Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आर्थिक सुशासनको पाठ सिकाउने राष्ट्र बैंकमै बेथिति
आर्थिक सुशासनको पाठ सिकाउने राष्ट्र बैंकमै बेथिति
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २६, २०८०

 

  • कार्यविधिविपरीत उच्च अधिकारीलाई विलासी गाडीको सुविधा
  • गभर्नर महाप्रसाद अधिकारीकै संरक्षणमा मौलाउँदै बेथिति

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरुलाई सुशासनमा बाँध्ने जिम्मेवारी पाएको केन्द्रीय बैंकभित्रै बेथिति मौलाउँदै गएको पाइएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीकै संरक्षणमा यस्तो प्रवृत्ति मौलाउँदै गएको पछिल्लो घटनाक्रमले पुष्टि गरेका छन् । 

राष्ट्र बैंकका कर्मचारी संगठनहरुले खुलेरै उक्त प्रवृत्तिको विरोध गर्दै आएका छन् । मुलुकभर सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई सुशासन र आर्थिक अनुशासनको पाठ सिकाउँदै हिँड्ने राष्ट्र बैंकका उच्च तहका कर्मचारीले आर्थिक अनुशासनविपरीत सरकारी ढुकुटीको दुरुपयोग गरिरहेको ती संगठनहरुको आरोप छ । 

उक्त आरोपलाई पुष्टि गर्ने आधार महालेखापरीक्षक कार्यालयको ६०औं प्रतिवेदन पनि हो । उक्त प्रतिवेदनमा राष्ट्र बैंकको सवारीसाधन सुविधा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७८ विपरीत गभर्नर, डेपुटी गभर्नर र कार्यकारी निर्देशकहरुले महँगोको गाडी चढ्ने गरेको औंल्याइएको छ ।

Ncell
Hardik health

त्यसलाई रोक्न महालेखाले दिएको निर्देशन पालना गर्नुका सट्टा राष्ट्र बैंकका उच्च अधिकारीहरुले अझै सवारीसाधनको दुरुपयोग गर्दै आएको पाइएको छ । राष्ट्र बैंक स्रोतका अनुसार चालु आवमा पनि छ वटा विलासी गाडी खरिद गर्न बजेट विनियोजन गरिएको छ । 

राष्ट्र बैंकअन्तर्गतकै सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले गत आवमा नै निर्देशकहरूका लागि गाडी किनिसकेको छ । राष्ट्र बैंकका उच्च अधिकारीहरुले बैंकको कर्मचारी सेवा विनियमावलीविपरीत सुविधा लिइरहेको देखिन्छ । जसबाट संस्थालाई करोडौंको नोक्सानी हुन पुगेको देखिन्छ । यी कार्यहरु रोक्नुको सट्टा गभर्नर अधिकारीले उल्टै संरक्षण दिइरहेको स्रोतको भनाइ छ । 

केही दिन अगाडिमात्र राष्ट्र बैंकमा कार्यरत कर्मचारीहरुको आधिकारिक संस्था नेपाल वित्तीय संस्था कर्मचारी संघले विज्ञप्ति जारी गरी राष्ट्र बैंकका उच्च कर्मचारीहरुले गरेको आर्थिक अनुशासनविपरीतका कार्यको भत्र्सना गरेको थियो ।

संघले राष्ट्र बैंक सञ्चालक समितिबाट निर्णय गराएर सम्पत्ति तथा सेवा व्यवस्थापन विभागबाट विलासी सवारीसाधनको दुरुपयोग गरेको भन्दै विरोध जनाएको थियो । सुपरीवेक्षण विभागमा कार्यरत निर्देशक रोशनकुमार सिग्देललगायतका निर्देशकहरुले नियमविपरीत सवारी दुरुपयोग गरेको संघको आरोप छ ।

कार्यालयलाई आवश्यक नभएको भएता पनि अवकाशप्राप्त गरी जाने निश्चित कर्मचारीहरुलाई लक्षित गरी करोडौंको सवारीसाधन खरिद गर्ने तयारीमा गभर्नर महाप्रसाद अधिकारी जुटिरहेका छन् । कार्यकारी निर्देशकहरु करोडौं पर्ने सवारीसाधन खरिद गर्ने र एक–डेढ वर्षमा अवकाश हुँदा अत्यन्तै न्यून रकम कबोल गरी खरिद गर्न सक्ने कार्यविधि बनाएर लुट मच्चाउने गतिविधि राष्ट्र बैंकभित्र देखिएको छ ।

निर्देशक सिग्देल गभर्नर अधिकारीनिकट भएकै कारण उनले कर्मचारी नियमावलीलाई लत्याउँदै शक्तिको दुरुपयोग गरेकोसमेत संस्थाले विज्ञप्तिमार्फत जनाएको छ ।राष्ट्र बैंकभित्र उच्च कर्मचारीहरुले सरकारी सवारीसाधनलगायत आर्थिक पाटोसँग जोडिएका विषयमा सूचनाको हक प्रयोग गरी प्रभाव संवाददाताले मागेको सूचनासमेत राष्ट्र बैंकले उपलब्ध नगराई आलटाल गरिरहेको छ ।

आर्थिक अनुशासनविपरीत कार्य गरिरहेका कार्यकारी निर्देशकको टोलीले आफूहरुले गरेको कुकृत्य सार्वजनिक हुने भएपछि सूचना अधिकारी नै परिवर्तन गराएका छन् । तीन दिनभित्र सूचना उपलब्ध गराउनुपर्ने नियम भएको भन्दै गभर्नरसमक्ष अनुरोध गरेपछि नारायणप्रसाद पोखरेललाई हटाएर डा. डिल्लीराम पोख्रेललाई सूचना अधिकारीको जिम्मेवारीमा ल्याएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०६:१९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रचण्ड र बादलप्रति गोकुल बास्कोटाको व्यङ्ग्य: ‘प्रचण्ड जित्ने क्षेत्र सकिएपछि आकाशे क्षेत्रको खोजीमा’
प्रचण्ड र बादलप्रति गोकुल बास्कोटाको व्यङ्ग्य: ‘प्रचण्ड जित्ने क्षेत्र सकिएपछि आकाशे क्षेत्रको खोजीमा’ शनिबार, भदौ २७, २०८३
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने शुक्रबार, भदौ २६, २०८३
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा शुक्रबार, भदौ २६, २०८३
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार बिहीबार, भदौ २५, २०८३
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा बिहीबार, भदौ २५, २०८३
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल बिहीबार, भदौ २५, २०८३
विशेष महाधिवेशन देउवालाई ‘अमान्य’
विशेष महाधिवेशन देउवालाई ‘अमान्य’ बिहीबार, भदौ २५, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP