Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानमन्त्रीद्वारा खोरुंगाखोला आयोजनाको उद्घाटन
प्रधानमन्त्रीद्वारा खोरुंगाखोला आयोजनाको उद्घाटन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ११, २०७६
Hardik health
राष्ट्रिय प्रसारणमा थपियो ७.५ मेगावाट तेह्रथुम– प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँको खोरुंगाखोला साना जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् । तेह्रथुम पावर कम्पनीले निर्माण गरेको कूल ७ दशमलव ५ मेगावाट क्षमताको सो आयोजना शनिबार उनले आफ्नै निवास बालुवाटारमा रहेको ‘एक्सन रुम’बाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए । उद्घाटनलगत्तै तेह्रथुमको खोरुंगामा निर्माण भएको सो आयोजनाले शनिबारदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको छ । प्रधानमन्त्रीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्नका लागि सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढिरहेको बताए । नेपालको जलविद्युत् उत्पादनको इतिहासमा निजी क्षेत्रले गरेको योगदान महत्वपूर्ण भएको भन्दै उनले समयभन्दा अगावै आयोजना सम्पन्न गरेकामा प्रवद्र्धक कम्पनीलाई धन्यवाद दिए । सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाई राखेको उल्लेख गर्दै सबैको सार्थक प्रयासबाट मात्रै सफलता हासिल हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले आयोजना समयमै सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेकामा कम्पनीका प्रबन्ध सञ्चालक मोहन डाँगीलगायत सम्पूर्ण लगानीकर्ता तथा तेह्रथुमवासीलाई आभार व्यक्त गरे । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललगायतको उपस्थिति थियो । गत २६ माघदेखि सो आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो । कम्पनीका प्रबन्ध सञ्चालक डाँगीका अनुसार आयोजनाबाट उत्पादन भएको विद्युत् विद्युतगृहदेखि ४ दशमलव ७ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको जिरी–खिम्ती सबस्टेशनमार्फत राष्ट्रिय प्रणालीमा जोडिएको छ । सबस्टेशनसम्म आवश्यक पर्ने ३३ केभी क्षमताको प्रसारण लाइन प्रवद्र्धक कम्पनी आफैँले निर्माण गरेको प्रबन्ध सञ्चालक डाँगीको भनाइ छ । समयमा काम नगरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खारेज गरेका आयोजनामध्ये खोरुंगाखोला आयोजना एक हो । उनले भने, ‘ठूलो मेहनत गरेर आयोजना निर्माण सम्पन्न गरी उद्घाटन गराउन पाउँदा मलाई असाध्यै खुशी लागेको छ, काम शुरु भइसकेको आयोजनालाई काम नभएको भन्दै आयोगले अनुमतिपत्र नै खारेज गरिदिएको थियो । तीन वर्षका अवधिमा विद्युत् खरिदबिक्री सम्झौता, वित्तीय व्यवस्थापन गरी आयोजना नै सम्पन्न गर्यौँ ।’ २०७३ माघदेखि निर्माण सुरु भएको आयोजनाको गत पुस पहिलो साता नै सम्पन्न गरिएको थियो । विद्युत् प्राधिकरणले आवश्यक परीक्षण गरी १५ दिन परीक्षण उत्पादन गरेको थियो । आवश्यक तयारी तथा अन्य प्राविधिक परीक्षणपछि आजदेखि व्यावसायिक उत्पादन शुरु भएको हो । स्थानीय खोरुंगाखोलाको पानी इवाखोलामा झारेर विद्युत्गृहमा पठाई विद्युत् उत्पादन गर्ने गरी डिजाइन गरिएको छ । आयोजनाको शुरुमा कूल लागत रु एक अर्ब ३७ करोड अनुमान गरिए पनि रु एक अर्ब ३२ करोड मात्रै खर्च भएको छ । आयोजनाको प्रतिमेगावाट लागत करिब रु १७ करोड ६० लाख छ । आयोजनामा स्वपूँजी २७ प्रतिशत र बैंक तथा वित्तीय संस्थाको ऋण लगानी ७३ प्रतिशत छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा नेपाल बंगलादेश बैंक र साविकको जनता बैंकले ऋण लगानी गरेका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  ०५:४१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन
पूर्ण मन्त्रिपरिषद् गठन गर्ने गृहकार्य गर्दै बालेन सोमबार, चैत ९, २०८२
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै
कांग्रेसकाे  केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै सोमबार, चैत ९, २०८२
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP