Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #शेरबहादुर देउवा समूह
  • #नेपाली कांग्रेस
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
राजनीति
  • Home
  • राजनीति
  • फेरि ब्युँतियो ताम्सालिङको माग
फेरि ब्युँतियो ताम्सालिङको माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ११, २०८०
  • २०६६ मंसिर २१ गते ताम्सालिङ संयुक्त संघर्ष समितिले काठमाडौं उपत्यकाका तीन जिल्लाको नेवार बाहुल्य क्षेत्र, काभ्रेको बनेपा र मकवानपुरको चित्लाङसमेतलाई छोडेर काठमाडौं वरिपरिको तामाङ बाहुल्य क्षेत्रलाई ताम्सालिङ स्वायत्त प्रदेश घोषणा गरेको थियो
  • प्रदेश ३ को नाम बागमती घोषणा भएको झण्डै चार वर्षपछि पुनः यो आन्दोलन पुनर्जीवित पारियो
  • पिँधबाट मुक्ति खोज्दै लानुपर्नेमा आन्दोलन पुँजीवादी शैलीमा माथिबाट लान खोजिएकोले पुनर्विचार गर्न राजनीतिक विश्लेषक विष्णुभक्त दुलाल ‘आहूति’को आग्रह

काठमाडौं– मुलुकमा नयाँ संविधान जारी भएसँगै सुस्ताएको पहिचानको आन्दोलन पछिल्लो समय ब्युँतिन थालेको छ। मुख्यतः प्रदेश १ को नामांकनको समयमा उठेको आन्दोलनले पहिचानवादीहरुलाई ब्युँताउने काम गरेको विश्लेषकहरुको भनाइ छ। प्रदेशको नाम ‘कोशी’ राख्ने प्रस्ताव प्रदेशसभाबाट पारित गरिएको विरोधमा चर्किएको आन्दोलनका क्रममा एक जनाको मृत्युसमेत हुन पुग्यो। त्यसयता कोशी नाम खारेजीको आन्दोलन निरन्तर चलिरहेको छ।

एकातर्फ प्रदेश खारेजीको बहस चलिरहँदा अर्कोतर्फ पहिचानपक्षधरहरु देशव्यापी आन्दोलनको तयारीमा जुटेका छन्। यही क्रममा आइतबार ताम्सालिङ संयुक्त संघर्ष समिति ब्युँताइएको छ। झण्डै १४ वर्षपछि डा. गणेश योञ्जनको अध्यक्षतामा फेरि ताम्सालिङ संयुक्त संघर्ष समिति ब्युँतिएको हो। पुनर्गठित समितिको सदस्यसचिवमा मोहन गोले तामाङ, प्रवक्ता जय गोले तामाङ तोकिएका छन्।

धुम्बाराहीस्थित एसआर व्यांक्वेटमा संघर्ष समिति घोषणा गर्न आइतबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष योञ्जनले तामाङ जातिको अधिकार स्थापित गर्नका लागि यो अभियान थालिएको बताए। जापानका लागि पूर्वराजदूतसमेत रहेका योञ्जनले अभियान कुनै नयाँ पार्टी स्थापनाका लागि नभई भएकै पार्टीभित्र अन्तरसंघर्ष बढाउन भएको प्रस्ट पारे। ‘यो स्वायत्त ताम्सालिङ राज्य निर्माणका लागि हो। विभिन्न पार्टीमा लागेका तामाङहरुलाई समाहित गरी यो अभियान सुरु गरिएको हो। नयाँ पार्टी खोल्नका हैन,’ उनले भने।

२०६६ मंसिर २१ गते ताम्सालिङ संयुक्त संघर्ष समितिले काठमाडौं उपत्यकाका तीन जिल्लाको नेवार बाहुल्य क्षेत्र, काभ्रेको बनेपा र मकवानपुरको चित्लाङलाई छोडेर काठमाडौं वरिपरिका तामाङ बाहुल्य क्षेत्रलाई ताम्सालिङ स्वायत्त प्रदेश घोषणा गरेको थियो। यसमा मूलतः काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट जिल्ला पर्दछन्। यो मूल क्षेत्रसँग जोडिएका अन्य जिल्लाका तामाङ बाहुल्य पनि यसैमा हुने उद्घोष गरिएको थियो। तामाङ जाति (राष्ट्र)को आत्मनिर्णय, स्वशासन र स्वायत्तताको अधिकार तथा ताम्सालिङ प्रदेशमा तामाङको अग्राधिकारको माग गरिएको थियो। यो अभियानले सेलाउँदै गएपछि धेरैले यसबारे चासो दिएका थिएनन्।

Hardik health

पछिल्लोपटक कानुन व्यवसायी भगवती पाण्डेले तामाङ जातिलाई ‘अपराधिकरण’ गर्न लागिपरेको भन्दै नेपाल तामाङ घेदुङलगायतका संस्थाहरुले प्रदेशको नाम बागमती घोषणा भएको झण्डै चार वर्षपछि पुनः आन्दोलनको सुरसार गरेको हो। अभियानले आत्मनिर्णयको अधिकारसहित ताम्सालिङ स्वायत्त प्रदेशको मागलाई जोड दिएको छ। साथमा २५ बुँदे विभिन्न माग अघि सारेको छ। विभिन्न चरणमा यस अभियान अघि बढाउने भनिए पनि समय भने तोकिएको छैन। यो अभियान कति समयसम्म जान्छ ? कतै बीच बाटोमा पुगेर तुहिने त हैन ? घोषणा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै योञ्जनले भने, ‘संघर्ष समिति घोषणा गरेको तामाङ राष्ट्रका लागि, राष्ट्रिय मुक्तिका लागि हो। यो कतै सेलाउने हो कि। कतै लडखडिने पो हो कि भन्ने भ्रमबाट मुक्त भएर उद्देश्य प्राप्तिका लागि अन्तिम घडीसम्म हामी लड्छौं।’ 

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे शेर्पाले निर्णायक आन्दोलन गर्ने हो भने महासंघ सहयोग गर्न तयार रहेको बताए। उनले प्रदेश १ को आन्दोलनबाट पनि ताम्सालिङ संघर्ष समितिले सिक्नुपर्ने उल्लेख गर्दै भने, ‘१ नम्बर प्रदेशमा आन्दोलन कसरी सफलताउन्मुख छ। त्यो विषयमा जनजाति महासंघसहित त्यहाँको संघर्ष समितिसँग बसौं। त्यसको मूलमन्त्र हामी दिन्छौं। तथ्यांकमा १६ लाख देखाए पनि झण्डै २० लाख तामाङ काठमाडौं वरिपरि राम्रो भूगोलमा बसेका छन्। तर अधिकार पाएनन्। अब ताम्सालिङका लागि मुठी कसेर लाग्नुस्। म सहयोग गर्न तयार छु।’ 

यद्यपि, ताम्सालिङ संघर्ष समितिको पुनर्गठिन अभियानप्रति राजनीतिक विश्लेषक विश्वभक्त दुलाल (आहुति)ले शंका व्यक्त गरेका छन्। उनले संघर्ष समितिका मागहरुमा थप छलफल जरुरी रहेको तर्क गरे। ‘हिजो हामी जे कारणले असफल भयौं। अब नयाँ सफलताका लागि नयाँ विचार के ?,’ आहुतिले भने, ‘मैले नयाँ कोण भेटिनँ। नयाँ विचारमा अलिकति छलफल जरुरी छ।’

पिँधबाट मुक्ति खोज्दै लानुपर्नेमा आन्दोलन पुजीवादी शैलीमा माथिबाट लान खोजिएको शंका उनले व्यक्त गरे। ‘संसारमा मुक्ति आन्दोलनका दुईटा तरिका छन्। एउटा माथिबाट मुक्ति खोज्दै जाने, अर्को सबभन्दा पिँधबाट। ताम्सालिङले माथिबाट मुक्ति खोज्दै जान लागेको हो कि भन्ने मलाई लागेको छ,’ आहुतिले भने, ‘पुँजीवादले माथिबाट र साम्यवादले पिँधबाट भन्छ। कार्ल माक्सले के भनेका थिए भने– यदि मानव जातिको मुक्ति खोज्ने हो भने सबभन्दा पिँधमा परेका जातिबाट सुरु गर्नुपर्छ। समाजमा सबभन्दा शोषितको मुक्ति भयो भनेमात्र मुक्ति सफल हुन्छ।’

‘मिसन ८४ सहित आन्दोलनमा होमिएका छौं’

Mohan-Gole21693185046.jpg
मोहन गोले
सदस्यसचिव, ताम्सालिङ संयुक्त संघर्ष समिति

तपाईंहरुको मुख्य माग ताम्सालिङ भन्नुभयो, तर मागको चाङ त थुप्रो छ नि ?
हामी विशेषगरी चार–पाँचवटा मागमा ध्यान दिन्छौं। परम्परागत संस्कृतिक सत्ता पुनःस्थापनामा जोड दिन्छौं। यो प्रदेशमा बस्ने अल्पसंख्यक समुदायको संविधानले व्यवस्था गरेअनुसार स्वायत्त क्षेत्र निर्माणमा हामी काम थाल्छौ। ऐतिहासिकता प्रतिनिधित्व र पहुँचको आधारमा, सीमा निर्धारणका कुराहरु छन्। मुख्य माग ताम्सालिङ स्वायत्त प्रदेश नै हो।

कसरी अगाडि लैजाने तयारी गर्नुभएको छ आन्दोलनलाई ?
यसका विभिन्न चरण छन्। देशभित्र र बाहिर। यहाँ हाम्रो समुदायको साथ छ नै। यसलाई हामी अन्तर्राष्ट्रियकरण पनि गर्छौैं। प्रवासमा हाम्रो ठूलो शक्ति छ। यसलाई परिचालन गरेर राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा उठाएर लान्छौं।

आन्दोलनलाई यही बेला अगाडि बढाउनुको कारण ?
हाम्रो भूमि अतिक्रमण भएको छ। भाषिक अतिक्रमण, सांस्कृतिक, धार्मिक अतिक्रमण भएको छ। यस्ता अतिक्रमण अन्त्यका लागि हो। मदिरा सेवनदेखि गौमास सेवनमा हामीलाई अन्याय गरिएको छ। आदिवासी ज्ञानलाई बन्देज गरेर आर्थिक रुपमा हामीलाई कमजोर बनाउन खोजिएको छ। काठमाडौंको अहिलेको जुन वैभव छ, त्यो तामाङ गाउँलाई चिथोरेर निर्माण भएको हो। १० वटा जिल्ला निचोरेर काठमाडौंको तीनवटा जिल्ला बनाउन खोजिएको छ। त्यसैले यसको विरुद्धमा हामीले संघर्ष सुरु गरेका हौं।

तर प्रदेश खारेजीका माग चर्किरहेको बेला सान्दर्भिक होला र ?
अतिवादी तŒवहरु लागेका छन्, संघीयताविरुद्ध। यसलाई जोगाउन उत्पीडित वर्ग लाग्नुपर्छ। हाम्रो ताम्सालिङ बनाउन हामी लाग्नुपर्छ भन्ने अहिलेको सान्दर्भिकता हो। संघीयता खारेज होस् या धर्म निरपेक्षता खारेज, हाम्रो आन्दोलन रोकिने वाला छैन। 

चार वर्ष भइसक्यो बागमती नामाकरण भइसकेको, यतिञ्जेल के हेरेर बस्नुभएको भन्ने पनि छ नि ?
आन्दोलन संघर्ष कुन बेला अघि बढ्छ, कुन बेला पछाडि सर्छ भन्ने हुन्न। यो समयको माग हो। कोभिड–१९ को महामारीको मौका पारी जनता बाहिर निस्कन नमिल्ने मौका पारी उनीहरुले षडयन्त्रपूर्ण ढंगले प्रदेशको नाम घोषणा गरे। महामारीमा हामीले आन्दोलनका आँट गर्न सकेनौं। परिस्थिति अब खुला भएको छ। हामी त्यहीअनुसार अघि बढ्छौं।

संयुक्त संघर्ष भनिए पनि नेवार जातिको प्रतिनिधित्व देखिएन, कार्यगत एकता तोडिएको हो ?
यो ताम्सालिङ संयुक्त संघर्ष समिति बनेको हो। छिट्टै नेवा संघर्ष समिति पनि बन्छ। अनि नेवा–ताम्सालिङ संघर्ष समिति बन्छ। र, संयुक्त संघर्ष समिति पनि घोषणा हुन्छ। प्रदेश ३ लाई जुन बागमती नामाकरण गरी दुईवटा सभ्यता मिसाइदिएको छ। दुईटै सभ्यतालाई नाम दिन हामी संघर्ष गर्छौं।

ठूला पार्टीका नेताहरु अभियान घोषणा सभामा देखिए, साँच्चै साथ दिन आइपुगेका होलान् कि भाँडभैलो गर्न ?
उहाँहरु पहिले पनि जोडिनुभएको थियो। अहिले पुनर्जीवित गरेर हामीले ल्याएका हौं। हामीले गरेको आग्रह उहाँहरुले स्वीकार्नुभएको छ। अहिलेसम्म इमानदारिताका साथ आइ नै रहनुभएको छ। आज पनि आउनुभएको छ। अब कार्यान्वयनको चरणमा जान्छ। व्यावहारिक चरणमा को लुक्छ, को भाग्छ भन्ने कुरा हेर्न बाँकी छ। 
आफ्नो पार्टीमा माग राख्न नसक्ने, राज्य सत्तामा कुरा राख्न नसक्ने, पार्टीमा कतै आवाज उठाउन नसक्ने तर प्रचारमुखी काममा लागेकाहरु आएनन्।

आन्दोलनको ठ्याक्कै मिति तोकिएको छैन, कति अवधि लामो जान्छ यो आन्दोलन ?
यसका दुई रुप छन्। एकतिर जनतालाई जागरण गर्छौं। भ्रमहरु चिर्छौं। राज्यसत्तालाई दबाब दिन्छौं। यो सडक संघर्षको कार्यक्रम हो। अर्को मिसन ८४ को तयारी गर्छौं। प्रदेशको निर्वाचनमा पहिचान पक्षधर ताम्सालिङ अभियानका पक्षधरलाई जिताएर पठाउँछौं र अंकगणितलाई बलियो बनाएर त्यहाँको संविधान परिवर्तन गरेर प्रदेशको नाम परिवर्तन गर्छौं। हाम्रो यही हो उद्देश्य।


प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०७:५६
#ताम्सालिङ
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु शुक्रबार, साउन २९, २०८३
शेखरको साथ पाएका देउवा ढुक्क, गगनविरुद्ध मोर्चाबन्दी 
शेखरको साथ पाएका देउवा ढुक्क, गगनविरुद्ध मोर्चाबन्दी  शुक्रबार, साउन २९, २०८३
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता बिहीबार, साउन २८, २०८३
देउवाको आगमनमा प्रहरी अलर्ट, शक्ति प्रदर्शनको तयारीमा कांग्रेस
देउवाको आगमनमा प्रहरी अलर्ट, शक्ति प्रदर्शनको तयारीमा कांग्रेस बिहीबार, साउन २८, २०८३
‘सरकारले निजी क्षेत्रलाई सहयोग र प्रवर्द्धन गर्नुपर्छ’ : नेपाली कांग्रेस
‘सरकारले निजी क्षेत्रलाई सहयोग र प्रवर्द्धन गर्नुपर्छ’ : नेपाली कांग्रेस बिहीबार, साउन २८, २०८३
उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेसको माग बुधबार, साउन २७, २०८३
सुटुक्क भारत पुगेर फर्किए शेखर
सुटुक्क भारत पुगेर फर्किए शेखर बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP