सरकारबाट हट्नुपर्छ भन्ने निर्णय गरिसकेको छ । अब कुन दिन हट्ने भन्ने कुरा छिट्टै निर्णय हुन्छ । सरकारमा नरहने भनेर पाार्टीले नीतिगत निर्णय लिईसकेको छ । अब दिनको मात्रै कुरा हो । नेकपा माओवादी केन्द्र) मा दोहोरो चरित्र देखाउँदैन । राष्ट्रिय स्वाधीनताको मुद्दामा एकै ठाउँमा उभिन्छ । एमसिसी प्रस्तावबारे प्रतिनिधिसभाको १२ गतेको बैठकमा मतदान हुन्छ या के हुन्छ ? अब छलफलको प्रक्रिया सुरु हुन्छ,’ रिपोर्टस् क्लबको छलफलमा गुरुङले भनेका थिए । उनै गुरुङलाई दाहालले महासचिवको जिम्मेवारी दिएका छन् पार्टीमा ।


फागुन १५ गते एमसिसी पारित गर्ने तयारीमा दलहरु पुगे । माओवादी केन्द्रले एमसिसी पारित गर्ने निर्णय ग¥यो व्याख्यात्मक टिप्पणीमा टेकेर । यद्यपि त्यतिबेला पार्टीको निर्णयप्रति नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेललगायतले असहमति जनाएका थिए । नारायणकाजी दाहाल सरकारमा उपप्रधान तथा गृहमन्त्री छन् अहिले । 


माओवादी केन्द्रले आठौं महाधिवेशनबाट नै अमेरिकाको आलोचना गरिएको दाहालको राजनीतिक प्रतिवेदन पारित गरेको थियो । यसमा पनि उसले एमसिसीप्रति आलोचनात्मक धारणा ४५ बुँदामार्फत सार्वजनिक गरेका थियो ।
दाहालले हतियार र सैन्य क्षेत्रमा बढी खर्च गर्ने देशमा अमेरिकाको नाम पहिलो नम्बरमा उल्लेख गर्दै आलोचना गरेका थिए । यसबाट पनि उनी अमेरिकाप्रति नरम नभएको सन्देश गयो ।


२०७८ पुस १८ मा महाधिवेशनपछि पारित ४५ बुँदे प्रस्तावको पाचौं नम्बरमा एमसिसी यथास्थितिमा पारित नगर्न उल्लेख छ । जसमा भनिएको छ, ‘नेपाल सरकार र एमसिसीबीच भएको सम्झौताका कतिपय प्रावधानहरु नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस् ।’
दाहालले राजनीतिक प्रतिवेदन र महाधिवेशनबाटै एमसिसी पारित नगर्ने विषय उल्लेख गरिसकेका थिए । उनले अमेरिकाको चर्को आलोचनासमेत गरेका थिए । तर, २९ सेप्टेम्बर २०२१ मा दाहालले अमेरिकालाई पत्र लेखी एमसिसी पारित गर्नका लागि पाँच महिनाको समय मागेको उजागर भयो । यो पत्रलाई दाहलले गठबन्धन जोगाउने रणनीतिक दाउपेच भने । पछि अमेरिकी उपमन्त्री डोनाल्ड लू नेपाल आउँदा यसबारे ढिलाइ गर्न नहुने दबाब दाहाललाई प¥यो । देउवाले पनि यसलाई पर्खिरहन चाहेन । यही एमसिसी विरोधका बीच बुधबारबाट कार्यान्वयनका चरणमा प्रवेश गरेको छ ।

जग्गा अधिग्रहणको काम चाँडै
नेपाल सरकार र एमसिसीको संयुक्त लगानीको ‘एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम’ कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा भएको छ । मिलेनियन च्यालेन्ज नेपाल अकाउन्ट विकास समिति (एमसिए–नेपाल) अन्तर्गत कार्यान्वयन हुने परियोजनाको पूर्वतयारीका काममा पर्याप्त प्रगति भएको सहमतिपछि उक्त घोषणा गरिएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसिसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन एलफोर्डले बुधबार अर्थ मन्त्रालयमा आयोजित विशेष समारोहमा एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स–इआइएफ) सम्बन्धी पत्र आदानप्रदान गरे ।


एआइएफसम्बन्धी पत्र आदानप्रदान कार्यक्रममा अर्थमन्त्री डा. महतले एमसिए–नेपालअन्तर्गत कार्यान्वयन हुने विद्युत् प्रसारणलाइन र सडक आयोजनाले समग्र पूर्वाधार क्षेत्रका लागि महŒवपूर्ण भूमिका खेल्ने बताए । महतले भने, ‘आजबाट हामीले एमसिसी कार्यान्वयन सुरुआत गरेका छौं । यो कोशेढुंगासम्ममा आइपुग्न धेरै उतावचढाव भोग्नुपरेको थियो ।’
अर्थमन्त्री डा. महतले भने, ‘नेपालले पूर्वाधारका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको छ । एमसिए नेपालअन्तरगतका सडक आयोजनाले नागरिकलाई उत्पादनमा जोड्न र उद्यम व्यवसायका लागि सहजता दिनेछ । अर्कोतर्फ नेपालमा जलविद्युतको ठूलो सम्भावना रहेकाले प्रसारणलाइनले नेपालभित्रको प्रसारण प्रणाली सहज बनाउने मात्र नभई भारतसँगको अन्तरदेशीय विद्युत व्यापारका लागि पनि महŒवपूर्ण रहेको छ ।’


परियोजना ५० करोड अमेरिकी डलर अनुदानको हो । यसमा नेपालले थप १९.७ करोड डलर लगानी गर्नेछ । परियोजना पाँच वर्षभित्र नसकिए अमेरिकी सरकारले ५० करोड डलर अनुदान फिर्ता लैजानेछ । समयमा नसकिए त्यो पैसा नेपालले आफैंले राखेर परियोजना सक्नुपर्ने अवस्था आउँछ ।


एमसीसी कम्प्याक्टअन्तर्गत ३१५ किलोमिटर ४०० केभी प्रसारणलाइन र तीनवटा सबस्टेसन तथा पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने ७१ किलोमिटर सडक आधुनिक प्रविधि प्रयोग गरेर मर्मत गरिनेछ । तर अहिलेसम्म अधिग्रहण गर्नुपर्ने एक कित्ता जग्गाको पनि मूल्यांकन गरिएको छैन । प्रसारणलाइनका लागि कति जग्गा अधिग्रहण गर्नुपर्छ भन्ने परियोजना कार्यान्वयन गर्ने एमसिए–नेपालले खुलाउन चाहेको छैन । अहिले बल्ल जग्गा अधिग्रहण सम्बन्धी २१ दिने प्रारम्भिक सूचना प्रकाशन गर्ने काम भइरहेको छ ।


अर्थसचिव एवं एमसिए–नेपाल सञ्चालक समिति अध्यक्ष अर्जुनप्रसाद पोखरेलले नेपालको विद्युत् व्यापारमा लागि प्रसारण आयोजना महŒवपूर्ण रहेको बताए । जग्गा अधिग्रहणको काममा शीघ्रता दिएर चाँडै सक्ने र परियोजना कार्यान्वयनका क्रममा अनुगमनको काम प्रभावकारी ढंगले गर्ने प्रतिबद्धता पोखरेलले बताए । 


एमसिए–नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) खड्गबहादुर विष्टले जग्गा अधिग्रहण र मुआब्जाको काम आगामी डिसेम्बरसम्ममा सकिसक्ने तयारी रहेको बताए । 


प्रसारणलाइनको ठेक्का प्रक्रिया सुरु भइसकेको उनको भनाइ छ । नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले दुई देशबीच ७५ वर्ष देखिको मैत्रीपूर्ण सम्बन्धबारे स्मरण गर्दै एमसिसी नेपाल कम्प्याक्टले दीर्घकालका लागि नेपालको समृद्धिलाई उकास्ने विश्वास व्यक्त गरे । एमसिसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन एलफोर्डले एमसिसीअन्तर्गतका परियोजना कार्यान्वयनका क्रममा इआइएफ एक महŒवपूर्ण कोशेढुंगा रहेको बताए ।
 


प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने शुक्रबार, भदौ २६, २०८३
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा शुक्रबार, भदौ २६, २०८३
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार बिहीबार, भदौ २५, २०८३
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा बिहीबार, भदौ २५, २०८३
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल बिहीबार, भदौ २५, २०८३
विशेष महाधिवेशन देउवालाई ‘अमान्य’
विशेष महाधिवेशन देउवालाई ‘अमान्य’ बिहीबार, भदौ २५, २०८३
संसद्का दुवै सदनको बैठक आज बस्दै
संसद्का दुवै सदनको बैठक आज बस्दै बिहीबार, भदौ २५, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP