Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संसद्लाई बन्दी बनाउँदै एमाले
संसद्लाई बन्दी बनाउँदै एमाले
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २३, २०८०
सभामुख देवराज घिमिरेको कार्यकक्ष सिंहदरबारमा संसद्को अवरोध हटाउने सम्बन्धमा शीर्ष नेताहरुबीच सोमबार बसेको बैठक । तस्बिरः रासस 

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरोध जारी राखेको छ । सय किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले १० साउनबाट लगातार सदन अवरोध गर्दै आएको हो ।

साउन १० गते सभामुख देवराज घिमिरेले शून्य समय प्रारम्भ भएको घोषणा गरेलगत्तै एमालेले उठेर अवरोध गरेको थियो । त्यसपछि एमाले सांसदहरू नारबाजी गर्दै वेल घेराउ गर्न पुगेका थिए । एमालेले नाराबाजी गर्न थालेपछि सभामुख घिमिरेले संसद्को कार्यसूची हटाएर साउन १५ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।

प्रतिपक्षले पनि सदन चलाउनुपर्छ भनिराखेकै छ । यो कुनै पनि हालतमा रोकिनु हुँदैन भनेर सत्ता पक्षले पनि रहेको छैन । तर पनि कुरा मिलिसकेको छैन ।
पुष्पकमल दाहाल
प्रधानमन्त्री

तर, १५ गतेका लागि डाकिएको सदन पनि चल्न सकेन । त्यसपछि १६ गतेका लागि सभामुख घिमिरेले प्रयास गरे । त्यो प्रयास पनि खेर गयो । त्यसपछि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक पनि बस्न सकेन । अवरुद्ध बैठक चलाउन सभामुख घिमिरेको पहलमा सिंहदरबारस्थित कार्यकक्षमा शीर्ष नेताहरूको बैठक बस्यो । बैठक दिउँसो ४ बजेका लागि सार्ने शीर्ष नेताहरुबीच सहमति भयो । तर, ४ बजे पनि बस्न नसकेपछि मंगलबार अपराह्न ३ बजे बस्नेगरी सूचना टाँसेर स्थगित गरिएको छ ।

Ncell
Hardik health

आज बालुवाटारमा थप छलफल
सदन सञ्चालनका लागि थप छलफल गर्न शीर्ष नेताहरु आज (मंगलबार) बालुवाटारमा थप छलफलका लागि जुट्दै छन् । ‘यो सदन चलोस् भनेर म लगातार लचिलो भएर लागेको छु । भोलि साढे १० बजे बालुवाटारमा बैठक बोलाएको छु र फेरि टुंगोमा पुग्ने कोसिसमा लाग्नेछु,’ प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारको बैठक स्थगित भएपछि भने ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजे सभामुख घिमिरेसहित प्रधानमन्त्री, सत्तापक्ष दलका नेता, प्रमुख प्रतिपक्षी दलका नेताहरुबीच छलफल हुने भएको हो ।

लगातार लचिलो भएर लागेको छु: प्रधानमन्त्री
प्रधानमन्त्री दाहालले सदन चल्ने विषयमा अझै कुरा मिलिनसकेको बताएका छन् । ‘प्रतिपक्षले पनि सदन चलाउनुपर्छ भनिराखेकै छ । यो कुनै पनि हालतमा रोकिन हुँदैन भनेर सत्ता पक्षले पनि रहेको छैन । तर पनि कुरा मिलिसकेको छैन,’ सोमबार सदन स्थगित भएपछि प्रधानमन्त्री दाहालले भने ।

कहाँनेर मिलिरहेको छैन ? सञ्चारकर्मीको प्रश्नमा दाहालको जवाफ थियो, ‘यो कुरा मैले यहाँ भने भने झनै सदन मिलाउन गाह्रो हुन्छ । यो सदन चलोस् भनेर म लगातार लचिलो भएर लागेको छु । भोलि (मंगलबार) साढे १० बजे बालुवाटारमा बैठक बोलाएको छु र फेरि टुंगोमा पुग्ने कोसिसमा लाग्नेछु ।’

कयौं कानुन बनाउनुपर्ने छ, कयौं कानुनमा संशोधन छन्, जुन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ । तर संसद् चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ ।
रवि लामिछाने
सभापति, रास्वपा

एमाले सत्ता पक्षसँग मिल्यो : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले एमालेले सत्तापक्षसँग मिलेर सदन अवरोध गरेको आरोप लगाए । अब एमालेले प्रमुख प्रतिपक्षको हैसियतसमेत गुमाएको झाको भनाइ थियो । ‘नेकपा एमालेलाई सत्ता साझेदारीमा सहभागी हुनुभएकोमा बधाई छ । उहाँहरुले सदनको सत्ता साझेदारीमा साझेदारी गर्नुभयो । व्यावहारिक रुपमा संघीय सदनमा प्रमुख प्रतिपक्षी हौं । नागरिकले दिनुभएको मत हामीलाई प्रतिपक्षमा बस्न हो,’ झाले भने ।

रास्वपा सभापति रवि लामिछानेले भने कयौ कानुनमा संशोधन हुँदाहुँदै संसद्मा बार्गेनिङ चलेको भन्दै आक्रोश व्यक्त गरे । ‘वर्षौंदेखि देशलाई कसरी प्यारालाइज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दै छौं । कयौं कानुन बनाउनुपर्ने छ, कयौं कानुनमा संशोधन छ्न्, जुन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ । तर संसद् चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ । दुःखद,’ लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

संसद् अवरोध हुँदा जनताका आवाज रोकिएका छन् । माननीयहरुले प्राकृतिक विपत्लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन । 
देवराज घिमिरे
सभामुख

जनताको आवाज रोकियो: सभामुख घिमिरे
सभामुख घिमिरेले प्रतिनिधिसभाको बैठक अवरोध हुँदा जनताका आवाज रोकिएको बताएका छन् । सोमबार नयाँ बानेश्वरमा बसेको दलका प्रमुख नेताहरुको बैठकपछि सभामुख घिमिरेले सदन अवरुद्ध भएकोमा चिन्ता व्यक्त गरेका हुन् । उनले सहमतिको विकल्प नभएको बताउँदै संसद्मा अवरोध हुँदा जनताका आवाज रोकिएको बताए । आफूले अधिकतम लचिलो भएर सकारात्मक दबाब दिइरहेको उनको भनाइ थियो ।  सभामुख घिमिरेले भने, ‘संसद् अवरोध हुँदा जनताका आवाज रोकिएका छन । माननीयहरुले प्राकृतिक विपत्लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन । मैले अधितकतम रुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु ।’


दोस्रो अधिवेशनपछि अवरोध जारी
यो प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक २०७९ पुस २५ गतेबाट सुरु भयो । २०८० वैशाख १५ गते अन्तिम बैठक बस्दा पहिलो अधिवेशनमा जम्मा २८ वटा बैठक बस्यो । पहिलो अधिवेशनमा कुनै बैठक अवरोध भएन ।
दोस्रो अधिवेशन वैशाख २४ बाट सुरु भयो । यही क्रममा पहिलोपटक वैशाख २७ गते आकस्मिक समयमा बोल्न समय नदिइएको भन्दै प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सदन अवरोध ग¥यो । बेलमा आएर नाराबाजी नै गर्न थालेपछि सभामुखले बैठक १५ मिनेटको लागि स्थगित गर्नुपरेको थियो ।

त्यसैगरी जेठ १२ गतेको प्रतिनिधिसभा बैठकमा पनि अवरोध भयो । जेठ १० गतेको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले बोल्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा पशुपतिनाथको जलहरी लाउँदा सुन भनी पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लगाए । त्यसपछि एमालेले सदन अवरोध गरेको थियो ।

बैठक २० मिनेट पनि १२ः४५ मा बस्ने भनिए पनि बस्न सकेन । पुनः दिउँसो ३ बजे बस्ने भनिए पनि बस्न सकेन । बेलुका ६ बजे बस्नेगरी निर्धारण गरिएपनि बस्न सकेन । बैठक बस्न नसकेपछि भोलिपल्ट जेठ १३ गते बस्नेगरी बोलाइयो ।जेठ १३ गतेको बैठकमा प्रधानमन्त्री दाहालले यसबारेमा जवाफ दिएर सांसद लेखनाथ दाहालको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाएपछि एमाले शान्त भयो ।

त्यस्तै जेठ २१ गतेको प्रतिनिधिसभा बैठकमा पनि एमाले र प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले अवरोध ग¥यो । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको विषय र नागरिकता विधेयक प्रमाणीकरणको विषयलाई लिएर बैठकमा अवरोध भएको थियो ।

एक घण्टापछि बस्नेगरी स्थगित गरिएको बैठक उक्त दिन पुनः बस्न नसकेपछि भोलिपल्टका लागि बोलाइएको थियो । जेठ २२ गतेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता विधेयक प्रमाणीकरण र आफ्नो भारत भ्रमणको सम्बन्धमा स्पष्ट पारेसँगै बैठक सञ्चालन भयो ।

असार १२ गतेको बैठकमा बजेट वक्तव्यमा जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने विषय आएको र सो विषय खारेज हुनुपर्ने मागसहित एमाले र रास्वपाले बैठक अवरोध गरे ।१५ मिनेटका लागि बैठक स्थगित नै गर्नुप¥यो । दोस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत नराख्ने भनेसँगै बैठको काम, कारबाही प्रारम्भ भयो ।

भोलिपल्ट असार १३ गतेको बैठकमा पनि रास्वपाले प्रतिनिधिसभा बैठक चल्दै गर्दा अर्थमन्त्रीको प्रतिबद्धता अनुरुप जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालय मातहतमा नरहने सुनिश्चिता नभएसम्म बैठकको काम कारबाही अगाडि बढ्न नदिने चेतावनी दियो ।

बैठक १५ मिनेटका लागि स्थगित भयो । दोस्रो बैठकमा अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यको अनुसूची–१६ को खण्ड (क)को क्रमसंख्या १० मा रहेको प्रावधान हटाई हाल कायम रहेको जिल्ला निर्वाचन कार्यालय सम्बन्धी व्यवस्था यथावत नै रहेको जानकारी गराएपछि बैठको अवरोध रास्वपाले खुलायो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिको कारणले पनि संसद् बैठक अवरोधको सिकार हुनुपुग्यो । प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहको जीवनीसँग सम्बन्धित पुस्तक ‘रोड टु द भ्यालीः द लिगासी अफ सरदार प्रितम सिंह इन नेपाल’को विमोचनको क्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंहले भारतका नेताहरुसँग पनि भेटेको भन्ने अभिव्यक्ति दिएसँगै एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै असार २० गते संसद् बैठक अवरोध गर्‍यो ।

बैठक आधा घण्टापछि पुनः बस्ने भने पनि बस्न सकेन । अर्को बैठक असार २२ गते बोलाइयो तर उक्त दिनको बैठक सारेर २५ गते पुर्‍याइयो । असार २५ गतेको बैठकमा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको सम्बन्धमा प्रस्ट्याउँदै आत्मालोचना गरेसँगै बैठक चलेको थियो । त्यसपछि साउन ३ गते सय किलो सुन बरामद भयो । उक्त सुनको निष्पक्ष छानबिनको माग गर्दै एमालेले सदन अवरोध जारी राखेको हो ।


प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०९:४२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेपाल–चीन सहकार्यको आधार पर्यावरणीय उत्थानशीलता र जलवायु सुरक्षा हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल
नेपाल–चीन सहकार्यको आधार पर्यावरणीय उत्थानशीलता र जलवायु सुरक्षा हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल शनिबार, भदौ २७, २०८३
प्रचण्ड र बादलप्रति गोकुल बास्कोटाको व्यङ्ग्य: ‘प्रचण्ड जित्ने क्षेत्र सकिएपछि आकाशे क्षेत्रको खोजीमा’
प्रचण्ड र बादलप्रति गोकुल बास्कोटाको व्यङ्ग्य: ‘प्रचण्ड जित्ने क्षेत्र सकिएपछि आकाशे क्षेत्रको खोजीमा’ शनिबार, भदौ २७, २०८३
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने शुक्रबार, भदौ २६, २०८३
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा शुक्रबार, भदौ २६, २०८३
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार बिहीबार, भदौ २५, २०८३
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा बिहीबार, भदौ २५, २०८३
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल बिहीबार, भदौ २५, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP