Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #किम_जु
  • #किम_जोङ_उन
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संसद् अवरोध हटाउन दबाब
संसद् अवरोध हटाउन दबाब
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ३, २०८०
  • आजदेखि संसद् बैठक अवरुद्ध नहुने प्रधानमन्त्रीको दाबी
  • संसद् अवरोध गरिरहेको नेकपा एमाले आफ्नो अडानमा कायमै
  • सुन तस्करी प्रकरणको छानबिन सिआइबीले निष्कर्षतर्फ पु¥याएको गृहमन्त्रीको भनाइ
  • संसद्मा जारी अवरोध हटाउन प्रधानमन्त्रीले पहल गर्नुपर्ने पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको भनाइ 


काठमाडौं – साउन १० गतेदेखि अवरुद्ध संघीय संसद्को बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बैठकको समय तय गरिएको छ । तर आज पनि बैठक चल्नेमा भने आशंका कायमै छ । संसद् अवरोधकर्ता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग सम्बोधन गर्न सत्तापक्ष तयार भएको छैन । अर्कोतर्फ एमाले आफ्नो अडानमा कायमै छ । 

निरन्तर संसद् अवरोध गरिरहँदा एमालेमाथि जनताको आवाज बोल्ने संसद्लाई बन्दी बनाएको आरोप लाग्दै आएको छ । जनताका समस्या र सरोकारका विषय संसद्मा उठाउन नपाएको भन्दै सत्तारुढ तथा अन्य प्रतिपक्षी दलले समेत एमालेको कदमको विरोध जनाउँदै आएका छन् । जसकारण एमालेमाथि चौतर्फी दबाबमा परेको छ ।

यद्यपि, एमाले आफ्नो अडान छाड्न तयार भइसकेको छैन । उल्टो सरकारकै कारण सदन चल्न नसकेको बताइरहेको छ । एमालेको माग विमानस्थलबाट बरामद गरिएको ६१ किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने हो । राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको उक्त सुन प्रकरणको हाल नेपाल प्रहरीको अपराध अनुसन्धान ब्युरो (सिआइबी)ले गरिरहेको छ ।

सुरुमा विभागले गरिरहेको भए पनि अन्तरदेशीय अपराधसँग जोडिएको पाइएको भन्दै सिआइबीलाई अनुसन्धानको जिम्मा दिइएको थियो । सरकारले राज्य संयन्त्रबाटै अनुसन्धान भइरहेकोले उच्चस्तरीय समिति आवश्यक नहुने अडान राखिरहेको छ । 

Hardik health

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शनिबार पनि उच्चस्तरीय समिति आवश्यक नपर्ने अडान दोहो¥याए । राज्यको व्यावसायिक, पेसागत रूपमा दक्ष र जिम्मेवार संरचना र संयन्त्रहरूले काम गरिरहेकाले सुन काण्डको अनुसन्धानका लागि अर्को उच्चस्तरीय समिति बनाउन आवश्यक नरहेको उनले उल्लेख गरे । 

सुन काण्डको अनुसन्धानलाई अन्तिम निष्कर्षमा पु¥याएर यसको नेटवर्कको पहिचान गरी दोषीमाथि कारबाही गरिने उनको दाबी छ । प्रेस सेन्टर नेपालले शनिबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा गृहमन्त्री श्रेष्ठले सुन काण्डको सिआइबीले अनुसन्धानको प्रक्रिया अघि बढाउँदा दोषीहरू पत्ता लाग्ने र उनीहरूलाई कानुनको दायरामा ल्याउन सकिने स्पष्ट पारे ।

‘यससघि यस्तै काण्डमा संसद्बाट समिति बनाइयो, समितिको  रिपोर्ट आयो, सिद्धियो । अर्को एकपटक केपी ओली प्रधानमन्त्री भएका बेला ३३ किलो सुन काण्डका लागि छानबिन समिति बनाइयो, समितिको रिपोर्ट आयो अन्य केही पनि आएन, न सुन आयो, न सिफारिस कार्यान्वयन भयो, त्यसैले हामीले अनुसन्धानका लागि विकसित गरेका हाम्रा दक्ष संरचनाले अनुसन्धान र अभियोजनको दुवै प्रक्रिया अघि बढाउँछ, त्यसैलाई नै जिम्मेवारी दिनु उपयुक्त हुन्छ ।’

यसरी दुवै पक्ष आ–आफ्नो अडानमै कायम रहँदा संसद् बैठक सञ्चालन हुने सम्भावना नदेखिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले भने आजको बैठकमा अवरोध नहुने दाबी गरे । शनिबार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका उनले सो कुरा बताएका हुन् । संसद् खुलाउन पहल भइरहेको उनको भनाइ थियो । 

त्यसो त संसद्मा जारी अवरोध हटाउन राष्ट्रपति रामचन्द्र पौडेललेसमेत अग्रसरता लिएका छन् । उनले प्रधानमन्त्री, सभामुखदेखि दलका नेताहरुसँगसमेत यस विषयमा छलफल गरेका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले दिएको जानकारीअनुसार राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसद्प्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका थिए । यद्यपि, राष्ट्रपतिको अग्रसरताले पनि परिणाम दिन सकेको छैन । 

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले संसद्को अवरोध हटाउन प्रधानमन्त्रीले पहलकदमी लिनुपर्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी उनले सञ्चारकर्मीसँग कुरा गर्दै अवरुद्ध संसद् सञ्चालनमा प्रधानमन्त्रीले पहलकदमी लिनुपर्ने बताएका हुन् । ‘लामो समयदेखि संसद् अवरुद्ध भइरहेको छ, प्रधानमन्त्री दाहालले संसद्को अवरोध हटाउने अभिव्यक्ति दिइरहनुभएको छ, छिट्टै संसद् सञ्चालन हुने विश्वास लिएको छु,’ उनले भने ।
 


प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ०८:०३
#संघीय संसद्
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
चुनावमा जान प्रमुख दलहरु तयार
चुनावमा जान प्रमुख दलहरु तयार मंगलबार, भदौ ३१, २०८२
महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन
महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन सोमबार, भदौ ३०, २०८२
दल विभाजनदेखि दल त्यागसम्म
दल विभाजनदेखि दल त्यागसम्म सोमबार, भदौ ३०, २०८२
चुनाव सम्पन्न गर्ने प्रधानमन्त्री कार्कीको अठोट
चुनाव सम्पन्न गर्ने प्रधानमन्त्री कार्कीको अठोट सोमबार, भदौ ३०, २०८२
रास्वपाकी नेतृ पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडिन्
रास्वपाकी नेतृ पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडिन् आइतबार, भदौ २९, २०८२
प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिन आठ दलको माग
प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिन आठ दलको माग आइतबार, भदौ २९, २०८२
प्रधानमन्त्री कार्कीका ‘चुनौतीपूर्ण’ चार कार्यभार
प्रधानमन्त्री कार्कीका ‘चुनौतीपूर्ण’ चार कार्यभार आइतबार, भदौ २९, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP