Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सभामुखको पक्षपाती व्यवहार
सभामुखको पक्षपाती व्यवहार
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ३०, २०८०

 

  • सोमबार संसद्मा रवि लामिछाने सभामुख देवराज घिमिरेको पक्षपातपूर्ण व्यवहारको सिकार बने 
  • त्यसपछि रुष्ट लामिछानेले संसद् नेकपा एमालेले ‘हाइज्याक’ गरेको टिप्पणी गरे
  • सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रले सभामुखको भूमिकामा प्रश्न उठाएको छ


काठमाडौं– ३० जेठ २०३० मा तत्कालीन कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको योजनामा हवाईजहाज अपहरण गरिएको घटना नेपाली राजनीतिमा ‘प्लेन हाइज्याक’को नामले चर्चित छ । राजनीतिमा पारिभाषिक शब्दको रूपमा ‘हाइज्याक’को प्रयोग खासै हुँदैन । 

सोमबार भने पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद्लाई प्रमुख विपक्षी दल नेकपा एमालेले कब्जा गरेको अर्थमा ‘संसद् हाइज्याक’ भएको टिप्पणी गरे । त्यसमा सभामुख देवराज घिमिरेको पनि भूमिका आलोचनायोग्य भएको भन्दै उनले असन्तुष्टि प्रकरण गरे । 

‘संसद् हाइज्याक भयो । हाइज्याक गर्न पाइँदैन । दल छाडेर सदन छिरेपछि त्यो सम्मानित कुर्सीमा बसेपछि दलको बन्न पाइँदैन,’ सभामुख घिमिरेलाई लक्षित गर्दै लामिछानेले आक्रोश पोखे । सोमबार संसद्मा लामिछाने केही सार्वजनिक महŒवको सूचना दर्ज गर्न चाहन्थे ।

Ncell
Hardik health

तर सभामुख घिमिरेको पक्षपातपूर्ण व्यवहारको सिकार बने लामिछाने । बैठकमा एमालेको अवरोधकै बीच नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई बोल्न दिए । तर एमालेको अवरोधबारे विरोध गर्न खोज्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले सभामुखबाट समय नै पाएनन् ।

यसपछि संसद् भवनबाहिर पत्रकारहरूसँग सभामुखको भूमिका र एमालेको लगातारको अवरोधसँगै कांग्रेसको पनि पछिल्ला दिनमा संसद्मा देखिएको भूमिकाप्रति लामिछानेले विरोध गरेका हुन् । उनले यसअघि पनि सभामुख घिमिरेले संसद् बैठक सञ्चालनको क्रममा खेलेका भूमिकामाथि प्रश्न उठाएका थिए । १८ असारमा भारतीय व्यवसायी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली धाएको प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिलाई लिएर राजीनामा माग्दै एमालेले संसद् अवरोध गर्दा त्यसबेला सभामुखले आफ्नो दलको धारणा राख्न नदिएको गुनासो गरेका थिए ।

‘यसभन्दा दुई दिन अगाडि संसद्मा जुन किसिमले रास्वपालाई बाइपास गरेर आफ्ना कुराहरू राख्न दिइएन । त्यसमा हामी घोर आपत्ति जनाउन चाहन्छौं । हेक्का रहोस्, रास्वपाका आफ्नै मुद्दाहरू छन्,’ २५ असारमा लामिछानेले सभामुखलक्षित चेतावनीको भाषा प्रयोग गरेका थिए ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रले सभामुखको भूमिकामा प्रश्न उठाएको छ । सभामुखको काम कारबाही गलत भएको रिपोर्टिङ बैठकमा दलका तर्फबाट गरेको माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

‘सदनमा के भएको हो हामीले रिपोर्टिङ गर्‍यौं । आज जे भयो, सभामुखले जे गर्नुभयो त्यो गलत गर्नुभयो भन्ने छलफल भएको छ,’ पाण्डेले भने । सभामुख घिमिरेले संसद्मा खेल्दै आएको भूमिकाप्रति प्रश्न उठाउने माओवादी र रविमात्रै होइनन् । प्रतिपक्षमै रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पनि पटक–पटक सभामुखले निष्पक्ष, तटस्थ र स्वतन्त्र रूपमा खेल्नुपर्ने भूमिकाप्रति शंकाले हेर्दै आएका छन् । संसद्मा कांग्रेस, एमाले र माओवादी मात्रै भए जसरी सभामुखले विभेदित व्यवहार प्रदर्शन गरेको उनले घरिघरी भन्दै आएका छन् ।

गत वर्षको ४ माघमा प्रतिस्पर्धी कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै सभामुख निर्वाचित भएपछि घिमिरेले प्रभावकारी ढंगले सञ्चालन गर्ने बताएका थिए । त्यसका लागि विधि र प्रक्रियाअनुसार चल्ने उनको प्रतिज्ञा थियो । तर, उनीमाथि अघिल्लो संसद्मा तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति जसरी एमालेले प्रश्न उठायो, अहिले घिमिरेविरुद्ध उत्तिकै प्रश्न उठिरहेको छ । 

घिमिरेमा एमाले मोह झल्किएको सत्तापक्ष र साना विपक्षी दलका नेताहरू आरोप लगाउँछन् । हुन पनि असारको २० पछिका मात्रै केही प्रतिनिधिमूलक घटनाले पनि आरोपलाई पुष्टि गर्न सघाउ पुर्‍याउँछ ।२० असारमा एमालेले प्रधानमन्त्री दाहालको राजीनमा मागिरहेका बेला सोही दलका सांसद रघुजी पन्तलाई लामो समय बोल्न दिएका सभामुखले माओवादी सांसद छिरिङल्हामु तामाङ बोल्दाबोल्दै बैठक नै स्थगित गरेको घोषणा गरे ।

२२ असारमा प्रधानमन्त्रीले आफूविरुद्ध उठेका प्रश्नको जवाफ दिने क्रममा बीचैमा एमाले सांसद सूर्य थापालाई प्रश्नको समय दिएका थिए । त्यसपछि एमालेकै रघुजी पन्तलगायत चार जना सांसदलाई बोल्न समय दिए । त्यसबेला प्रधानमन्त्री दाहाल रोस्ट्रममा उभिएर असंसदीय अभ्यासको रमिता हेरिरहेका थिए । 

यी केही घटनाले पनि सभामुख घिमिरेको एमालेप्रतिको आशक्ति संसद्मै प्रकट हुने गरेको देखाउने गरेको स्वरहरू सुनिँदै आएको छ । यहीबीच सोमबार त संसद्को चौथो दल रास्वपा सभापति लामिछानेले सभामुख घिमिरेको लुप्त भूमिकामा एमालेले संसद् हाइज्याक गरेको बताएका हुन् । 

सत्ता नेतृत्व दल माओवादीसँगै, कांग्रेस, जसपालगायत दलका सांसदहरू पनि सभामुखले संसद्मा खेल्ने भूमिकाबारे सन्तुष्ट छैनन् । सोही कारण प्रतिनिधिसभा नियमावली (२०७९) पारित गर्ने क्रममा सभामुख घिमिरेको अधिकार खुम्च्याउने प्रयास वर्तमान सत्तारुढ दलहरूले गरेका थिए । यसप्रति संविधानका जानकारहरू र एमालेले आपत्ति प्रकट गरे । त्यसपछि सत्तारुढ दलहरू पछि सरेका थिए ।
 


प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०६:४७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने शुक्रबार, भदौ २६, २०८३
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा शुक्रबार, भदौ २६, २०८३
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार बिहीबार, भदौ २५, २०८३
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा बिहीबार, भदौ २५, २०८३
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल बिहीबार, भदौ २५, २०८३
विशेष महाधिवेशन देउवालाई ‘अमान्य’
विशेष महाधिवेशन देउवालाई ‘अमान्य’ बिहीबार, भदौ २५, २०८३
संसद्का दुवै सदनको बैठक आज बस्दै
संसद्का दुवै सदनको बैठक आज बस्दै बिहीबार, भदौ २५, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP