Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #मिड_डे_मील
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #बर्डफ्लु
  • #अमेरिका_ठगी
  • #शिशिर खनाल
  • #शिष्टाचार_भेटवार्ता
Search Here
समाचार
  • Home
  • समाचार
  • भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, वैशाख २६, २०८२
  • गोर्खा रेजिमेन्टलाई अग्रमोर्चामा खटाउने चिन्ता
  • पाकिस्तानले भारतीय सहरहरूमा आक्रमण गर्दा नेपालीहरू पनि पर्न सक्ने संशय 
  • कूटनीतिक पहल गरेर उद्धार गर्न माग 
  • तनाव बढ्दै जाँदा नेपाली भूमि दुरुपयोग हुने जोखिम

काठमाडौं– परमाणु अस्त्र सम्पन्न भारत–पाकिस्तानबीचको तनावले नेपालमा चिन्ता थपिएको छ । पाकिस्तानसँगको लडाइँमा भारतीय सेनामा आबद्ध नेपाली युवाहरू रहेको गोर्खा रेजिमेन्टलाई भारतले अग्रमोर्चामै खटाउनसक्ने भन्दै संशय प्रकट भइरहेको हो ।

बुधबार सामाजिक सञ्जालमा गोर्खा रेजिमेन्टको एउटा बटालियन तनावग्रस्त क्षेत्रमा तैनाथीका लागि हिँड्दै गरेको भिडियो सामाजिक सञ्जालमा देखिएको थियो । बिहीबार संसद् बैठकमै गोर्खा रेजिमेन्टलाई अग्रमोर्चामा नखटाउनका लागि भारत सरकारसँग कूटनीतिक पहल गर्न नेकपा माओवादी केन्द्रकी सांसद मीना तामाङले सरकारको ध्यानाकर्षण गराइन् । उनले पाकिस्तानले आक्रमण लक्षित गर्ने भारतीय सहरहरूमा नेपालीहरू काम गर्न गएको हुनसक्ने र उनीहरूको उद्धार गर्न माग गरेकी छन् ।

‘पाकिस्तान र भारत सीमा कश्मीरमा भएको द्विदेशीय सांघातिक हमलाले मानवीय क्षति र आतंक फैलिएको छ, जसकारणले पाकिस्तानले लक्षित गरेको भारतीय सहरहरूमा काम गर्न गएका नेपाली उक्त घटनामा पर्नसक्ने भएकाले उनीहरूको संरक्षण र उद्धारबारे र दुई देशबीचको लडाइँमा पहिलो प्रयोग नेपाली गोर्खा सेनालाई प्रयोग नगर्न भारत सरकारसमक्ष गम्भीर छलफल र निकासबारे पहल गर्न सभामुखमार्फत सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु,’ सांसद तामाङले भनिन् ।

पाकिस्तानले लक्षित गरेको भारतीय सहरहरूमा काम गर्न गएका नेपालीहरूको संरक्षण र उद्धार तथा दुई देशबीचको लडाइँमा नेपाली गोर्खा सेनालाई फ्रन्टलाइनमा प्रयोग नगर्न भारत सरकारसमक्ष पहल गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदछु ।
मीना तामाङ
प्रतिनिधिसभा सदस्य

Hardik health

विगतमा पाकिस्तानसँग तनाव बढ्दै जाँदा भारतले लडाइँको अग्रमोर्चामा गोर्खा रेजिमेन्टलाई खटाउँथ्यो । त्यसले पनि दुई देशबीच तनाव बढ्दा नेपालमा चिन्ता थपिएको हो । गोरखा रेजिमेन्टबाहेक भारतमा लाखौंको संख्यामा नेपाली छन् । उनीहरू विभिन्न पेसा व्यवसायमा आबद्ध छन् । उनीहरूको जीउधनको सुरक्षाका लागि पनि भारत सरकारसँग कूटनीतिक पहल गर्नुपर्ने आवाज संसद्मा उठेको छ । उनीहरूलाई द्वन्द्वग्रस्त क्षेत्रबाट सुरक्षित स्थानमा ल्याउनका लागि पहल गर्न पनि सरकारसँग माग भएको छ । 

‘आफ्नो नागरिकको जीउज्यानको सुरक्षा गर्न बेलैमा ध्यान जाओस् र नेपालको विदेश नीति असंलग्नता भए पनि आतंकवादको विषयमा स्पष्टताका साथ आफ्नो धारणा खुलाउन जरुरी छ,’ कांग्रेस सांसद मुक्ताकुमारी यादवले भनिन् । भारत–पाकिस्तानबीच २२ अप्रिलमा भएको पहलगाम घटनापछि तनाव चुलिएको छ । पहलगाममा आतंकवादी समूहले एक नेपालीसहित २६ जनाको ज्यान लिएको थियो । बदलामा भारतले बुधबार सबेरै पाकिस्तान प्रशासित जम्मु कश्मीरको विभिन्न स्थानमा हवाई आक्रमण गरेको थियो । त्यसयता दुई देशबीच सीमा क्षेत्रमा गोलाबारी चलिरहेको छ । पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार भारतको हवाइ आक्रमण र गोलाबारीका कारण ३१ पाकिस्तानीको ज्यान गएको छ । कम्तीमा ५७ जना घाइते भएका छन् । भारततर्फ पनि १६ जनाको मृत्यु भएको र ५९ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पाकिस्तानले भारतलाई कडा जवाफ दिने चेतवानी दिइसकेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले पनि भारतमाथि पाकिस्तानी आक्रमण भए झन कडा जवाफ दिने चेतावनी दिएका छन् । यसरी दुई देशबीच तनाव बढ्दा भारतीय सेनामा रहेका नेपाली युवाहरू, विभिन्न पेसा र व्यवसायमा रहेका नेपालीहरूको सुरक्षाबारे चिन्ता थपिएको छ । यस्तोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनका भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरेर नेपालीजनको सुरक्षा ग्यारेण्टी गर्न लगाउने दबाब बढेको छ । यसअघि उनले पहलगाम घटनाप्रति दुःख व्यक्त गर्दै नेपाल आतंकवादविरुद्ध रहेको र आतंकवादविरुद्ध हुने कारबाहीको समर्थन नेपाल गर्ने बताएका थिए ।

यहीबीच नेपालले सीमा क्षेत्रमा कडाइ गरेको छ । नेपाल प्रवेशमा परिचयपत्र अनिवार्य गरेको छ । शंकास्पद व्यक्तिलाई नेपाल प्रवेशमा रोक लगाएको छ । खासगरी भारतसँग जोडिएका रुपन्देहीका सीमावर्ती नाकाहरूमा सुरक्षा व्यवस्था कडा पारिएको हो । मुख्य नाका बेलहियासहित अन्य रुपन्देहीको लुम्बिनी, भगवानपुर, मर्चवार, दुर्गौलियालगायत नाकाहरुबाट आवतजावत गर्ने यात्रुलाई नेपाल–भारत दुवै देशका नागरिकप्रति विशेष निगरानी, सोधखोज, आवश्यकताका आधारमा खनतलासी गर्ने गरिएको छ । 

नेपालले आफ्नो भूमिलाई दुरुपयोग हुन दिनु भएन । त्यसले नेपालको सुरक्षा चुनौती बढाउँछ र भूराजनीतिक प्रभाव देखिन्छ । त्यही भएर नेपालले आवश्यक सतर्कता अपनाउनुपर्छ ।
विनोज बस्न्यात
पूर्वउपरथी, नेपाली सेना

दुई देशबीच द्वन्द्व चर्किंदै जाँदा सम्भावित जोखिमलाई ध्यानमा राखेर सीमा क्षेत्रमा निगरानी बढाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । उनका अनुसार सशस्त्र प्रहरीले रुपन्देहीसँगको नाकामा तालिमप्राप्त कुकुर नै परिचालन गरेर निगरानी गरेको छ । भारतसँग रुपन्देहीको करिब ७० किलोमिटर सीमा क्षेत्र जोडिएको छ ।

दुई देशको द्वन्द्वले नेपालको राष्ट्रिय सुरक्षामै चुनौती खडा गर्ने भन्दै विज्ञहरूले आवश्यक कदमका लागि पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराइसकेका छन् । जारी तनावले पूर्णयुद्धको आकार लिए भारतसँग खुला सिमाना भएको र नेपाली भूमि दुरुपयोग हुन सक्ने जोखिमले भूराजनीतिक असर देखिन सक्ने नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यातले बताए ।‘तनावले युद्ध नै निम्त्याउने सम्भावना त अहिल्यै देखिँदैन तर नेपालले आफ्नो भूमिलाई दुरुपयोग हुन दिनु भएन । त्यसले नेपालको सुरक्षा चुनौती बढाउँछ र भूराजनीतिक प्रभाव देखिन्छ,’ उनले प्रभावसँग भने, ‘त्यही भएर नेपालले आवश्यक सतर्कता अपनाउनुपर्छ ।’

भारत र पाकिस्तानबीचको द्वन्द्व चर्किंदा अहिल्यै नेपालले झेलेको समस्या उड्डयन क्षेत्रमा हो । दुई देशको तनावका कारण बुधबार र बिहीबार युरोप र मध्यपूर्वबाट नेपाल आउने उडान प्रभावित बने । टर्की, मध्यपूर्वको कतार, दुबई, कुवेत, साउदी अरबलगायत देशबाट  नेपाल आउने दैनिक १५ र फर्किने पनि १५ हाराहारी उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।


आतंकवादको विरुद्धमा छौं: नेपाल 
भारत–पाकिस्तान तनाव बढ्दै गएको बेला नेपालले आतंकवादको विरुद्धमा रहेको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार साँझ प्रेस विज्ञप्ति जारी गरेर आतंकवादविरुद्ध नेपाल सरकारको दृढ अडान रहेको जनाएको छ ।

‘नेपालले सबै प्रकारका आतंकवादविरुद्ध दृढ अडानस्वरुप बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्ट रूपमा निन्दा गर्दै आएको छ । आतंकवादविरुद्धको लडाइँमा नेपाल सबैको साथमा उभिएको छ,’ विज्ञप्तिमा उल्लेख छ । दुई देशबीचको तनावप्रति भने नेपालले चिन्ता प्रकट गरेको छ । छिट्टै तनाव कम हुने अपेक्षा पनि गरेको छ ।

 


 


प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  ०९:४५
#भारत–पाकिस्तान
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल
आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल सोमबार, असार २९, २०८३
पटक बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने
पटक बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने सोमबार, असार २९, २०८३
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध सोमबार, असार २९, २०८३
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै सोमबार, असार २९, २०८३
गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा
गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा आइतबार, असार २८, २०८३
वालेन्द्र शाह नेतृत्वको सरकार दसैँसम्म मात्र टिक्ने दुर्गा प्रसाईंकाे भनाई
वालेन्द्र शाह नेतृत्वको सरकार दसैँसम्म मात्र टिक्ने दुर्गा प्रसाईंकाे भनाई आइतबार, असार २८, २०८३
बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन आइतबार, असार २८, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
वालेन्द्र सरकारमा झल्कियो पुरानै सत्ताको धङधङी
वालेन्द्र सरकारमा झल्कियो पुरानै सत्ताको धङधङी
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP