Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #भूमि विधेयक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कोशीमा राजनीतिक दाउपेच
कोशीमा राजनीतिक दाउपेच
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ५, २०८०

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार प्रदेशसभाबाट विश्वासको मत पाए पनि पुनः विवादमा तानिएका छन् । मुस्किलले मुख्यमन्त्रीमा नियुक्त थापा विश्वासको मत लिँदा पनि विवादमा तानिएका हुन् । थापा असार २२ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्त हुनासाथ उनीविरुद्ध सर्वोच्चमा रिट परेको थियो । 

सर्वोच्चले साउन ११ गते थापाको नियुक्ति बदर गरेको थियो । उनै थापा साउन १६ गते दोस्रोपटक पुन मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएपछि विश्वासको मत लिनुपर्ने हुन्छ । सोहीअनुरुप सोमबार विश्वासको मत लिँदा थापा पुनः विवादमा तानिएका हुन् ।

विश्वासको मत घोषणा हुँदा होहल्ला
एमालेले विश्वासको मत फेल गराउन तथा गठबन्धनको नेतृत्वमा बनेको सरकार ढाल्न उपसभामुख र नौ जना ज्येष्ठ सांसदलाई बैठकमा अनुपस्थित गराएको थियो । यता गठबन्धनले भने सभाध्यक्षको जिम्मेवारी पाएका ज्येष्ठ सांसद इस्राइल मन्सुरीलाई नै मुख्यमन्त्री थापालाई विश्वासको मत दिन लगाएर नयाँ अभ्यास सुरु गरे । 

सबैले मतदान गरिसकेपछि मत सच्याउन सभाध्यक्षको आसनबाट मन्सुरीले पाँच मिनेटको समय दिएका थिए । समय सकिनासाथ उनले सभाध्यक्षको आसनग्रहण गर्न अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिनालाई जिम्मेवारी दिए । मन्सुरीले तिम्सिनालाई सभामुखको कुर्सीमा बस्न दिएको एक मिनेट १० सेकेण्डमा मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गरेर पुनः सभाध्यक्षको कुर्सीमा गए । त्यसपछि तिम्सिना सत्तापक्षको कुर्सीमा फर्किन् ।

सोमबार विश्वासको मत घोषणा हुँदा प्रमुख प्रतिपक्षी दल एमालेले रोस्ट्रम घेर्दै नाराबाजी गरे । अध्यक्षता गरिरहेका व्यक्तिसमेतले मत राख्दा थापाको पक्षमा ४७ मत प¥यो । ९३ सदस्यीय कोशी प्रदेशसभामा प्रदेशका मुख्यमन्त्रीमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सोमबार कूल उपस्थित थिए ७७ । मुख्यमन्त्रीको विपक्षमा ३० मतमात्र परेपछि एमालेले होहल्ला गरेको हो ।

यो विषयमा फेरि अदालत जाने कोशी एमालेले चेतावनी दिएको छ । ‘संविधान जोगाउन पनि हामी अदालत जानै प¥यो,’ पूर्व मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मत कार्कीले भने । 

उपसभामुख काठमाडौं लाग्दा तनाव
कोशी प्रदेशका सभामुख थिए बाबुराम गौतम । पहिलोपटक थापा मुख्यमन्त्री बन्दा गौतमको समेत हस्ताक्षर थियो । सर्वोच्चको आदेशसँगै थापाको पहिलो कार्यकाल बदर भयो । लगत्तै साउन १६ गते गौतमले सभामुख पदबाट राजीनामा दिए । हाल गौतम आर्थिक मामिलामन्त्री नियुक्त भएका छन् । कोशीमा सभामुखको पद रिक्त छ भने उपसभामुख एमालेकी सिर्जना दनुवार छिन् । मुख्यमन्त्री थापाले आइतबारका लागि विश्वासको मत लिने तयारी गरेकोमा उपसभामुख दनुवारले सोमबारका लागि बैठक सारेकी थिइन् ।

उनै उपसभामुख दनुवार भने बैठकका दिन काठमाडौं आइन् । प्रदेशसभा सचिवालयलाई आफू सोमबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराउँदै दनुवार काठमाडौं आएपछि सत्ता गठबन्धनले ज्येष्ठ सदस्य मन्सुरीलाई अध्यक्षता गर्न लगाए । मन्सुरी कांग्रेसका प्रदेशसभा सदस्य हुन् । उनले गीता तिमल्सिनालाई बैठकको अध्यक्षता गराएर मुख्यमन्त्रीलाई विश्वासको मत दिन गएपछि एमाले रुष्ट बनेको बताइएको छ । उपसभामुख दनुवार काठमाडौंको सहिद गंगालाल हृदय केन्द्रमा भर्ना भएकी छन् । 

मत विभाजन हुँदै गरेको बेला सभामुख परिवर्तन गरी मन्सुरीले विश्वासको मत दिएका हुन् । उपसभामुख दनुवारसहित केही ज्येष्ठ सदस्य अनुपस्थित रहने भएपछि कांग्रेसका मन्सुरीले सभाको अध्यक्षता गरेका थिए । प्रदेशसभामा सत्तागठबन्धनको ४७ सिट छ । तर, अन्सारीले बैठकको अध्यक्षता गरेपछि ४६ मतमात्र थियो । विश्वासको मत पाउनका लागि ४७ मत आवश्यक पर्छ ।

सभाको अध्यक्षता गर्ने व्यक्तिले दुवैतर्फ मत बराबर भएमात्र निर्णायक मत दिन पाउने संवैधानिक व्यवस्था रहेको छ ।
९३ सदस्यीय प्रदेशसभामा उपसभामुखसहित एमालेका ४० र राप्रपाका छ सांसद एउटा समूहमा छन् । सत्ता गठबन्धनमा कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक गरी ४७ सांसद छन् ।

कोशीको घटनाक्रम
पुस २४ः एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका एक सांसदको समर्थनमा हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त
फागुन १७ः प्रदेशको नाम ‘कोशी’ नामाकरण गर्ने प्रस्ताव प्रदेशसभाबाट पारित
जेठ १७ः जसपा सरकारबाट फिर्ता
जेठ २३ः माओवादी सरकारबाट फिर्ता
असार १५ः विश्वासको मत नपाउँदा मुख्यमन्त्री हिक्मत कार्कीको पद गुम्योे
असार २२ः सभामुखसमेतको समर्थनमा नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त
असार २२ः थापाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा एमालेको रिट 
असार २७ः दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न सर्वोच्चको आदेश
साउन ८ः कोशी सरकारको मुद्दा पूर्णइजलासमा पठाउने आदेश
साउन ११ः उद्धव थापाको मुख्यमन्त्री नियुक्ति बदर । सात दिनभित्र नयाँ सरकार गठन गर्न आदेश
साउन १२ः प्रदेश प्रमुख परशुराम खापुङद्वारा मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
साउन १६ः सभामुख बाबुराम गौतमको राजीनामा
साउन १६ः उद्धव थापा ४७ सांसदको समर्थनमा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त
साउन १७ः माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र कांग्रेसका प्रदीपकुमार सुनुवार मन्त्री नियुक्त 
भदौ ४ः मुख्यमन्त्री उद्धव कार्कीलाई विश्वासको मत
 


प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP