Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गृहमन्त्रीले राजीनामा नदिए आमरण अनसन शुरु गर्छुः काँग्रेस सांसद शर्मा
गृहमन्त्रीले राजीनामा नदिए आमरण अनसन शुरु गर्छुः काँग्रेस सांसद शर्मा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन २९, २०८०

काठमाडाैं - सत्तारुढ नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् । 

आफूलाई गैरकानूनी रुपमा थुनामा राखेकाले गृहमन्त्री श्रेष्ठले बिना शर्त तत्काल राजीनामा दिनुपर्ने उनको जिकिर थियो । सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री श्रेष्ठले तत्काल राजीनामा नदिए आफूले आमरण अनसन बस्ने चेतावनी समेत दिए ।

त्यसपछि परिस्थिति अनुसार आफूले थप भनाई राख्दै जाने पनि सांसद शर्माले बताए । गृहमन्त्री श्रेष्ठले आफूलाई आतंककारी जस्तो बनाएर पक्राउ गरेकाले बिना शर्त राजीनामा दिनुपर्ने उनको माग छ । 

उनले भने, ‘जसले मलाई निहत्था, निर्दोष मान्छेलाई आतंककारीको हिसावले यो राज्यसत्ताले बिना पक्राउ पुर्जी मेरो घरबाट पक्राउ गरेर कस्टडीमा राखिराखेको बेलामा सबै सांसदहरुले पक्ष, प्रतिपक्ष नभनिकन यो सदनमा हुनुभएका सबै सांसदहरुले आफ्ना आवाजहरुलाई बुलन्द गर्नुभयो । र, मलाई छुटाउनका निम्ति सहयोग गरिदिनु भएकोमा मेरो हृदयको अन्तस्करणका उनहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । नमन गर्न चाहन्छु । त्यसपछाडि सभामुख महोदयमार्फत बिपी कोईरालाको आत्मालाई सम्मान गर्दै न्याय पूर्तिहरुले, न्यायालयले मलाई दिनुभएको न्याय, कष्टडीबाट रिलिज गरेका मा म यो सदनमार्फत, सभामुखमार्फत न्यायालयलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । सर्वप्रथम नाजीहरु कम्युनिष्ट सिध्याउन आए । म मौन बसेँ । किनभने म कम्युनिष्ट थिइन । त्यसपछि उनीहरुले यहुदीहरुलाई आँखा लगाए । मैले केही बोलिन । किनभने म यहुदी पनि थिइन । पछि उनीहरु प्रोसेन्टटेडहरुलाई सखाप पार्न आए । म क्याथोलिक थिए । त्यसैले म केही बोलिन । अन्ततः ती मलाई लिन आए । तर, त्यतिन्जेल कसैका लागि बोलिदिने कोही बचेकै थिएनन् । यो पादरी मार्टिन भन्ने जर्मन कविले लेख्नुभएको कविता हो । सभामुख महोदय, मेरो घटनाको विवरण कस्तो छ भने २५ गते करिव २ः१५ मा २ जना अज्ञात मान्छे सिभिल ड्रेसमा मेरो घरमा आउनुभयो । र, मलाई उनहरुले हामी सिआईबीबाट आएको भनेर भन्नुभयो । मलाई तपाईहरुले राख्ने गरी लानुहुन्छ होला । म कपडा बोकौँ भने । हुन्छ बोक्नुस भन्नुभयो । मैले कपडाहरु प्याक गरेँ । म कोठामा जाँदा पनि उनहरुले छोड्नुभएन । कोठामै जानुभयो । अनि मैले कपडा लगाएँ । र, म हिँडे । त्यतिबेला मेरो दिमागमा पक्राउ पूर्जी माग्नुपर्छ भन्ने पनि आएन । त्यसपछि एक जना पत्रकार साथी माधव चौलागाईं भन्ने मित्रले मलाई सम्झाउनु भयो । अजयबाबु शिवाकोटी भन्ने मेरो केन्द्रिय सदस्यले पनि सम्झाउनु भयो । सभामुखको स्वीकृति छ कि छैन ? नम्बर वान । नम्बर २ पक्राउ पुर्जी दिएको छ कि छैन ? दुवै कुरा थिएन । बीच बाटोमा आएपछि मैले मागे । मैले मागे, उनहरुले दिनुभएन । मलाई पौने ३ बजेतिर घरबाट गिरफ्तार गरिएको थियो  । मलाई लगेर एम्बाष्टर होटल छेउको एउटा खालि घरमा म एउटा मात्रै मान्छेलाई त्यहाँ भित्र राखियो । र, ५ बजेर ५२ मिनेट जाँदा पटकपटक मैले झगडा गरेपछि मैले भने मलाई पक्राउ पुर्जी दिनुपर्छ । म यो लोगो सांसदको लोगो हो । म देखाउन चाहन्छु । म क्रिमिनल होइन, अपराधी होइन । मैले बलात्कार गरेको होइन । मैले चोरी गरेको होइन । तपाईको आरोप के हो ? मैले थाहा पाऊँ । र, मैले सुन तस्करी गरेको छैन । मैले के कारणले गिरफ्तार भएको छु भन्ने कुरा थाहा पाउनु अधिकार हो भनेपछि बल्लबल्ल उनहरुले ५ बजेर ५२ मिनेट जाँदाखेरी ३ घण्टाको फरकमा मलाई एउटा पत्र दिए । त्यो समय पनि मैले नोट गरेको छु सभामुख महोदय । त्यो पत्रमा समय नलेख भनेर मलाई उनहरुले भन्नुभएको थियो । मैले रिसिभको समय लेख्छु भने । त्यसपछि उनहरुले लाने बेलामा मैले भने म मिडियामा बोल्छु भने उनहरुले दिनुभएन । हातपात गर्नुभयो । सभामुख महोदय, मलाई हातपात गर्नुभयो । त्यसपछाडि मलाई एउटा गाडीमा राखेर साँझमा राति करिव ८/९ बजेतिर मलाई प्रहरी तालिम केन्द्र सिबिआईको अफिसमा लैजानु भयो । त्यहाँ लगिसकेपछि अहिलेको सुन तस्करीमा मुछिएका दावा भन्ने जो साथीहरु छन् । तिनीहरु र ललिता निवास काण्डमा परेका साथीहरु, जहाँ अपराधी मानिसहरुलाई राखिन्छ, त्यही कष्टडीमा रातभरी थुन्नुभयो । त्यही राख्नुभयो । र, पहिला त मलाई एआइजी साबले खाना त घरबाट ल्याउन पाईदैन भन्नुभयो । मैले भने–म अलिकति बिरामी छु । मलाई डाईरिया भइराखेको छ । फिवर आइराखेको छ । त्यसकारणले मलाई घरबाट खान ल्याउने अनुमति दिनुप¥यो भनेपछि अनि उनले मान्नुभएन ।'

Ncell
Hardik health

उनले थपे ,'करिव करिव आधा घण्टा उनसँग मेरो भनाभन भयो, लामो डिस्कसन भयो । मैले अन्तिममा उनलाई के भने भने–तपाई मलाई खान दिनुहुन्न भने निर्वस्त्र अण्डरवेयर लगाएर आमरण अनसन बस्छु भनेर मैले उनलाई भने । त्यो भनेपछि उनले खानेकुरामा एलाउड गर्नुभयो । र, पछि घरबाट खाना आयो । म खाना खाएर राति करिव १२ बजेतिर त्यहाँ सुतेँ । भोलीपल्ट उठेँ । भोलिपल्ट मलाई जिल्ला अदालत लैजाने तयारीमा हुनुहुन्थ्यो । मलाई के पनि थाहा थिएन भने हिरासतमा राख्नका लागि अर्को पत्र दिनुपर्दो रहेछ । त्यो पनि मलाई थाहा थिएन । तर उनहरुले मलाई जब भेनमा चढाउनु भयो, करिव ३ बजेर एराउण्डमा । भेनमा चढाइसकेपछि भित्र बोलाउनु भयो । अनि, मलाई यो पत्रमा साईन गर्नुुस् भन्नुभयो । मैले साईन गरेँ । फेरि मैले त्यो पत्रमा पनि समय लेखेँ । करिव २४ घण्टापछि मलाई हिरासतमा राख्ने पत्र दिए । मैले त्यो समय पनि नोट गरेको छु सभामुख महोदय । र, अदालत गइयो । सरकारी वकीलको पुगेपछि पनि मलाई हातपात गर्नुभयो बाहिरपट्टी । किन गरेका रहेछ त भन्दाखेरी त । त्यो जुन पत्र छ । त्यो उनहरुले अघिल्लो दिन नै दिनुपर्ने पत्र रहेछ । मलाई हातपात गर्नुभयो । कोटमा भएको सबै कागज थुत्नुभयो । तर, लक्कीले त्यो पत्र मैले सर्टको गोजीमा राखेको रहेछु । यहाँ उनहरुले हात लगाउनु भ्याउनु भएनछ । त्यो पत्र जोखियो । र, पछि मैले बाटोमा मेरो वकीललाई दिए लुकाएर । र, त्यो मैले अदालतमा पेस गरेँ । र, सभामुख महोदय, त्यसपछि मैले सरकारी वकीलको अफिसमा गएपछि वकीलको डायरीमा मैले नोट गराएँ । कि मलाई यहाँ बाहिर पटी हातपात भएको छ । त्यहाँ पनि हातपात भएको छ । उनहरुले मान्नुभएको थिएन । मैले मेरो कुरा न्यायमूर्ति भएकाले तपाईहरुले दर्ज गर्नुपर्छ भने । र, उनले लेखिदिनु भयो । सभामुख महोदय, यो देश विधानको अधिनको रहेर, प्रजातान्त्रिक व्यवस्था अन्तर्गत नेपाली जनताले मत दिएर चुनिएर यो संसदमा आएको सभासद हो म तपाईहरु जस्तै । र, यो डेमोक्रेटिक प्रोसेसको निम्ति हाम्रा अग्रजहरु विपी कोईराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहजस्ता धेरै हाम्रा नेताहरुले वर्षौैं वर्षसम्म जेल सजाय भोगेर ल्याएको डेमोक्रेटिक सिस्टम हो यो । र, त्यो सिष्टम भित्रको म सांसद हुँ ।

उनी भन्छन्,'आदरणीय सभामुख महोदय । यो राज्य सत्ताले जब मैले यो मुलुकका सुन तस्करका नाइकेहरुको अथवा त्यहाँ संलग्न वा त्यसमा नैतिक रुपमा संलग्न मान्छेहरुको जब यो सदनमा राजीनामा मागे, तब मलाई यो गिरफ्तारी गर्ने काम गरियो । भनेपछि यो देशको गृहमन्त्री, यो देशको प्रधानमन्त्री, यो देशको प्रधानमन्त्री र गृहमन्त्री आतंककारीहरुको सरकारको नेतृत्व गर्दै हुनुहुन्छ कि डमोक्रेटिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ ? सभामुख महोदय, नियमापत्ति गर्न पाउनु हुन्छ उनहरुले । तर मैले सकेपछि । सभामुख महोदय, मेरो माग के हो भने–यो प्रजातान्त्रिक सिस्टममा बोल्न पनि पाईदैन भने, यो प्रजातान्त्रिक सिष्टममा सदन भित्र नैतिक हैसियत भएन भनेर तपाईंहरुको राजीनामा माग्न पाईंदैन भने हामी जस्ता सभासदहरुहरुालाई बिना पक्राउ पूर्जी एरेष्ट गरिन्छ भने अनि जनताको अवस्था के होला ? त्यसकारणले मेरो माग के हो भने अहिलेको गृहमन्त्री, जसले मलाई आतंकारी जस्तो बनाएर एरेष्ट गर्नुभयो, उनले बिना शर्त राजीनामा गर्नुपर्छ । यो मेरो अहिलेदेखि अन्तिमसम्म यो माग रहनेछ । र, त्यतिन्जेलसम्मका निम्ति मे फेरि पनि म पुनश्चः मेरो पुरानो स्ट्याण्डलाई सभामुखमार्फत दोहो¥याउन चाहन्छु । यदी गृहमन्त्रीले राजीनामा गर्नुहुन्न  । यो राज्यसत्ता चलाएका प्रधानमन्त्रीहरुले यसमा काम गर्नुहुन्न भने म आमरण अनसन डिक्लिएर गरिदिन्छु । म हेर्छु, के हुन्छ ? त्यसपछि भन्छु । ’

सांसद शर्माले लोकतान्त्रिक मुलुकको सांसदलाई बिना पक्राउ पुर्जी पक्राउ गर्न पाईन्छ ? भनेर समेत पटकपटक प्रश्न गरे ।  पक्राउ गर्ने क्रममा प्रहरीले आफूमाथि दुई, दुई पटक हातपात समेत गरेको सांसद शर्माले बताए ।

 


 

 


प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने शुक्रबार, भदौ २६, २०८३
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा शुक्रबार, भदौ २६, २०८३
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार बिहीबार, भदौ २५, २०८३
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा बिहीबार, भदौ २५, २०८३
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल बिहीबार, भदौ २५, २०८३
विशेष महाधिवेशन देउवालाई ‘अमान्य’
विशेष महाधिवेशन देउवालाई ‘अमान्य’ बिहीबार, भदौ २५, २०८३
संसद्का दुवै सदनको बैठक आज बस्दै
संसद्का दुवै सदनको बैठक आज बस्दै बिहीबार, भदौ २५, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP