Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • खाण प्रकरणमा कमजोर देउवालाई सुनिल पक्राउबाट राहत
खाण प्रकरणमा कमजोर देउवालाई सुनिल पक्राउबाट राहत
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १, २०८०
  • कांग्रेस महामन्त्री गगन थापाले बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने माग चर्काएका थिए
  • आरजु राणा देउवाको नाम पोलेको अडियो फेक भनेर दाबी गरे पनि पछि प्रहरीले सन्देश शर्माकै स्वरसँग मेल खाएको भन्दै विज्ञप्ति जारी गरेपछि देउवालाई थप तनाव आइलागेको थियो  
  • आफ्नै पार्टीका संस्थापनइतरका सांसद सुनिल शर्मा पक्राउ परेपछि देउवालाई राहत मिलेको नेताहरुको दाबी

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नै क्याबिनेटका गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि चर्को आलोचना खेपे कांग्रेस सभापति शेरबहादुर देउवाले । खाण देउवा गुटका बलिया नेता हुन् । वैशाख २७ गते नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनी ठगी गरेको प्रकरणमा खाण पक्राउ परे । असार १ बाट खाण पूर्पक्षका लागि थुनामा छन् ।

खाणलाई नेपाली कांग्रेसले केन्द्रीय समितिले केन्द्रीय सदस्यबाट निलम्बन गरेको छैन । जबकि यही प्रकरणमा पूर्पक्षका लागि थुनामा परेका एमाले सचिव टोपबहादुर रायमाझीलाई पार्टीले पदबाट निलम्बन गरिसकेको छ ।खाणलाई पार्टीबाट हटाउन नेपाली कांग्रेसका संस्थापनइतर पक्षबाट ठूलो दबाब पुग्यो । तर साउन २ बाट सुरु भएको कांग्रेस केन्द्रीय समितिमा अधिकांशले खाणको बचाऊ गरे ।

अदालतबाट प्रमाणित नभइसकेको मुद्दामा पार्टीले निर्णय गर्न नहुने तर्क उनीहरुको रह्यो । तर कांग्रेस महामन्त्री गगन थापाले भने खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने फरक तर्क राखे । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका तथा अनुसन्धानको दायरामा आएका कुनै पनि तहका नेता, कार्यकर्ता वा सदस्यलाई पार्टीबाट निलम्बन गरौं । जसरी संसद्बाट निलम्बन हुन्छ, त्यसरी पार्टीबाट पनि हुन्छ । यो नै विधिको शासन र विधिशास्त्रको मान्यता हो,’ थापाले साउन ८ गते आफ्नो धारणा सुनाए केन्द्रीय समितिमा । 

Ncell
Hardik health

खाण पक्राउका कारणमात्र हैन नक्कली शरणार्थी प्रकरणमा आफ्नै पत्नी आरजु देउवाको नामसमेत अभियुक्तहरुले मुछिदिएपछि तनावमा परेका थिए देउवा । सन्देश शर्माले आरजुको नाम पोलेका थिए । उक्त अडियो ‘फेक’ भन्दै आरजुले प्रहरीको साइबर सेलमा उजुरी दिएकी थिइन् । यद्यपि उक्त अडियो शर्माकै स्वरसँग मेल खाएको भन्दै असार २४ गते प्रहरीले विज्ञप्ति जारी गरेपछि देउवालाई थप तनाव आइलागेको थियो । यस अवधिमा मौन बसेको देउवालाई आफ्नै पार्टीका सांसद सुनिल शर्मा पक्राउ परेपछि राहत मिलेको छ ।

शर्माले साउन ३ गते विमानस्थलबाट पास भएर सिनामंगलबाट जफत ६० केजी सुन प्रकरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका थिए । यतिमात्र हैन दुई मन्त्रीको राजीनामा नआए आफू संसद्मै आमरण अनसन बस्ने घोषणा गरेका थिए । उनै सांसद शर्मालाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि साथ दियो । साउन २५ गते शर्मा नक्कली प्रमाणपत्र प्रकरणमा प्रहरीको फन्दामा परे । त्यसपछि कांग्रेस संस्थापनइतर चुप बस्न बाध्य भयो ।

बरु शुक्रबारको बैठकमा नेकपा एमालेले शर्मा पक्राउबारे आपत्ति जनाए । एमाले अध्यक्ष केपी शर्मा ओलीले शर्माको पटक–पटक बचाऊ गरे । यतिमात्र हैनन् शर्माले ओलीको जयजयकारसमेत गरे । शर्माको हर्कत्ले कांग्रेस संस्थापनइतरका नेताहरु डा. शेखर कोइराला र महामन्त्री गगन थापा चुप बस्न बाध्य भए । देउवाका आलोचक गगनलेसमेत शर्मा प्रकरणमा मुख खोल्न सकेनन् । 

‘बोलुँ बालकृष्ण खाणको निलम्बन मागेकोले किन बोले भन्लान् भन्ने डर, नबोलु आफ्नै गुटका नेताले गुट फेर्लान् भन्ने डर,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘त्यसपछि न त शेखर बोले न त गगन ।’ अदालतले म्याद नथपेपछि प्रहरीले शर्मालाई शनिबार छाडिदियो । त्यसपछि डा शेखरले केही मुख खोले शर्माको पक्षमा । ‘सुन काण्डका विषयमा नेपाली कांग्रेसकै एक सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुभयो । उहाँका गल्ती–कमजोरीहरू होलान्, त्यसको छानबिन र कारबाही हुनुपर्छ,’ कोइरालाले भने, ‘तर, प्रतिशोधको भावनाले अघि बढ्ने हो भने देशलाई कहाँ पुर्‍याउन खोजिएको हो ? यो अहिले गम्भीर विषय हो ।’

यसअघि नै शुक्रबारको संसदीय दलको बैठकमा संस्थापन पक्षका नेताहरुले शर्मा पक्राउ गैरकानुनी भनेका थिए । मेडिकल कलेजका सञ्चालकसमेत रहेका शर्माको कक्षा १२ का प्रमाणपत्र नक्कली रहेको प्रहरीको दाबी छ । सात वर्षअघि नै प्रहरीले उनलाई ‘अपरेसन क्वाक’मा पक्राउ गर्ने तयारी गरेको थियो । तर त्यतिबेला शर्मा जापान भागेका थिए । उनै शर्मा पक्राउ प्रकरणले देउवालाई संस्थापनइतरलाई तह लगाउने गरी हाइसञ्चो भएको कांग्रेसकै नेताहरु दाबी गर्छन् । 
 


प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०८:२०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने शुक्रबार, भदौ २६, २०८३
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा शुक्रबार, भदौ २६, २०८३
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार बिहीबार, भदौ २५, २०८३
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा बिहीबार, भदौ २५, २०८३
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल बिहीबार, भदौ २५, २०८३
विशेष महाधिवेशन देउवालाई ‘अमान्य’
विशेष महाधिवेशन देउवालाई ‘अमान्य’ बिहीबार, भदौ २५, २०८३
संसद्का दुवै सदनको बैठक आज बस्दै
संसद्का दुवै सदनको बैठक आज बस्दै बिहीबार, भदौ २५, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP