Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • मिनी संसद्‌मा बल्ल नेतृत्व
मिनी संसद्‌मा बल्ल नेतृत्व
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ १२, २०८०

कुन समितिमा को ? 
अर्थ समिति:सन्तोष चालिसे (कांग्रेस)
राज्य व्यवस्था समिति:रामहरि खतिवडा (कांग्रेस)
कृषि, सहकारी तथा वातावरण समिति:डा. आरजु राणा देउवा (कांग्रेस)
महिला समिति:किरण साह (एमाले)
लेखा समिति:ऋषिकेश पोखरेल (एमाले)
कानुन, न्याय तथा मानवअधिकार समिति:विमला सुवेदी (माओवादी)
पूर्वाधार विकास समिति:दीपकबहादुर सिंह (राप्रपा)
शिक्षा तथा स्वास्थ्य समिति:भानुभक्त जोशी (ए. समाजवादी)
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति:राजकिशोर यादव (जसपा)
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समिति:अब्दुल खान (जनमत)

 

काठमाडौं– संघीय संसद्अन्तर्गतका १० वटै विषयगत समितिले महिनौंपछि नेतृत्व पाएका छन् । दलहरूबीच खिचातानी नभएको भए गत १५ जेठमै विषयगत समितिहरूले नेतृत्व पाउँथे । तर, बल्लबल्ल सोमबार दलहरूबीचको सहमतिअनुसार संसदीय गतिविधिमा निकै प्रभावशाली मानिने ‘मिनी संसद्’को सभापति सहमतिमै निर्वाचित भए । उनीहरूले सोमबार नै सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । 

संसद् बैठक नबसेको बेला पनि संसदीय समितिहरू क्रियाशील हुन्छन् । ऐन कानुनको दफावार छलफल गर्ने र समितिले पारित गरेपछि सरकारले पारितका लागि संसद्मा टेबुल गर्ने पद्धति छ । समितिले प्रतिनिधिसभा नियमावलीमा भएका कार्याधिकारअनुसार संसदीय मामिलासँग सम्बन्धित कार्यसम्पादन गर्दछ । 

Ncell
Hardik health

यस आधारमा महŒवपूर्ण ठानिने समितिले पाँच महिनापछि बल्ल नेतृत्व पाएका हुन् । यससँगै अब संसदीय समितिहरू थप क्रियाशील हुने आशा जगाएको छ । राजनीतिशास्त्रीहरूका अनुसार संसदीय प्रणाली अंगालेका देशहरूको संसद्मा यस्ता समितिहरू बनाउने प्रचलन विद्यमान छ । एकात्मक व्यवस्था भएको जनवादी गणतन्त्र चीनमा पनि राष्ट्रिय जनकंग्रेस (संसद्) मा स्थायी समिति छ । यो समितिले ऐन कानुनको दफावार छलफल गर्नेसँगै अन्य संसदीय मामिलासँग जोडिएका मुद्दामा छलफल गर्नेदेखि सरकारलाई आवश्यक निर्देशन दिने गर्दछ ।

नेपालको संघीय संसद्अन्तर्गत गठित समितिहरूले पनि सरकारलाई निर्देशन दिने कार्य गर्दै आएका छन् । तर, समितिहरू भने लामो समय सभापतिविहीन बने । समितिका ज्येष्ठ सदस्यले समिति बैठकको अध्यक्षता गर्थे तर प्रभावकारी ढंगले बैठक सञ्चालन हुन सकेको थिएन । यस्तो अवस्थाबीच आइतबार नौवटा समिति र सोमबार एउटा समितिका गरी १० सभापति निर्विरोध निर्वाचित भएपछि समितिहरूले नेतृत्व पाएका हुन् ।

कांग्रेस सांसद सन्तोष चालिसे अर्थ समिति, कांग्रेसकै रामहरि खतिवडा राज्य व्यवस्था समिति र डा. आरजु राणा कृषि, सहकारी तथा वातावरण समितिको सभापति चयन भए । नेकपा एमालेका सांसद किरण साह महिला समिति तथा ऋषिकेश पोखरेल लेखा समिति सभापति हुँदा माओवादी सांसद विमला सुवेदी कानुन, न्याय तथा मानवअधिकार समिति सभापति भइन् । 

यसैगरी राप्रपा सांसद दीपकबहादुर सिंह पूर्वाधार विकास समिति सभापति, नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशी शिक्षा तथा स्वास्थ्य समिति सभापति हुँदा जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादव अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापति र जनमतका सांसद अब्दुल खान उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समिति सभापति भए । सबै समितिका सभापति निर्विरोध चयन भएका हुन् ।

यसअघि आइतबार उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिबाहेक नौ वटा समितिमा एक–एक जनाको मात्रै उम्मेदवारी परेको थियो । एक जनाको मात्रै उम्मेदवारी परेका समितिमा स्वतः सभापति निर्वाचित भए । उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिमा भने रास्वपाका उम्मेदवार गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमतका सांसद खान निर्विरोध सभापतिमा निर्वाचित भए । 

समिति सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएपछि समितिलाई प्रभावकारी र सरकारलाई जवाफदेही बनाउने प्रतिबद्धता जनाए । समितिहरूको कार्याधिकार क्षेत्रमा रहेर निरीक्षण र अनुगमन गर्ने पनि उल्लेख गरेका छन् । राज्य व्यवस्था समिति सभापति खतिवडाले समिति सुशासनमा केन्द्रित हुने बताए ।  ‘देश कस्तो अवस्थामा छ ? सबैलाई थाहा छ । सरकारले केही गर्न खोजेको छ तर डा. ल्हारक्याल लामाजस्ता व्यक्ति नियुक्त भइरहेका छन् । यसले सरकारप्रति वितृष्णा बढाउँछ,’ उनले सभापति निर्वाचित भएपछि पत्रकारहरूसँग भने, ‘मुलुकलाई के गर्दा फाइदा हुन्छ, त्यसतर्फ समितिले काम गर्छ । सुशासनका लागि समितिले काम गर्छ ।’

लेखा समिति सभापति पोखरेल महालेखाको प्रतिवेदनलाई आधार मानेर बेरुजुलाई प्राथमिकतामा राखेको बताउँछन् । अहिले मुलुकको आर्थिक स्थिति जटिल अवस्थामा रहेकाले आर्थिक अनुशासन कायम गर्न भूमिका निभाउने उनको योजना छ । ‘अहिलेको अवस्था डरलाग्दो छ । जनताको करलाई सुरक्षित गर्ने र सरकारले गरेको खर्चलाई पारदर्शी बनाउन समितिले भूमिका खेल्छ । सरकारलाई आवश्यक सुधारका लागि राय सुझाव दिन्छौं,’ पोखरेलले भने । 

अर्थ समिति सभापति सन्तोष चालिसेले मुलुकको आर्थिक स्थितिको सुधारमा समितिले काम गर्ने बताए । त्यसका लागि समितिमा रहेका पूर्वअर्थमन्त्रीहरू र विज्ञसँग छलफल गरेर अर्थतन्त्र सुधारका लागि प्रभावकारी काम गर्ने उनको भनाइ छ । महिला समितिका सभापति किरण साहले भक्तपुरको बाल सुधारगृहमा भएको झडपको अनुगमन गर्ने बताएका छन् । उनका अनुसार बालगृहमा भएको घटना निकै गम्भीर हो । 

कानुन, न्याय तथा मानवअधिकार समिति सभापति सुवेदीले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताइन् । उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हित समिति सभापति खानले बन्द भएका उद्योग खोल्नका लागि अनुगमन र निरीक्षण गर्ने बताए । शिक्षा तथा स्वास्थ्य समितिका सभापति जोशीले तत्काल शिक्षा ऐन बनाउन समितिले प्रभावकारी भूमिका खेल्ने बताए ।

यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति यादवले पराराष्ट्र विज्ञहरूसँग तत्काल छलफल गर्ने बताए भने कृषि सहकारी तथा वातावरण समिति सभापति आरजु राणा र पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहले पनि समितिको क्षेत्राधिकारभित्र रहेर सरकारलाई जवाफदेही बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाए । 
 


प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०७:२८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने शुक्रबार, भदौ २६, २०८३
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा शुक्रबार, भदौ २६, २०८३
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार बिहीबार, भदौ २५, २०८३
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा बिहीबार, भदौ २५, २०८३
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल बिहीबार, भदौ २५, २०८३
विशेष महाधिवेशन देउवालाई ‘अमान्य’
विशेष महाधिवेशन देउवालाई ‘अमान्य’ बिहीबार, भदौ २५, २०८३
संसद्का दुवै सदनको बैठक आज बस्दै
संसद्का दुवै सदनको बैठक आज बस्दै बिहीबार, भदौ २५, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP