Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #रासस
  • #क्यालिस्थेनिक्स
  • #सामाजिक सुरक्षा कोष
  • #फोक्सिङटार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संकटमा मुख्यमन्त्री थापा
संकटमा मुख्यमन्त्री थापा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ४, २०८०

 

  • आज प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची
  • एमाले र राप्रपाका नौ जना ज्येष्ठ प्रदेशसभा सदस्य अनुपस्थित हुने 
  • उपसभामुख सिर्जना दनुवारलाई अनुपस्थित गराउने एमालेको तयारी

काठमाडौं -  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको पद संकटमा परेको छ । आज विश्वासको मत लिने तयारीमा रहेका उनलाई प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्येष्ठ प्रदेशसभा सदस्यहरु अनुपस्थित हुने भएपछि संकट आइपरेको हो । 

एमाले र राप्रपाका नौ प्रदेशसभा सदस्यले आइतबार नै आजको संसद् बैठकमा उपस्थित हुन नसक्ने जानकारी प्रदेशसभा सचिवालयलाई दिएका हुन् । कोशी प्रदेशसभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यका अनुसार एमालेका सांसदहरु रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत र ज्ञानेन्द्र सुवेदीले छुट्टाछुट्टै निवेदन दिई बैठकमा उपस्थित हुन नसक्ने बताएका हुन् ।

अमेरिकामा रहेका एमालेकै सांसद किशोरचन्द्र दुलालले पनि सोही जानकारी दिएका छन् ।यसैगरी राप्रपाका अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्माले सोमबारको प्रदेशसभा बैठकमा उपस्थित हुन नसक्ने भन्दै निवेदन दिएको प्रवक्ता अमात्यले बताए । उनीहरुले घरायसी जरुरी काम देखाउँदै उपस्थित हुन नसक्ने जानकारी दिएको बताइएको छ ।

Hardik health

प्रतिपक्ष दलको यो कदम मुख्यमन्त्रीलाई विश्वासको मत पाउनबाट असफल बनाउनु हो । कोशी प्रदेशमा तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त छ । उपसभामुखमा एमालेकी सिर्जना दनुवार छिन् । एमालेले उनलाई अनुपस्थित गराउने चर्चा चलिरहँदा एमाले र राप्रपाका ज्येष्ठ सदस्यहरु स्थगित हुने निवेदन प्रदेशसभामा दर्ता भएको हो ।

सभामुख र उपसभामुख दुवै नहुँदा प्रदेशसभाका ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । सत्तापक्षको ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्दा मुख्यमन्त्री थापालाई विश्वासको मत पुग्दैन । त्यसैले प्रतिपक्षबाटै अध्यक्ष गराउने सत्तापक्षको दाउ छ । अर्कोतर्फ सत्तापक्षकै ज्येष्ठ सदस्यलाई बैठक सञ्चालन गराएर विश्वासको मत नपाउने वातावरण बनाउनेतर्फ प्रतिपक्षी दलहरु केन्द्रित भएका छन् ।  

साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले आज विश्वासको मत लिने कार्यसूची तोकिएको छ । विश्वासको मत पाउन नसके उनी पदच्युत हुनेछन् र ठूलो दलको हैसियतमा एमालेले सरकारको नेतृत्व गर्ने अवसर पाउनेछ ।कूल ९३ सदस्यीय प्रदेशसभामा थापालाई विश्वासको मत पाउन ४७ मत आवश्यक पर्छ । सत्ता पक्षसँग ४७ जनामात्र प्रदेशसभा सदस्य छन् । यदि एक जनाले बैठक सञ्चालन गर्नुपर्ने अवस्था आए विश्वासको मत पुग्दैन । किनभने बैठक सञ्चालन गर्ने सदस्यले मत दिन पाउँदैनन् ।

यसअघि सभामुख पदमा बहाल रहेकै अवस्थामा प्रदेशसभा सभामुख बाबुराम गौतमको हस्ताक्षरमा कांग्रेसका थापा मुख्यमन्त्री बनेका थिए । तर, सर्वोच्च अदालतले सभामुख पद निष्पक्ष हुनुपर्ने भन्दै मुख्यमन्त्री नियुक्ति बदर गर्ने आदेश दिएको थियो । त्यसपछि सभामुख गौतमले राजीनामा दिएपछि थापा मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । 

एमाले संसदीय दलका नेता राम राना मगरले आफ्नो दलले मुख्यमन्त्री थापालाई विश्वासको मत नदिने प्रस्ट पारे । आफूहरु सरकार जतिसक्दो छिटो ढलोस् भन्नेमा रहेको उनले बताए ।नेपाली कांग्रेस संसदीय दलका सचेतक भूपेन्द्र राईले भने विश्वासको मत पाउनेमा ढुक्क रहेको बताए । ‘मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना दर्ता गरेपछि भोलिको समय पाउनुभयो । तर, एमाले र राप्रपाका गरी ८ जनाले संसद् बैठकमा सहभागी हुन नसक्ने भनेर सूचना दर्ता गराएका छन् । उपसभामुखले बैठकको अध्यक्षता नगर्ने सम्भावना देखिन्छ । हेरौं, भोलि बिहानसम्मको राजनीतिक जोड घटाउ के हुन्छ,’ उनले भने, ‘हामी त विश्वासको मत पाउनेमा ढुक्क छौं । हामीसँग ४७ जना सांसद छन् । यो संख्या प्रदेश संसद्को बहुमत हो ।’
 


प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ०७:२०
#कोशी_प्रदेशका_मुख्यमन्त्री #उद्धव_थापा
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने : संयोजक दाहाल
प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने : संयोजक दाहाल शुक्रबार, माघ २, २०८२
प्रधानमन्त्री सुशीला कार्कीकाे अभिव्यक्तिप्रति वुनकाे आपत्ति
प्रधानमन्त्री सुशीला कार्कीकाे अभिव्यक्तिप्रति वुनकाे आपत्ति शुक्रबार, माघ २, २०८२
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक शुक्रबार, माघ २, २०८२
कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह
कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह शुक्रबार, माघ २, २०८२
एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त
एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त शुक्रबार, माघ २, २०८२
कांग्रेसलाई एकताबद्ध राख्ने प्रयास सफल हुनसकेन : नेता डा कोइराला
कांग्रेसलाई एकताबद्ध राख्ने प्रयास सफल हुनसकेन : नेता डा कोइराला बिहीबार, माघ १, २०८२
दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छः महासचिव पोखरेल
दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छः महासचिव पोखरेल बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP