Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #भूमि विधेयक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कोशी सरकार निर्माण प्रक्रियामा शेखरको फेरि आपत्ति
कोशी सरकार निर्माण प्रक्रियामा शेखरको फेरि आपत्ति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ ६, २०८०


काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी सरकार निर्माणमा पुनः आपत्ति जनाएका छन् । मुख्यमन्त्री उद्धव थापालाई बहुमतका लागि सभाध्यक्षलाई भोट हाल्न लगाइएकामा कोइरालाले गरे विरोध गरेका हुन् ।

मंगलबार विराटनगर पुगेका कोइरालाले विमानस्थलमा संवाददातासँग कोशी प्रदेशसभामा सभाध्यक्षको भूमिका निर्वाह गरेका कांग्रेस सांसद् इसराइल मन्सुरीले विश्वासको मतदानमा भाग लिएकामा आपत्ति जनाए । असार २२ गते थापा पहिलोपटक मुख्यमन्त्री नियुक्त हुँदा पनि कोइरालाले प्रक्रिया नमिलेको भन्दै विरोध जनाएका थिए ।

‘मैले पहिले पनि सरकार बनाउने खेलमा तत्कालीन सभामुख बाबुराम गौतम सहभागी हुँदा ट्विट गरेर विरोध जनाएको थिएँ,’ उनले भने, ‘त्यो ट्विटप्रति म अडिग छु । अहिले पनि गल्ती भएको छ । सभाध्यक्ष भनेको सभामुख नै हो । उहाँले मतदान गरेर गलत नै भएको छ । पहिलेको निर्णय पनि सही थिएन । यसपटक हामीले त्यही दोहोर्‍यायौं ।’

कोशीका मुख्यमन्त्री थापाले बहुमत पुर्‍याउनका लागि सोमबार सभा सञ्चालन गरिरहेका मन्सुराई पनि मत हाल्न लगाएका थिए । कोइरालाले यस प्रकरणमा फेरि सर्वोच्च अदालतले निर्णय दिने बताए । उनले सर्वोच्चबाट फेरि पहिलेजस्तै निर्णय आउने र सरकार गठन प्रक्रिया संविधानको धारा १६८ को उपधारा ३ मा प्रवेश गर्ने सम्भावना औंल्याए । कांग्रेसजस्तो लोकतान्त्रिक पार्टी पनि किन यस्तो अलोकतान्त्रिक खेलमा संलग्न भन्ने संवाददाताहरूको प्रश्नमा कोइरालाको जवाफ थियो, ‘यहाँ कांग्रेस मात्र एक्लै छैन । सत्ता गठबन्धन छ । त्यसैले कांग्रेसको निर्णयले मात्र हुने होइन । गठबन्धनले जे निर्णय गर्‍यो त्यही हुने हो ।’ 

कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको सरुवाप्रति पनि आपत्ति प्रकट गरे । ‘अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूको सरुवा भएको छ,’ डा. कोइरालाले भने, ‘अनुसन्धानले गर्ने निर्णय अब सरकारले नै गर्न थालेको छ । अनुसन्धानको त एउटा प्रक्रिया हुन्छ । कुनै पनि अनुसन्धान निश्चित समयमा एउटा ठोस निष्कर्षमा पुग्छ । तर यहाँ त अनुसन्धान निष्कर्षमा पुग्नै नपाई सरकार आफैंले अनुसन्धानको डिटरमाइन्ड गरेको छ । यसले लोकतान्त्रिक पद्धति र मूल्यमान्यतालाई कमजोर बनाएको छ ।’
 


प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०६:४३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP