Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानमन्त्री र सभामुखबीच छलफल
संसद् खुलाउन राष्ट्रपतिको सक्रियता प्रधानमन्त्री र सभामुखबीच छलफल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, भदौ २, २०८०
  •  शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच छलफल
  •  बुधबारमात्र राष्ट्रपति रामचन्द्र पौडेल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
  • सर्वदलीय बैठक बोलाएर भए पनि संसद्को अवरोध हटाउने प्रयासमा राष्ट्रपति


काठमाडौं– संसद्मा जारी अवरोध खुलाउन राष्ट्रपति रामचन्द्र पौडेलले सक्रियता बढाएका छन् । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदनमा अवरोध जारी राखेपछि राष्ट्रपति पौडेल सक्रिय बनेका हुन् । बुधबारमात्र राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेट भएको थियो । 


राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा समसामयिक राजनीति र संसद््का गतिरोधबारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद्् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसद्प्रति नै जनतामा नकारात्मक प्रभाव पर्ने भएकाले संसद्् गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका थिए ।


राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद््मा रहेका सबै दललाई विश्वासमा वातावरण सिर्जना गरेर अघि बढ्न सुझाव पनि दिएका थिए । सदन खुलाउनका लागि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले सदनको व्यवधान खुलाउन आफूले पहल गर्ने बताए । ‘म  सदन खुलाउन भूमिका खेल्छु  । तपाईं पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु,’ सभामुखसँग प्रधानमन्त्री दाहालले भने ।
भेटमा सभामुख घिमिरेले सदन नचल्नु राम्रो नभएको भन्दै तत्काल पहल थाल्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए ।

‘माननीयहरूले बोल्न समय माग्नुभएको छ । प्राकृतिक विपत्तिलगायतका विषयमा माननीयले बोल्न पाइनँ भन्नुहुन्छ । दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन,’ सभामुख घिमिरेले भने, ‘आमजनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन् । कम्तीमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस् ।’

Ncell
Hardik health


सभामुख घिमिरेले संसदीय समितिको नेतृत्व चयन हुन नसक्दा संसद्मा कानुन निर्माण भएनन् भन्ने गुनासो पनि व्याप्त रहेको उल्लेख गर्दै सदनको अवरोध खुलाउन आग्रह गरेका थिए । राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाएर भए पनि संसद्को अवरोध हटाउने प्रयासमा लागेको राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले बताएका छन् ।

साउन १० बाट निरन्तर अवरोध
साउन १० गते बसेको प्रतिनिधिसभाको बैठकमा १९ जना सांसदले आकस्मिक समयमा बोलेपछि एमालेले सुन तस्करी प्रकरणमा समितिको माग गर्दै संसद् अवरुद्ध गरेको थियो । सभामुख घिमिरेले शून्य समयको कारबाही अघि बढाउनेबित्तिकै एमालेका सांसदहरु उभिएर बैठक अवरुद्ध गर्न थालेपछि उनले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएका थिए ।


प्रमुख सचेतक गिरीले छानबिन समिति गठनका लागि सभामुखको रुलिङको माग गरे । त्यसपछि एमाले सांसदहरुले बेल घेराउसहित नाराबाजी गर्दै बैठक अवरुद्ध गरे । साउन १५ गतेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक चलाउने विषयमा सत्तापक्ष र विपक्षी दलको कुरा नमिलेपछि सूचना टाँस गरेर साउन १६ गतेका लागि बैठक बोलाइयो ।


साउन १६ गतेका लागि बोलाइएको बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षको कुरा नमिलेपछि सूचना टाँस गरेर साउन २२ गतेसम्म बैठक स्थगित गरियो ।


साउन २२ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक चलाउन प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्ष र प्रतिपक्ष दलको बैठक बोलाइएको थियो । तर संसद् खुलाउने विषयमा सहमति नभएपछि सूचना टाँसेर दिउँसो ४ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भएको छलफलमा सहमति जुटेन । दिउँसो ३ बजेका लागि बानेश्वरमा बोलाइएको अर्को बैठकमा पनि सहमति नभएपछि अपराह्न ४ बजे बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।


साउन २३ गते प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिएका थिए । विभिन्न दलबाट १२ जना सांसदहरुले भनाइ राखेपछि बोलेका गृहमन्त्री श्रेष्ठको जवाफ चित्त नबुझेको भन्दै एमालेले संसद् अवरुद्ध गरेको थियो ।
चैत २४ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक पनि एमालेले होहल्ला र नाराबाजी गर्दै अवरोध गरेपछि साउन २६ गतेका लागि बोलाइएको थियो । साउन २६ गतेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न दिएपछि सत्तापक्ष सांसदहरुले पनि बोल्न समय माग्दै होहल्ला गरे । त्यसपछि एमाले सांसदहरुले सभामुखको बेल घेराउसहित नाराबाजी गर्दै संसद् अवरुद्ध गरेका थिए ।


साउन २९ गते बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले सत्तारुढ दलको तर सरकारको विरोधमा बोल्न चाहेका कांग्रेस सांसद सुनील शर्मालाई समय दिएका थिए । त्यसपछि एमाले सांसद मानवीर राईलाई समय दिएका थिए । राईले बोलेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेले बोल्ने समय मागे । तर, सभामुखले शून्य समयको कारबाही अघि बढाए । लगत्तै एमाले सांसदहरुले नाराबाजी गर्दै संसद् अवरुद्ध गरेका थिए । अवरुद्ध बैठक आइतबार दिउँसो १ बजे बस्दै छ । 
 


प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने शुक्रबार, भदौ २६, २०८३
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा शुक्रबार, भदौ २६, २०८३
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार बिहीबार, भदौ २५, २०८३
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा बिहीबार, भदौ २५, २०८३
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल बिहीबार, भदौ २५, २०८३
विशेष महाधिवेशन देउवालाई ‘अमान्य’
विशेष महाधिवेशन देउवालाई ‘अमान्य’ बिहीबार, भदौ २५, २०८३
संसद्का दुवै सदनको बैठक आज बस्दै
संसद्का दुवै सदनको बैठक आज बस्दै बिहीबार, भदौ २५, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP