Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘पुरानै ढंगबाट अघि बढे राजनीतिक प्रणालीमै क्षति हुनसक्छ’
‘पुरानै ढंगबाट अघि बढे राजनीतिक प्रणालीमै क्षति हुनसक्छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन २४, २०८०

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अबको पाँच वर्षम पुराना भनिएका राजनीतिक दल र निर्वाचित जनप्रतिनिधि पुरानै ढंगबाट अघि बढे राजनीतिक प्रणालीले नै नोक्सानी बेहोर्नुपर्ने बताएका छन् । मंगलबार नेपाल प्रेस युनियन काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा सिटौलाले यस्तो धारणा राखेका हुन् ।

उनले २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि पनि जनताले परिवर्तनको अनुभूति गर्न नपाएको भन्ने गुनासो बढेको बताए । राजनीतिक दल तथा निर्वाचित जनप्रतिनिधि बितेको पाँच वर्षको जस्तै गरेर पुरानै ढंगबाट अघि बढे राजनीतिक प्रणालीले नै नोक्सानी बेहोर्नुपर्ने उनको धारणा थियो ।

‘देशमा परिवर्तन आयो, संविधान बन्यो, गणतन्त्र आयो, तर जनताले हामीले के पायौं भनेर प्रश्न गर्न थालेका छन्, जनताको गुनासो बढेको सुनिन्छ, राजनीतिक दलहरुले सुन्नु पर्दैन ?, जनप्रतिनिधिहरुले जनताको गुनासो सुन्नु पर्दैन ?,’ सिटौलाले भने, ‘बितेको पाँच वर्षमा जस्तै गरेर चल्ने हो भने अबको पाँच वर्षमा राजनीतिक सिस्टमले नै नोक्सानी बेहोर्नुपर्ने अवस्था आउन सक्छ, त्यसतर्फ परिवर्तनका पक्षमा उभिएका राजनीतिक दलले ध्यान दिनुपर्छ, निर्वाचित जनप्रतिनिधिले ध्यान दिनुपर्छ ।’

Ncell
Hardik health

सिटौलाले संविधान कार्यान्वयनमार्फत जनतालाई लोकतन्त्रको अनुभूति दिलाउनुपर्ने बताए । ‘जनताले महसुस गर्नुपर्छ कि परिवर्तन भयो, संविधान र संविधानबमोजिमको राज्यव्यवस्थाबाट यो–यो कुरा प्राप्त भयो, किसानले खुसी मान्ने ठाउँ आओस्, त्यसलाई प्रेस, कर्मचारी जगत, समग्र नेपाली जनताले महसुस गर्न पाउनुपर्छ,’ सिटौलले थपे । उनले अहिले सत्ता पक्ष र प्रतिपक्षको उद्देश्य सत्ता जोगाउने र सत्ता बदल्ने तर्फमात्र केन्द्रित देखिएकोसमेत बताए । ‘अहिले सत्ता र प्रतिपक्षको उद्देश्य कसरी सत्ता प्राप्त गर्ने र कसरी सत्ता बदल्ने भन्ने मात्र देखिन्छ, सत्ता टिकाउने र सत्ता गिराउनेभन्दा फरक सोच संसद्मा प्रस्तुत भएकै पाउँदिनँ,’ उनको भनाइ थियो । 

उनले दलहरुले जनताको हितमा काम नगर्दासम्म जनताले परिवर्तनको अनुभूति गर्न नपाउने बताए । ‘दलहरुले एउटा साझा दृष्टिकोण बनाएको देखिँदैन, निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य उपचार, आवासको हक, रोजगारीको हक, स्वच्छ पिउने पानीको हक जस्ता संविधानमा रहेका मौलिक हक कार्यान्वयनबारे कसैको चासो देखिँदैन, श्रमिकका विशेष अधिकार, किसानका विशेष अधिकारका कुरा ओझेलमा छन् ।’ सिटौला संविधान मस्यौदा समितिका सभापतिसमेत हुन् । संविधान कार्यान्वयनको अवस्था फितलो भएको भन्दै उनले जनताको आर्थिक जीवनमा परिवर्तन ल्याउँछौँ भन्ने संकल्पका साथ संविधान ल्याइएको तर्क गरे ।

‘आर्थिक, सामाजिक, सांस्कृतिक हरेक कारणले पछि परेको वर्गलाई अगाडि ल्याउछौं भनेर संविधान बनायौं, व्यक्तिगत अधिकार, सामूहिक अधिकारको रक्षा गर्ने, आस्थाको स्वतन्त्रता, राजनीतिक मूल्य मान्यताको रक्षा गर्ने, गरिब जनताको आर्थिक जीवनस्तर उकास्ने भनेर हामीले संविधान ल्याएका हौं, त्यसका लागि हामी जवाफदेही छौं, हामी जिम्मेवार छौं भन्ने यो संविधानको मर्म हो,’ सिटौलाले भने ।

कार्यक्रममा पूर्वरक्षामन्त्रीसमेत रहेका कांग्रेस नेता भिमसेनदास प्रधानले संविधानको निर्माणमा अभिभावक बनेको कांग्रेसले नै संविधानको संरक्षण गर्ने अभिभावकत्व लिनुपर्ने समय आएको बताए । यस्तै प्रेस युनियन काठमाडौंका अध्यक्ष महेश गौतमले संविधान बनाउन भूमिका खेलेका राजनीतिक दलले नै पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा खुलेर वकालत गर्न नसकेको र प्रेस जगत सधैँ असुरक्षित रहँदै आएको धारणा राखे ।
 


प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रचण्ड र बादलप्रति गोकुल बास्कोटाको व्यङ्ग्य: ‘प्रचण्ड जित्ने क्षेत्र सकिएपछि आकाशे क्षेत्रको खोजीमा’
प्रचण्ड र बादलप्रति गोकुल बास्कोटाको व्यङ्ग्य: ‘प्रचण्ड जित्ने क्षेत्र सकिएपछि आकाशे क्षेत्रको खोजीमा’ शनिबार, भदौ २७, २०८३
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने शुक्रबार, भदौ २६, २०८३
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा शुक्रबार, भदौ २६, २०८३
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार बिहीबार, भदौ २५, २०८३
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा बिहीबार, भदौ २५, २०८३
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल बिहीबार, भदौ २५, २०८३
विशेष महाधिवेशन देउवालाई ‘अमान्य’
विशेष महाधिवेशन देउवालाई ‘अमान्य’ बिहीबार, भदौ २५, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP