काठमाडौं- : नेपाल युवा संस्था सञ्जाल आयोनले युवा नीतिका विषयमा यूथ पोलिसि कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ । सातै प्रदेशमा रहेका ९२ युवा संस्थाहरूको छाता सञ्जाल आयोनले ब्रिटिस काउन्सिल तथा अन्तर्राष्ट्रिय श्रम संगठनकोे सहकार्यमा युवा नीतिसँग जोडिएका नीति निर्माता र सरोकारवालाहरलाई सहभागि गराएर यूथपोलिसि कन्क्लेभ २०२३ सम्पन्न गरेको हो ।
आयोनका अध्यक्ष विकल राईले युवातथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु, प्रतिनिधी सभा सदस्य प्रदिप पौडेल, विराजभक्तश्रेष्ठ, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्षश्री सुरेन्द्र बस्नेत, साथै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयका सचिवश्री केवल प्रसाद भण्डारी, ललितपुर महानगरपालिकाकी उपप्रमुख मंजिलाशाक्यलाई आयोन कार्यरत विभिन्न पैरवी क्षेत्रहरु समेटि १४ बुँदे मागपत्र सो अवसरमा बुझाएकाे छ । आयोनले युवाको सवाल समेटि बुझाएको मागपत्र बुझ्दै मन्त्री लिम्बुले सो बारे आफ्नो ध्यानाकर्षण भएको भन्दै थप छलफलका लागि मन्त्रालय आमन्त्रण गरेका छन् ।
उक्त कार्यक्रमको पहिलो नीति संवाद छलफलमा आयोनले वर्तमान परिप्रेक्षमा युवाहरुको समग्र वस्तुस्थिति, समस्या, युवा सम्बन्धिनीतिपत्रहरुमाआवश्यक परिमार्जनबारे छलफल गर्दै, समग्र युवापुस्ताको तर्फबाट केहि महत्वपूर्ण नीतिगत तथा कार्यक्रमगत सुझावहरु पेश गरेका छन् । सोहि कार्यक्रममा आयोनले जलवायु परिवर्तन र युवा उद्यमशिलता प्रवद्र्घनका विषयमा नीति संवादको समेत आयोजना गर्यो ।

दोस्रो नीतिसंवाद छलफलमा ‘युवा र विश्वव्यापी चुनौतीहरु’ शिर्षक अन्तर्गत जलवायु परिवर्तनले विश्वव्यापी साथै नेपालको सन्दर्भमा कसरी र कस्तो प्रभाव पारिरहेको छ र यसको समाधान र अनुकुलनमा युवाहरुको आवश्यक संलग्नता कस्तो हुन सक्छ भन्ने विषयवस्तुमा गहन छलफल भएकाे थियो । सो संवादमा प्यानलिस्टका रुपमा सांसद विराजभक्त श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका सह सचिव डा. बुद्घिसागर पौडेल, र जलवायु अभियन्ता शीलशीला आचार्य सहभागी भएका थिए ।
तेस्रो नीतिसंवाद छलफलमा ‘विमानस्थल कि उद्यमस्थल’ विषयमा युवाहरुलार्ई विदेश नभई देशमै उद्यम गर्ने वातावरण सृजना गर्न तथा युवाउद्यमशिलताप्रवद्र्घनका मुद्दाहरुमा संघीय तथा स्थानीय सरोकारवालाहरुको के–कस्ता भूमिका हुन सक्छन् भन्ने बारे छलफल भएकाे छ । उक्त संवादमा प्यानलिस्टका रुपमा सांसद सुमना श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, ललितपुर महानगरपालिकाकि उपमेयर मंजिलाशाक्य, एवम् उद्यमी प्रकृती मैनालीको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा सयौँ युवा, साझेदार संस्था, नीतिनिर्माताहरु, स्थानीय सरकारका प्रतिनिधि, शिक्षाविद् र राजनीतिक नेताहरुको उपस्थिति रहेको थियो ।
आयोन -
सन् २००५ मा स्थापित यस संस्थाले विगत १८ वर्षदेखि युवाअधिकार र युवाका सवालमा पैरवी, विकासमायुवा सहभागिता, युवा अनुसन्धान, युवा संस्था र युवाको क्षमता अभिवृद्धिका लागि नेपाल सरकार, प्रदेश सरकारका विभिन्नमन्त्रालयतथा स्थानीय तहहरूसँगको साझेदारीमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आईरहेको छ । आयोनले युवाको सम्बन्धमा राष्ट्रिय युवानीति र युथभिजन – २०२५ तथा दशवर्षे रणनीतिक योजना निर्माणको मस्यौदा समितिमा रहेर पनि काम गरिरहेको छ ।