Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
समाचार
  • Home
  • समाचार
  • टेकु घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने आइटिसीको चेतावनी
टेकु घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने आइटिसीको चेतावनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, साउन २०, २०८०

काठमाडौं- अन्तर्राष्ट्रिय तामाङ परिषद् (आइटिसी)ले तामाङ, मगरलगायत समुदायको शान्तिपूर्ण धर्नामा भएको प्रहरी दमनप्रति आपत्ति जनाएको छ । परिषद्ले शनिबार एक विज्ञप्ति जारी गरी काठमाडौं प्रहरी परिसर टेकुमा भएको उक्त घटना अन्तर्राष्ट्रिय मानवअधिकारको न्यूनतम मूल्य मान्यता र नेपालको संविधान तथा प्रचलित कानुनविपरीत भएको दोषीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ ।

‘टेकुमा आयोजित शान्तिपूर्ण धर्नामा प्रहरीले अनावश्यक बल प्रयोग गरी चार दर्जनभन्दा धेरै निहत्था आन्दोलनकारीलाई नियन्त्रणमा लिएर परिसरभित्र लगी मरणासन्न हुनेगरी कुटपिट गरी गम्भीर घाइते बनाइयो । यतिमात्र नभई महिला आन्दोलनकारीलाई पुरूष प्रहरीहरूले जथाभावी चरम शारीरिक र मानसिक यातना दिइयो,’ परिषद्का महासचिव टासी लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो अत्यन्तै दुःखद र निन्दनीय घटना नागरिक अधिकार, मानवअधिकार तथा कानुनी शासनविरूद्ध समेत भएकाले प्रहरी दमनप्रति अन्तर्राष्ट्रिय तामाङ परिषद्को गम्भीर ध्यानाकर्षण भएको छ ।’

तामाङ, मगरलगायत समुदायको संस्कृतिबारे विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डे (शीतल)लाई कारबाहीको माग गर्दै गत बुधबार काठमाडौं प्रहरी परिसर टेकुमा आयोजित धर्नामा प्रहरी हस्तक्षेप भएको थियो । प्रहरीले धर्नामा सहभागी करिब ५० जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई परिसरभित्र लगेर कुटपिट र चरम यातना दिई सख्त घाइते बनाएको भन्दै परिषद्ले उक्त घटनामा मानवअधिकार तथा कानुन उल्लंघन भएको जनाएको हो ।

Ncell
Hardik health

‘कानुन उल्लंघनकर्ता पाण्डेलाई कानुनी कठघरामा ल्याउनुपर्ने जिम्मेवारी बोकेको नेपाल प्रहरी र नेपाल सरकारले उल्टै न्याय माग्न गएका पीडितहरूमाथि दमन गरेको छ । भगवती पाण्डे र टेकुमा चरम दमन गर्ने दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न नेपाल सरकारसमक्ष परिषद् जोडदार माग गर्दछ,’ परिषद्ले भनेको छ । 

दोषीलाई कारबाहीका लागि सरकारले बेवास्ता गरे यस घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनीसमेत परिषद्ले दिएको छ । ‘यदि सरकारले यस विषयलाई बेवास्ता गरेमा संयुक्त राष्ट्र संघ, आदिवासी अधिकारसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरू र सरोकारवालाहरू समक्ष यस घटना संप्रेषण गर्ने र आवश्यक कारबाहीको निम्ति अनुरोधसहित घटनालाई अन्तर्राष्ट्रियकरण गर्न परिषद् बाध्य हुनेछ,’ विज्ञप्तिमा उल्लेख छ । यस घटनालाई लिएर परिषद्का सदस्य संस्थाहरुले सम्बन्धित देशस्थित कूटनीतिक नियोगहरुमा ज्ञापनपत्र बुझाउने तयारी भइरहेको महासचिव लामाले जानकारी दिए ।

एक टेलिभिजन कार्यक्रममा अधिवक्ता पाण्डेले तामाङ र मगर जातिमा दाजुबहिनीबीच विवाह हुने भएकाले आनुवांशिकरूपमै ती जातिका मानिसहरु अपराधी हुन्छन् भनी दिएको अभिव्यक्तिलाई लिएर विरोध चर्किएको हो । उक्त अभिव्यक्तिले जातीय घृणा र विद्वेष फैलाउनुका साथै नेपालसहित विश्वभरिका तामाङ समुदायको आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुगेको परिषद्ले जनाएको छ ।

परिषद्को सदस्य संस्था नेपाल तामाङ घेदुङले विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता पाण्डेविरुद्ध प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको थियो । पाण्डेलाई बुधबार बिहान पक्राउ गरिए पनि साँझ छाडिएको थियो । जिल्ला अदालतले म्याद थप गरी अनुसन्धान गर्न अनुमति नदिएपछि छाडिएको प्रहरीको भनाइ छ । तर, आन्दोलनरत पक्षले भने पाण्डेलाई जोगाउने षडयन्त्र भइरहेको भन्दै आपत्ति जनाउँदै आएको छ । यसैबीच नेपाल तामाङ घेदुङ र नेपाल मगर संघले आगामी सोमबार माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

No description available.


प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  २०:११
#आइटिसी
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन
वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन शनिबार, भदौ २७, २०८३
नेपालले दियो युएइलाई ३१४ रनको विशाल लक्ष्य
नेपालले दियो युएइलाई ३१४ रनको विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट शनिबार, भदौ २७, २०८३
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन शनिबार, भदौ २७, २०८३
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने शनिबार, भदौ २७, २०८३
फाइनलमा आशिफ शेखको शतकसँगै नेपालको शानदार प्रदर्शन, आशिफले १०३ बलमा बनाए १०० रन 
फाइनलमा आशिफ शेखको शतकसँगै नेपालको शानदार प्रदर्शन, आशिफले १०३ बलमा बनाए १०० रन  शनिबार, भदौ २७, २०८३
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम?
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम? शनिबार, भदौ २७, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP