Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • विवादित पात्रलाई ओलीको काँध !
विवादित पात्रलाई ओलीको काँध !
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ३२, २०८०
  • नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परेका कांग्रेस सांसद सुनिल शर्माको पक्षमा ओलीको निरन्तर अभिव्यक्ति
  • सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको पक्षमा पनि ओलीको बोली
  • कुनै बेला डा. गोविन्द केसी निरन्तर अनसन बसाउन बाध्य गराउने दुर्गा प्रसाईंलाई ओलीले साथ दिएका थिए

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय विवादित पात्रलाई काँध थाप्न उद्दत देखिन्छन् । बुधबारमात्र दुई विवादित व्यक्तिको पक्षमा ओलीले आफ्नो अभिव्यक्ति दिए ।अहिले चर्चामा छन् कांग्रेस सांसद सुनिल शर्मा । प्रवेशिकामा नक्कली प्रमाणपत्र प्रयोग गरेको अभियोगमा शर्मा हालै पक्राउ परे ।

बिहीबार गोल्फुटारस्थित उनकै निवासबाट शर्मा पक्राउ पर्दा कांग्रेस बरु मौन रह्यो । एमालेले सदनमै आपत्ति जनायो । शर्मा शुक्रबार अदालतको आदेश पाएर छुटे । उनी तत्कालै एमाले अध्यक्ष ओलीको जयजयकारमा उत्रिए । यतिमामात्र सीमित बसेनन् शर्मा । ओलीनिवास बालकोटमा पुगेर ओलीसँग भेटसमेत गरे ।

यिनै पात्रबारे बुधबार र्‍याडिसन होटलमा ओलीले पुन बचाऊ गरेका छन् । ‘सुनिल शर्माको गिरफ्तारी हाम्रो दलको हिसाबले हो भने चासो हुनुनपर्ने हो । तर एउटा सांसदलाई न पक्राउ पुर्जी छ, केही पनि छैन,’ पार्टीको उद्योग विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘कुनै आरोप नै स्थापित छैन । एउटा मान्छेलाई उजुरी गर्न लगाएर यस्तो स्वेच्छाचारी ढंगले गिरफ्तारी गर्न लगाएको छ । यो त सरकारले यसो चाखिहेरेको के । कतिको साह्रो रहेछ । कति टोक्न सकिन्छ कि सकिँदैन भनेर । समाजलाई नै टोक्छ यसले ।’

ओलीले भनेझैं के कांग्रेस सांसदलाई कुनै आरोप छैन त ? मोरङ–३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद शर्मा विगतबाटै विवादित पात्र हुन् । शर्मा विराटनगरको नोबेल कलेज र सिनामंगलको काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन् । शर्माले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सकीय अभ्यास गरिरहेको प्रमाण सिआइबीले नेपाल मेडिकल काउन्सिलमार्फत बटुलेको थियो ।

Ncell
Hardik health

सात वर्षअघि नवराज सिलवाल त्यतिबेला डिआइजी थिए । उनकै प्रयासमा चलेको अपरेसनमा शर्मा पक्राउ पर्न असफल भए । जसमा ४० जनाभन्दा बढी चिकित्सक पक्राउ पर्दा ३६ जना चिकित्सकविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो । जसमा सबैले सफाइ पाएका थिए । शर्मालाई सात वर्षअघि ‘अपरेसन क्वाक’बाटै नक्कली प्रमाणपत्र भएको आरोपमा पक्राउको तयारी थियो । अपरेसन चलेको सुइको पाउनसाथ जापान भागेर त्यतिबेला उनी बचेका थिए । सिलवाल आइजी हुन नपाएपछि त्यतिबेला शर्मा पक्राउ परेनन् । अहिले सिलवाल एमालेमा छन् । 

यही आरोपमा ‘फक्सट्रट चार्ली’ अपरेसनमा शर्मा पक्राउ परेका थिए । शुक्रबार उनलाई म्याद थप गर्न सिआइबीले जिल्ला अदालत काठमाडौं लगिएको थियो । तर, अदालतले शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी थुनामुक्त भएका हुन् । न्यायाधीश दण्डपाणी शर्माको इजलासले सुनिललाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो । सोही प्रकरणमा पक्राउ परेका अन्य दुई जनालाई सात दिन र बाँकी तीन जनालाई पाँच दिन म्याद थप गरी अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

रामेश्वर थापाको पक्षमा पनि उस्तै बोली
अहिले विवादमा आएको अर्का पात्र हुन् सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापा । साउन २५ गते सिम्रिक एयरका सबै हेलिकप्टरको उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । ४६ लाख रुपैयाँभन्दा बढी बक्यौता तिर्न अटेर गरेको र कम्पनीको वित्तीय अवस्था पनि खराब रहेको भन्दै क्यानले आफ्ना चारवटै हेलिकप्टरको उडानमा प्रतिबन्ध लगाएपछि कम्पनीले २८ गते बक्यौता रकम बुझाएको थियो । 

‘यही कुरा उद्योगी व्यवसायीमा लागू हुन्छ,’ सुनिल शर्मा प्रकरणसँग जोड्दै ओलीले भने, ‘एउटा हेलिकप्टर कम्पनी छ कि सिम्रिक हो कि के हो । ४७ लाख नतिरेको भनेर । कति बाँकी रैछ तिर्छु भनेर जाँदा एक लाख बाँकी रहेछ । यो त बहाना हो । कसैलाई पनि आरोप लगाउन सकिने भयो । पछि हैन रहेछ । छोडदिए भो । यस्तो गैरजिम्मेवारीपन । सुनिल शर्मा नमुना केस । एउटा सिटिङ एमपीलाई समातेर तर्साउन खोजेको । नाङ्लो ठटाएर हात्ती तर्साउन खोजेको ।’

व्यवसायी थापा पटक–पटक विवादमा आइरहने पात्र हुन् । बुधबार नै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले थापासँग स्पष्टीकरण सोधेको छ । खराब मौसममा पनि उडान गर्न पाउनुपर्ने विषयमा निरन्तर लबिइङ गरेको भन्दै क्यानले क्याप्टेन थापासँग बुधबार स्पष्टीकरण सोधेको हो ।

पत्रमा उडान सुरक्षा नियमावलीको कार्यान्वयनमा गम्भीर प्रभाव पारेकाले क्यानको कानुनी दायरामा सञ्चालन हुनुपर्ने कम्पनीको अध्यक्षबाट किन नहटाउने भनी सोधिएको छ । थापालाई क्यानमा आफैं उपस्थित भएर स्पष्टीकरण बुझाउन भनिएको छ । क्यानले उडान सुरक्षाको कारण देखाएर वर्षाको समयसम्म भन्दै एक महिनाअघि हेलिकप्टर उडानमा कडाइ गरेको थियो ।

यतिमात्र हैन प्राधिकरणले तीनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्क रहेको कर्पोरेट टावर किन नभत्काउने भन्दै स्पष्टीकरणसमेत सोधेको छ । भवन निर्माणअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था पालना नभएको भन्दै स्पष्टीकरण सोधिएको हो । प्राधिकरणले यसअघि विमानस्थल नजिक रहेका ठूला व्यावसायिक भवनले उडान सुरक्षामा पारेको असर अध्ययन गर्न समिति गठन गरेको थियो । समितिले मुलुकभित्र रहेका ४३ विमानस्थलको तीन किलोमिटर क्षेत्रफल नजिक रहेका ठूला व्यावसायिक संरचनाको अध्ययन गर्ने क्षेत्राधिकार पाएको थियो ।

दुर्गा प्रसाईंलाई लामो समय काँध
विवादित व्यवसायी दुर्गा प्रसाईंलाई अध्यक्ष ओलीले लामो समय साथ दिए । वाम एकताका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र ओलीलाई प्रसाईंले मार्सी भात खुवाउँदै प्रयास गरेका थिए । त्यतिबेला प्रसाईंको प्रयास सफल भयो पनि । त्यसपछि ओलीले प्रसाईंलाई केन्द्रीय सदस्यसम्म बनाए । 

विवादकै बीचमा प्रसाईंले बी एण्ड सी मेडिकल कलेज सञ्चालन गरेका थिए । उनको माफियाकरणविरुद्ध डा. गोविन्द केसीले पटक–पटक अनसनसमेत बस्नुपरेको थियो । यद्यपि, एमालेकै पालामा उनले काठमाडौं विश्वविद्यालय (केयू)बाट झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरिदियो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबाबमा केयूको ८९औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । त्यसअनुसार विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले वैशाख २२ देखि २६ गतेसम्म कलेजको निरीक्षण गरेको थियो । 

सौराह महाधिवेशनमा एमालेबाट चर्चित पात्र बनेका थिए प्रसाईं । त्यसपछि एमालेको साथ पाएका प्रसाईं भाइरल बन्दै गए । पछिल्ला दिनमा पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति दिन थालेपछि पनि उनलाई ओलीले लामो समयसम्म साथ दिएका थिए । यद्यपि पार्टीभित्रै र बाहिर चर्को आलोचना भएपछि एमालेले प्रसाईंलाई पार्टीबाट निष्कासन गर्‍यो । 

अहिले प्रसाईंलाई पूर्वराजा ज्ञानेन्द्रलेसमेत साथ छाडेको बताइन्छ । प्रसाईं भने ओलीलाई बेलाबेला हजुरबा भन्दै एमालेको आलोचनामा उत्रने गर्छन् । कांग्रेस सांसद छुट्दा प्रसाईं स्वागत गर्न पुगेका थिए ।
 


प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०७:२७
#केपी _शर्मा ओली #दुर्गा प्रसाईं #कांग्रेस सांसद सुनिल शर्मा
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने शुक्रबार, भदौ २६, २०८३
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा शुक्रबार, भदौ २६, २०८३
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार बिहीबार, भदौ २५, २०८३
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा बिहीबार, भदौ २५, २०८३
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल बिहीबार, भदौ २५, २०८३
विशेष महाधिवेशन देउवालाई ‘अमान्य’
विशेष महाधिवेशन देउवालाई ‘अमान्य’ बिहीबार, भदौ २५, २०८३
संसद्का दुवै सदनको बैठक आज बस्दै
संसद्का दुवै सदनको बैठक आज बस्दै बिहीबार, भदौ २५, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP