Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • काले काले मिलेर खाऊँ भाले 
काले काले मिलेर खाऊँ भाले 
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, भदौ १२, २०८०

आजकल चोकचोकमा चिया पसलहरु निकै फस्टाएका छन् । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम के ल्याको थियो । केटाहरु चोक–चोक चिया पसल पो खोल्न थाल्या छन् । यसो हेर्दा लाग्छ नेपालीहरु खानकै लागि जन्मिएका हुन् । बिहान चिया, दिउँसो विदेशी खाजा अनि राति रसदपान । यो चोक–चोकको बेग्लै कथा छ ।

आधुनिक भट्टी युवा पुस्ताले रेस्टुरेण्ट भन्न थाल्या छन् । हजुरबाउले तान्ने गरेको तमाखु हान्न थाल्या छन् । तमाखुमात्र तान्छन् कि तमाखुभित्र अरु पनि राख्छन् । त्यो कि तान्नेलाई थाहा होला बेच्नेलाई ! जसले के गरे पनि रोजगारी त बढेको छ नि ?
चीन, कोरिया, लण्डन बिर्साउनेगरी खोलाको किनारामा त कति हो कति आधुनिक भट्टी । उऽ बेला असन र बागबजारको गल्लीमा हरियो पर्दाभित्र छिरेर सुरुप्प पार्ने लेखक, साहित्यकार, गायकहरु अझै पनि पारा त्यस्तै छ । चावहिल गणेशस्थानको छेउमा खोप्रे बाजेको ग्याङ बसेर कुरा काट्ने होस् कि मैतीदेवीको गोपाल दाइको हरियो पर्दाभित्रके के कुरा गर्नु ?

एक गिलास सुरुप्प हान्दिएपछि बूढा साहित्यकारले अंग्रेजी फुराउँथे रे ! त्यही बूढा लेखकहरुसँग छोयला, कचिला र बारासँग लोकल एक गिलास हान्दिनेहरु अहिले विदेशी ब्राण्डमा रमाउन थाल्या छन् रे ! बूढा खोप्रे बाजे तीन छक्क पर्‍या छन् । बोलाउँदै बोलाउँदैनन् । बोलाउन भनी किन उनीहरु त अहिले नेता भाका छन् नेता ! हुन पनि अब जुस र घूस नभई नहुने सरकारी कर्मचारी, त्यही कर्मचारीको फेरा समाउने जनप्रतिनिधि र आफू कंगाल बन्दा पनि दंग परेर जिन्दावाद भन्न रुचाउने जनता भएपछि ।

देश चलाउने तीन नाइके र तीन सहायक नाइकेहरु पनि पालैपालो हान्ने हो ! कहिले सुन हान्ने हो कहिले शरणार्थी हान्ने हो ? हान्नचाहिँ हान्ने नै हो । किनकि रोजगार नै त्यही हो । त्यसै प्रधानमन्त्री रोजगार सफल भाको हो र ? त्यसमा पनि विदेश दातृ निकायले धेरथोर सहयोग गरेकै छ ।

Hardik health

गाई मारेर हुन्छ कि सुँगुर पछारेर हुन्छ । हल्लाखल्ला गर्ने नै हो । जति हल्ला गर्न सक्यो त्यत्ति नै ‘परफेक्ट’ । परफेक्ट हुन त मिल्नै परो । मिलेर खाने भएकाले नै पुर्खाले छाडेछन् ‘काले काले मिलेर खाउँ भाले’ भन्ने उक्ति ।

कहिले के काण्ड, कहिले काण्ड चर्चा ल्याउने । सञ्चार जगतमा एकले अर्कोलाई उछितो काड्ने वाह ! अब त केही होलाजस्तो छ ? परिवर्तन नै हुने पो हो कि भन्दै जनता बबुरो फुरंग, उता सबै मिलेर भुरुंग । के को परिवर्तन हुन्थ्यो । अरुलाई नै परिवर्तन गराउने भन्ने अनि आफैं पो परिवर्तन हुने हो त जमाना ।

समयले कोल्टे फेरेर कहाँ पुगिसक्यो हामी अझै उतै कोल्टीबजारतिर हिँड्छौं । ‘आफू ताक्छ मुडो, बञ्चरो ताक्छ घुँडो’ भनेजस्तो । हरिहरभवन हुँदै भँैसीपाटीमा समाजवादी महल ठड्याउने हाम्रा कुर्ततेहरुको बखान हान्नु । उता २०१३ सालमा खुलेको बखान सहकारीकै कारण अहिले सबै धोती न टोपी भाका छन् ।

यो बेला भनेको त मिलेर खाने हो ? फकाएर हुन्छ कि, घुमाएर हुन्छ कि थर्काएर हुन्छ । यो पनि त स्वरोजगारको एउटा महŒवपूर्ण कडी पो हो त ? बुझ्दै बुझ्दैनन् । खाली खायो खायो ! अनि मान्छेको अनुहार बोकेर आएपछि नखाएर भोकै पर्नु त ?
विद्यालयमा हेर्‍यो अध्यक्ष र प्रधानाध्यपक मिलेर खाए । सरकारी अड्डामा हेर्‍यो लेखा र हाकिम मिलेर खायो । राजनीतिमा हेर्‍यो दुई–तीन पार्टीका कुर्तुतेहरु मिलेर खायो । मालपोतमा गयो लेखापढीसँग मिलाएर खायो । बैंकतिर गयो सिए–अडिटर मिलेर खायो । अस्पताल गयो डाक्टर–औषधि व्यापारी मिलेर खायो । पत्रकार र विज्ञापनदाता नभए भ्रष्टसँग मिलेर खायो ? विदेश रेमिट्यान्स भित्र्याउन गएकालाई जाँदा–जाँदै घूस खवाएर मात्र देश छोड्न पाउने कार्यक्रम । खान बाँकी कहाँ छ र ? पशुपतिमा मरेका मान्छेलाई ओडाउने कात्रोमा कमिसन खाने देश हो । दुनियाँको फोहोरसँगसमेत कमिसन खाने देश हो । 
सकेसम्म दल–दल मिलेर खायो । नभए आरोप लगाएर खायो । सत्तामा गयो खायो । धर्मका नाममा पनि खायो । समाज सेवाका नाममा पनि खायो । चोकमा खुलेको चिया पसल त्यस्सै हो र ? प्रधानमन्त्रीको नाममा त्यसै रोजगार केन्द्र खोल्या हो र ! खाने हो । मिले माटै खाने हो, नमिले सातै जाने हो । खानेले त खायो जान्यो । जसले खाएन उसको जातै गयो ।

कर्मचारी भए प्रमोसन गायब । अरु भए त के–के गायब गायब । साम्यवाद ल्याउनका लागि पनि खानैपर्छ । खाँदै नखाई कसरी आउँछ साम्यवाद । त्यत्ति जानेको भए त कम्युनिस्टहरु यति बदनाम कहाँ हुन्थे र ? त्यही खान नजानेकै भएर पो ललिता निवासले विश्राम लिने तयारी किन गर्दै छन् ? सुकुम्वासीको समस्या कहाँ पुग्यो । सुकुम्वासीको जग्गा कसरी हुकुमवासीको भयो । उ बेला आउ मिलाउ हाम्रा हातहरु भन्दै हिँडे । अब पुर्खाले जोडिदिएको सम्पदा संरक्षण हावा खाँदै गयो । भाषा, धर्म संस्कृति त कुन चराको नाम हो भन्ने दिन आउँदै छ ।

सके गर नसके तर । वैतर्णीधाम बनाइदिएकै छ । तिम्रा गाई मार कि भाइ मार, कामचाहिँ ताई न तुईको गर । आऊ, मिलाऔं हाम्रा हातहरु !
 


प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०६:५९
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP