Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • देशका लागि अहिले नजागे कहिले ?
देशका लागि अहिले नजागे कहिले ?
  आरके बस्नेत
  आरके बस्नेत शुक्रबार, भदौ १, २०८०

नेपाल आफैंमा संग्रहालय हो । यो हावापानी, हिमाल, पहाड तराई सांस्कृतिक विविधताले भरिपूर्ण सानो देश हो । यसलाई जगेर्ना गर्नु गराउनेभन्दा पनि विदेशीले आफ्नो हितका लागि सोझा साझा नेपालीलाई एकअर्कामा जुधाएर, आफूअनुकूल बनाउन व्यस्त देखिन्छन् । किन यसो गरिरहेका छन् ? नेपालमा राजनीतिक अस्थिरता किन भइरहेको छ ? यस विषयमा हामी स्वाभिमानी नेपालीले गम्भीर भएर सोच्नु र बुझ्नु जरुरी छ ।

मुलुकको वर्तमान राजनीतिक अवस्था दिनदिनै डरलाग्दो छ, अजाडलाग्दो छ तथा भयावह अवस्थामा छ । आजभोलि र अहिले नै के हुन्छ कसैले सोच्न नसक्ने अवस्थामा देश पुगिसकेको छ । यो देश नेपाल कसरी कहाँबाट सञ्चालन भइरहेको छ, कसैलाई अत्तोपत्तो छैन । यस्तो बरबर अवस्थामा देश पुग्दा पनि आमजनता आफ्नै दैनिकी गुजारा कसरी गर्ने भन्ने अवस्थामा मात्रै चिन्तित देखिन्छन् । देशप्रति सोच्नसक्ने, राजनीतिक विश्लेषण गर्न सक्ने बौद्धिक क्षमताको दिनानुदिन ह्रास भइरहेको देखिन्छ । अब यस्तो अवस्थामा आफ्नो आवश्यकता, दैनिकीलाई थाती राखेर देश कुन अवस्थामा गुज्रिरहेको छ, अब भोलि कुन अवस्थामा जाँदै छ, यो सोच्नैपर्ने अवस्था आइसकेको छ । अब बेलैमा देशका युवाहरु जागौं । अब पनि नजागे देशकै अस्तित्व नरहने हो कि भन्ने दिन आइसकेको देखिन्छ ।

हिजोको दिनमा आमूल परिवर्तन गर्छु भनेर राजनीति गर्नेहरु आज कहाँ छन्, कुन अवस्थामा छन् ? उनीहरु अहिले राज्यको सेवा सुविधा सान सौकत साथ तपाईं हामी माझ हिँडिरहेका छन् । तर उनीहरुले जनतालाई देखाएको सपना, परिकल्पना आज जनताका लागि भने सपनाजस्ता मात्र देखिन्छ । जनतालाई ढाटेर सत्तामा पुगेकाहरु आज पनि जनता ढाँटी नै रहेको देखिन्छन् । नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यी सबै प्रकरणमा ठूला पार्टीका नेता संलग्न रहेको देखिन्छ । जसरी हुन्छ धनी हुनुछ, धाकधम्की दिनुछ । के नेताहरु धनी हुनका लागि मात्र यो व्यवस्था आएको हो ? जनताको अवस्थाचाहिँ दिनानुदिन खस्कँदो छ, आज खाए भोलि के खाऊँ भन्ने अवस्था छ । बाँच्नकै लागि एकले अर्काका लागि झुक्याउने, जालझेल गर्ने, चोर्नुपर्ने, ठग्नुपर्ने, लुट्नुपर्ने अवस्था छ । यति पनि गर्न नजान्ने नेपाली पासपोर्ट बोकेर खाँडीतिर जानैपर्ने अवस्था छ । यो हाम्रो समाजमा देखेका र हामीले भोगेका र अनुभव गरेको कुरा हो । यसमा कुनै नेपालीको दुईमत देखिँदैन ।

यसै मेसोमा भन्नुपर्दा यतिबेला नेपाली राजनीतिमा पूर्वराजा ज्ञानेन्द्रको चर्चा परिचर्चा दिनानुदिन बढिरहेको छ । उतिबेला दलहरुसँग उनले पाँचबुँदे सहमतिमै आफ्नो पूर्खाको विरासत नेपाली जनतालाई नासोको रुपमा दिए । अब नेपाल जोगाउनका लागि हामी नेपालीहरु आदिकालसम्म नेपाली नै भएर यो देशमा बाँच्नका लागि सम्पूर्ण नेपालीहरु एकजुट भएर त्यो नासोलाई पूर्वराजालाई नै फिर्ता गर्नुपर्ने दिन आइसकेको छ । यदि यसमा हामीले विलम्ब ग¥यौं भने हाम्रो हातमा नेपाली नागरिकता, नेपाली पासपोर्ट, स्वाभिमान र नेपालीपन नै गुम्ने अवस्था आइरहेको देखिन्छ ।

Hardik health

जुनबेला विदेशीको लहलहैमा, उक्साहाटमा विदेशी लगानीमा, चोर बाटोबाट धोकाधारी तरिकाले गणतन्त्र ल्याए र निर्दोष राजालाई विभिन्न दोष लगाई जसरी श्रीपेज खोसियो । अब हामी सच्चा न्यायप्रेमी नेपालीले श्रीपेज फिर्ता गराउन विभिन्न तरिकाबाट संगठित हुनुपर्ने अवस्थामा छ, अघि बढ्नुपर्ने अवस्था छ र जब जनस्तरबाटै राजालाई श्रीपेज, पहिराउदैनौं, तबसम्म नेपाल र नेपाली र हाम्रो भावी सन्ततीलाई शान्ति हुने छैन । त्यसैले राजसंस्था पुनर्वहालीका लागि सम्पूर्ण नेपाली जाग्नुपर्छ । 

त्यसो त पूर्वराजाको हैसियतमा भए पनि उनलाई भारत, चीन अमेरिका, थाइल्याण्ड लगायतका देशमा जाँदा पनि पहिलाजस्तै राजकीय सम्मान दिइरहेको हामी पाउँछौं । राजसंस्थाको छत्र छहारीमा मात्र नेपाल र नेपालीको भविष्य छ । राजा भनेको नेपालीको शान हो, हाम्रो मान हो । जसरी राजा अन्तर्राष्ट्रिय भ्रमणमा होस् वा स्वदेशमै होस्, जहाँ–जहाँ राजा पुग्छन्, त्यहाँ त्यहाँ आज पनि पहिलेजसरी राजकीय सम्मान पाइरहँदा हाम्रो जिउमा हर्षको काँडा उम्रिन्छ । जहाँ राजाले सम्मान पाउँछन् त्यहाँ हामी पनि सम्मानित भएको गर्विलो अनुभूति गर्छौं । गरिरहेका छौं । त्यसैले नेपालमा गणतन्त्रको अन्त्य गरी राजसंस्थाको पुनःवहाली अत्यन्त जरुरी छ । यो सबै देशभक्तहरुको आवाज हो । 

यसै सिलसिलामा यतिबेला हिन्दू धर्म र राजसंस्थालाई प्रमुख एजेण्डाको रुपमा लिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रति जनआकर्षण छ । राप्रपामा प्रवेश गर्नेको लहर छ । यतिमात्र होइन राप्रपाले ४० वर्षमुनिका युवा र महिलालाई संगठित गर्ने उद्देश्यले ‘नवीन राप्रपा’ अभियान सञ्चालन गरेको छ । यसले सबै तहमा रहेका राप्रपाका नेता कार्यकर्तामा उत्साह छाएको छ । यो अभियान चलिरहनेछ । राप्रपाले दुई लाख सक्रिय सदस्य बनाउँदै छ । यो झन् राम्रो पक्ष हो । यो अभियान घोषणापछि देशव्यापी रुपमा राप्रपामा प्रवेश गर्नेको लहर चलिरहेको छ । देशभर हलचल मच्चिरहेको छ ।


राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन किराँत धर्म गुरु फाल्गुनन्द लिङदेनका सन्तान हुन् । उनको व्यक्तित्व शालिन, सरल र जुनसुकै परिस्थितिमा पनि सहजरुपमा अघि बढ्न सक्ने क्षमतावान छन् । उनी आमनेपालीजस्तै सरल र साधारण जीवनशैलीमा जिउनसक्ने व्यक्तित्व भएकै कारण आमनेपालीहरुले उनलाई रुचाइरहेका छन् । रुचाइ रहिरहनेछन् । उनको यही व्यक्तित्वको कारण राप्रपा आज यो उचाईसम्म आइपुगेको हो ।

आज महँगी जनताले धान्नै नसक्ने गरेर बढिरहेको छ । जसअनुसार सहरका हरेक पसलहरुमा व्यापार नभएर दिनानुदिन सटरहरु बन्द भइरहेका छन् । जनतामा क्रय शक्तिको ह्रास आएर व्यापारमा मन्दी आएको देखिन्छ । यो अवस्थामा सर्वसाधारण जनताले नुन तेल खाद्यान्नबाहेक अरु किन्नका लागि सोच्नसम्म नसक्ने अवस्था आइरहेको छ । एकातिर सहरमा व्यापारी घरभाडा तिर्न नसक्ने अवस्थामा छन् भने जनता पनि किन्नै नसक्ने अवस्थामा छन् । त्यसो त अव्यावहारिक रुपमा भइरहेको महँगीमा समेत सरकारी निकाय भने मौन देखिन्छन् । देश बनाउछु, जनतालाई राहत दिन्छु भनेर सत्तामा पुगेकाहरु भ्रष्टाचारमा मस्त भए, मस्त देखिन्छन् । सहकारीहरुले पनि ठगी गरिरहेका छन् । सहकारीमा जनताले आफू नखाई–नखाई गरेर जम्मा गरेको सम्पत्तिसमेत फिर्ता नपाइरहेको अवस्था छ । 

अर्कोतिर मिटरब्याजी पीडितहरु माइतीघर मण्डलमा सरकारसँग न्याय मागिरहेका छन् । के यस्तै क्रियाकलाप गर्ने माथि छुट दिन गणतन्त्र आएको हो ? पीडितहरुले जतिसक्दो चाडो न्याय पाउनु पर्छ । आफ्नो घरवासमा बस्न पाउने अवस्थाको सरकारले नै सृजना गरिदिनु पर्छ । 

नेपालमा हाल देखा परिरहेका तमाम समस्याहरुको एउटै मात्र सूत्र भनेको गणतन्त्र हो । यो गणतन्त्र विदेशी लगानीबाट मलजल गरेर आएको ‘तन्त्र’ को अन्त्य नै नेपालीहरुले भोगिरहेको समस्याको समाधान हो । अब सम्पूर्ण नेपालीहरु एक भएर छिटोभन्दा छिटो गणतन्त्रको अन्त्य गरौं । 

त्यसो त नेपाल आफैंमा संग्रहालय हो । यो हावापानी, हिमाल, पहाड तराई सांस्कृतिक विविधताले भरिपूर्ण सानो देश हो । यसलाई जगेर्ना गर्नु गराउनेभन्दा पनि विदेशीले आफ्नो हितका लागि सोझा साझा नेपालीलाई एकअर्कामा जुधाएर, आफूअनुकूल बनाउन व्यस्त देखिन्छन् । किन यसो गरिरहेका छन् ? नेपालमा राजनीतिक अस्थिरता किन भइरहेको छ ? यस विषयमा हामी स्वाभिमानी नेपालीले गम्भीर भएर सोच्नु र बुझ्नु जरुरी छ । हामीसँग भएका अथाह युरेनियम, लिथियम, कपरलगायत धातुहरु विदेशीले आफ्नो बनाउन लालायित छन् । सबैभन्दा पहिलो यो बुझ्नुपर्ने विषय हो ।

हामीलाई देशको माया छ, जनताको माया छ, जनता जुन बाटो चाहन्छन् हामी त्यसै गरी हिँडिरहेका छौं । यो देश सबैको साझा हो । यहाँ सबैले शान्तिपूर्ण राजनीति गर्न पाउनुपर्छ । त्यसो त राजसंस्थाविना नेपालको कल्पना नै गर्न सकिँदैन । हिजो कस्तो अवस्था थियो र आज कस्तो अवस्था छ, यो निष्पक्ष भएर सोचौं, निष्पक्ष भएर बुझौं । 

जसरी तपाईं हामीले विभिन्न राजनीतिक घटनाक्रमहरु भोग्दै आयौं । यी भोगाइहरुलाई साँच्चै छातीमा हात राखेर ठण्डा दिमागले सोचौं । के गणतन्त्र तपाईं हामी, हाम्रो परिवार, हाम्रो भावी सन्तती, राष्ट्र राष्ट्रियताका लागि फलदायी रहेछ त ? खासगरी हिजो राजसंस्था हुँदा र अहिले गणतन्त्र हुँदा कहाँ कति प्रतिशत विकास भयो ?

गणतन्त्रवादीहरुले ल्याएको बजेट हेरेर अहिलेको अवस्थाबारे प्रस्ट हुन्छ । यस वर्षको बजेट व्यापारीहरुलाई झन् धनी बनाउने अभिप्रायमा आएको देखिन्छ । यो बजेट पहिलाकै निरन्तरता हो । गरिब जनतालाई राहत दिन बजेटमा नयाँ केही छैन । शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि नयाँ बजेट छैन । बरु बढ्दो छ । त्यसैले वर्तमान गण्तन्त्रवादीहरु हरेक क्षेत्रमा असफल भइरहेको पुष्टि हुन्छ ।

(लेखक राप्रपाका आमन्त्रित केन्द्रीय सदस्य हुन्)
 


प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP