Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #भूमि विधेयक
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आर्थिक सुशासनको पाठ सिकाउने राष्ट्र बैंकमै बेथिति
आर्थिक सुशासनको पाठ सिकाउने राष्ट्र बैंकमै बेथिति
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २६, २०८०

 

  • कार्यविधिविपरीत उच्च अधिकारीलाई विलासी गाडीको सुविधा
  • गभर्नर महाप्रसाद अधिकारीकै संरक्षणमा मौलाउँदै बेथिति

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरुलाई सुशासनमा बाँध्ने जिम्मेवारी पाएको केन्द्रीय बैंकभित्रै बेथिति मौलाउँदै गएको पाइएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीकै संरक्षणमा यस्तो प्रवृत्ति मौलाउँदै गएको पछिल्लो घटनाक्रमले पुष्टि गरेका छन् । 

राष्ट्र बैंकका कर्मचारी संगठनहरुले खुलेरै उक्त प्रवृत्तिको विरोध गर्दै आएका छन् । मुलुकभर सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई सुशासन र आर्थिक अनुशासनको पाठ सिकाउँदै हिँड्ने राष्ट्र बैंकका उच्च तहका कर्मचारीले आर्थिक अनुशासनविपरीत सरकारी ढुकुटीको दुरुपयोग गरिरहेको ती संगठनहरुको आरोप छ । 

उक्त आरोपलाई पुष्टि गर्ने आधार महालेखापरीक्षक कार्यालयको ६०औं प्रतिवेदन पनि हो । उक्त प्रतिवेदनमा राष्ट्र बैंकको सवारीसाधन सुविधा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७८ विपरीत गभर्नर, डेपुटी गभर्नर र कार्यकारी निर्देशकहरुले महँगोको गाडी चढ्ने गरेको औंल्याइएको छ ।

त्यसलाई रोक्न महालेखाले दिएको निर्देशन पालना गर्नुका सट्टा राष्ट्र बैंकका उच्च अधिकारीहरुले अझै सवारीसाधनको दुरुपयोग गर्दै आएको पाइएको छ । राष्ट्र बैंक स्रोतका अनुसार चालु आवमा पनि छ वटा विलासी गाडी खरिद गर्न बजेट विनियोजन गरिएको छ । 

राष्ट्र बैंकअन्तर्गतकै सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले गत आवमा नै निर्देशकहरूका लागि गाडी किनिसकेको छ । राष्ट्र बैंकका उच्च अधिकारीहरुले बैंकको कर्मचारी सेवा विनियमावलीविपरीत सुविधा लिइरहेको देखिन्छ । जसबाट संस्थालाई करोडौंको नोक्सानी हुन पुगेको देखिन्छ । यी कार्यहरु रोक्नुको सट्टा गभर्नर अधिकारीले उल्टै संरक्षण दिइरहेको स्रोतको भनाइ छ । 

केही दिन अगाडिमात्र राष्ट्र बैंकमा कार्यरत कर्मचारीहरुको आधिकारिक संस्था नेपाल वित्तीय संस्था कर्मचारी संघले विज्ञप्ति जारी गरी राष्ट्र बैंकका उच्च कर्मचारीहरुले गरेको आर्थिक अनुशासनविपरीतका कार्यको भत्र्सना गरेको थियो ।

संघले राष्ट्र बैंक सञ्चालक समितिबाट निर्णय गराएर सम्पत्ति तथा सेवा व्यवस्थापन विभागबाट विलासी सवारीसाधनको दुरुपयोग गरेको भन्दै विरोध जनाएको थियो । सुपरीवेक्षण विभागमा कार्यरत निर्देशक रोशनकुमार सिग्देललगायतका निर्देशकहरुले नियमविपरीत सवारी दुरुपयोग गरेको संघको आरोप छ ।

कार्यालयलाई आवश्यक नभएको भएता पनि अवकाशप्राप्त गरी जाने निश्चित कर्मचारीहरुलाई लक्षित गरी करोडौंको सवारीसाधन खरिद गर्ने तयारीमा गभर्नर महाप्रसाद अधिकारी जुटिरहेका छन् । कार्यकारी निर्देशकहरु करोडौं पर्ने सवारीसाधन खरिद गर्ने र एक–डेढ वर्षमा अवकाश हुँदा अत्यन्तै न्यून रकम कबोल गरी खरिद गर्न सक्ने कार्यविधि बनाएर लुट मच्चाउने गतिविधि राष्ट्र बैंकभित्र देखिएको छ ।

निर्देशक सिग्देल गभर्नर अधिकारीनिकट भएकै कारण उनले कर्मचारी नियमावलीलाई लत्याउँदै शक्तिको दुरुपयोग गरेकोसमेत संस्थाले विज्ञप्तिमार्फत जनाएको छ ।राष्ट्र बैंकभित्र उच्च कर्मचारीहरुले सरकारी सवारीसाधनलगायत आर्थिक पाटोसँग जोडिएका विषयमा सूचनाको हक प्रयोग गरी प्रभाव संवाददाताले मागेको सूचनासमेत राष्ट्र बैंकले उपलब्ध नगराई आलटाल गरिरहेको छ ।

आर्थिक अनुशासनविपरीत कार्य गरिरहेका कार्यकारी निर्देशकको टोलीले आफूहरुले गरेको कुकृत्य सार्वजनिक हुने भएपछि सूचना अधिकारी नै परिवर्तन गराएका छन् । तीन दिनभित्र सूचना उपलब्ध गराउनुपर्ने नियम भएको भन्दै गभर्नरसमक्ष अनुरोध गरेपछि नारायणप्रसाद पोखरेललाई हटाएर डा. डिल्लीराम पोख्रेललाई सूचना अधिकारीको जिम्मेवारीमा ल्याएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०६:१९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP