Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
समाचार
  • Home
  • समाचार
  • कालिकोटका तीन जनाको मृत्यु, एकै परिवारका सात जना बेपत्ता
केदरनाथ पहिरो कालिकोटका तीन जनाको मृत्यु, एकै परिवारका सात जना बेपत्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन २१, २०८०

 

  • पहिरोमा परी ज्यान गुमाउने तीन जना कालिकोट खाडाचक्रका 
  • बेपत्ता भएका १३ जनामध्ये सात जना जुम्लास्थित पातारासी गाउँपालिका–३ चौर गाउँका एकै परिवारका 
  • बेपत्ताको खोजी तथा उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदद्वारा उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीलाई आग्रह 

काठमाडौं– भारतको उत्तराखण्डस्थित गौरीकुण्डमा बिहीबार राति गएको पहिरोमा परी तीन जना नेपालीको मृत्यु भएको छ । गौरीकुण्डमा गएको पहिरोमा परी १६ जना नेपाली बेपत्ता भएकामा शनिबार तीन जनाको शव भेटिएको भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले जानकारी दिए । बाँकी १३ जनाको खोजी जारी रहेको राजदूत शर्माले बताए । ‘पहिरोमा परी १६ जना नेपाली नागरिक बेपत्ता भएकामा हालसम्म तीन जनाको शव भेटिएको, बाँकीको खोजतलास जारी छ,’ शर्माले भने ।

पहिरोमा परी ज्यान गुमाउनेहरु कालिकोट खाडाचक्र नगरपालिका वडा १ का एक जना र वडा २ का दुई जना भएको खुलेको छ । सुतिरहेको अवस्थामा पहिरो खस्दा  कालिकोट खाडाचक्र १ मान्म कोइरेल गाउँका ३९ वर्षीय प्रकाश कामी, खाडाचक्र २ मान्म धैनेडीका ३२ वर्षीय टेक विश्वकर्मा र ३८ वर्षीया देवी विश्वकर्माको मृत्यु भएको खाडाचक्र–२ का वडाध्यक्ष कविन्द्रबहादुर शाहीले बताए । रोजगारीको सिलसिलामा गत वैशाखमा भारत पुगेकाहरु बास बसेको ठाउँ नै पहिरोमा परी छाप्रो नै लगेको आफूले खबर पाएको शाहीले बताए । ‘भारी वर्ष भएको रहेछ । खान खाएर सुतेको बेला पहिरो खसेछ,’ शाहीले प्रभावसँग भने, ‘यहाँका तीन जनाको शव भेटियो भन्ने खबर पाएका छौ ।’

एकै परिवारका सात जना बेपत्ता
पहिरोमा परी बेपत्ता भएका १३ जनामध्ये सात जना जुम्लास्थित पातारासी गाउँपालिका वडा ३ चौर गाउँका एकै परिवारका हुन् । चौर गाउँका २८ वर्षीया अमर बोहोरा, उनकी पत्नी २६ वर्षीया अनिता, १४ वर्षीया छोरी राधिका, आठ वर्षीया छोरी पिंकी, सात वर्षीय छोरा पृथ्वी, छ वर्षीय छोरा जटिल र तीन वर्षीय छोरा वकिल पहिरोमा परी बेपत्ता भएका हुन् । उनीहरुसँगै चौरगाउँकै सुखीराम रावत र बमबहादुर बोहोरा बेपत्ता भएका छन् ।

Ncell
Hardik health

‘नौ जना चौरीगाउँका बासिन्दा हुन्,’ पातारासी वडा ३ का वडाध्यक्ष वृर्षराम बोहोराले प्रभावसँग टेलिफोनमा भने, ‘सबैजना पाँच महिनाअघि काम गर्न केदारनाथ गएका थिए ।’ अमरको परिवारले अघिल्लो वर्ष घर बनाएर तयार गरेर गएको बोहोराले बताए । ‘घर तयार पारेर राखेका थिए । फिनिसिङ गर्न बाँकी थियो,’ उनले भने । उनीहरु अझै नभेटिएको र खोजीमा सरकार लाग्नुपर्ने बोहोराले भाग गरे । केदारनाथ धामको पैदलयात्रा सुरु हुने स्थाननजिकै साउन १८ गते राति पहिरो गएको थियो । पातारासी–२ पेरे गाउँमा २२ वर्षीय चन्द्र नेपाली र धनराज बुढा पनि पहिरोमा परी बेपत्ता छन् ।

बेपत्ताको खोजी तीव्र पार्न परराष्ट्रमन्त्रीको आग्रह
परराष्ट्रमन्त्री एनपी साउदले पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय पक्षसँग आग्रह गरेका छन् । साउदले शनिबार उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीलाई टेलिफोन गरेर पहिरोमा बेपत्ता भएका नेपालीको खोज तथा उद्धारका लागि आग्रह गरेका हुन् । रुद्रप्रयागको गौरीकुण्डमा गएको पहिरोमा परी नेपाली र भारतीयसहित १९ जना बेपत्ता भएका छन् । 

मुख्यमन्त्री धामीले परराष्ट्रमन्त्री साउदसँग शनिबार बिहानैबाट बेपत्ताहरुको खोजीका लागि सुरक्षाकर्मी र अन्य निकायहरु खटाइएको जानकारी दिएका थिए । धामीले रुद्रप्रयागको खराब मौसमका कारण आफ्नो गौरीकुण्ड जाने कार्यक्रम रद्द भए पनि बेपत्ताहरुको खोजीका लागि आफूले स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको जनाएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

राजदूत शर्माले दुई पक्षबीच कुराकानी भएको पुष्टि गरेका छन् । ‘माननीय परराष्ट्रमन्त्रीज्यूद्वारा उत्तराखण्डको मुख्यमन्त्रीज्यूसँग आज बिहान टेलीफोनमा कुरा गरी उद्धार कार्यलाई तीव्र बनाउन आग्रह गर्नुभएको छ,’ उनले शनिबार भने ।

नेपाली कांग्रेसले पहिरोमा परी बेपत्ता भएकाहरुको तत्काल खोजी गर्न सरकारसँग माग गरेको छ । ‘बेपत्ता नेपाली नागरिकको हरतरहले खोजी गर्न, उद्धार गरिएकाहरुको स्वास्थ्योपचारको व्यवस्था मिलाउन र तत्पश्चात् स्वदेश फिर्ता ल्याउनका लागि भारत सरकारसँग अविलम्ब पहल गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ,’ शनिबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले भनेको छ ।

त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहालले पहिरोमा परी मृत्यु भएको र बेपत्ता भएको खबरले आफू मर्माहत भएको बताएका छन् । दाहालले दुखद् घडीमा मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । बेपत्ता नागरिकहरुको यथाशीघ्र खोजीका लागि कूटनीतिक पहल गरिएको उनले जानकारी गराएका छन् ।


प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०७:१३
#केदरनाथ_पहिरो
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन
वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन शनिबार, भदौ २७, २०८३
नेपालले दियो युएइलाई ३१४ रनको विशाल लक्ष्य
नेपालले दियो युएइलाई ३१४ रनको विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट शनिबार, भदौ २७, २०८३
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन शनिबार, भदौ २७, २०८३
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने शनिबार, भदौ २७, २०८३
फाइनलमा आशिफ शेखको शतकसँगै नेपालको शानदार प्रदर्शन, आशिफले १०३ बलमा बनाए १०० रन 
फाइनलमा आशिफ शेखको शतकसँगै नेपालको शानदार प्रदर्शन, आशिफले १०३ बलमा बनाए १०० रन  शनिबार, भदौ २७, २०८३
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम?
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम? शनिबार, भदौ २७, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP