Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #उत्तराखण्ड बाढी
  • #कैलाश गुरुङ
Search Here
समाचार
  • Home
  • समाचार
  • टेकु घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने आइटिसीको चेतावनी
टेकु घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने आइटिसीको चेतावनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, साउन २०, २०८०

काठमाडौं- अन्तर्राष्ट्रिय तामाङ परिषद् (आइटिसी)ले तामाङ, मगरलगायत समुदायको शान्तिपूर्ण धर्नामा भएको प्रहरी दमनप्रति आपत्ति जनाएको छ । परिषद्ले शनिबार एक विज्ञप्ति जारी गरी काठमाडौं प्रहरी परिसर टेकुमा भएको उक्त घटना अन्तर्राष्ट्रिय मानवअधिकारको न्यूनतम मूल्य मान्यता र नेपालको संविधान तथा प्रचलित कानुनविपरीत भएको दोषीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ ।

‘टेकुमा आयोजित शान्तिपूर्ण धर्नामा प्रहरीले अनावश्यक बल प्रयोग गरी चार दर्जनभन्दा धेरै निहत्था आन्दोलनकारीलाई नियन्त्रणमा लिएर परिसरभित्र लगी मरणासन्न हुनेगरी कुटपिट गरी गम्भीर घाइते बनाइयो । यतिमात्र नभई महिला आन्दोलनकारीलाई पुरूष प्रहरीहरूले जथाभावी चरम शारीरिक र मानसिक यातना दिइयो,’ परिषद्का महासचिव टासी लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो अत्यन्तै दुःखद र निन्दनीय घटना नागरिक अधिकार, मानवअधिकार तथा कानुनी शासनविरूद्ध समेत भएकाले प्रहरी दमनप्रति अन्तर्राष्ट्रिय तामाङ परिषद्को गम्भीर ध्यानाकर्षण भएको छ ।’

तामाङ, मगरलगायत समुदायको संस्कृतिबारे विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डे (शीतल)लाई कारबाहीको माग गर्दै गत बुधबार काठमाडौं प्रहरी परिसर टेकुमा आयोजित धर्नामा प्रहरी हस्तक्षेप भएको थियो । प्रहरीले धर्नामा सहभागी करिब ५० जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई परिसरभित्र लगेर कुटपिट र चरम यातना दिई सख्त घाइते बनाएको भन्दै परिषद्ले उक्त घटनामा मानवअधिकार तथा कानुन उल्लंघन भएको जनाएको हो ।

‘कानुन उल्लंघनकर्ता पाण्डेलाई कानुनी कठघरामा ल्याउनुपर्ने जिम्मेवारी बोकेको नेपाल प्रहरी र नेपाल सरकारले उल्टै न्याय माग्न गएका पीडितहरूमाथि दमन गरेको छ । भगवती पाण्डे र टेकुमा चरम दमन गर्ने दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न नेपाल सरकारसमक्ष परिषद् जोडदार माग गर्दछ,’ परिषद्ले भनेको छ । 

दोषीलाई कारबाहीका लागि सरकारले बेवास्ता गरे यस घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने चेतावनीसमेत परिषद्ले दिएको छ । ‘यदि सरकारले यस विषयलाई बेवास्ता गरेमा संयुक्त राष्ट्र संघ, आदिवासी अधिकारसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरू र सरोकारवालाहरू समक्ष यस घटना संप्रेषण गर्ने र आवश्यक कारबाहीको निम्ति अनुरोधसहित घटनालाई अन्तर्राष्ट्रियकरण गर्न परिषद् बाध्य हुनेछ,’ विज्ञप्तिमा उल्लेख छ । यस घटनालाई लिएर परिषद्का सदस्य संस्थाहरुले सम्बन्धित देशस्थित कूटनीतिक नियोगहरुमा ज्ञापनपत्र बुझाउने तयारी भइरहेको महासचिव लामाले जानकारी दिए ।

एक टेलिभिजन कार्यक्रममा अधिवक्ता पाण्डेले तामाङ र मगर जातिमा दाजुबहिनीबीच विवाह हुने भएकाले आनुवांशिकरूपमै ती जातिका मानिसहरु अपराधी हुन्छन् भनी दिएको अभिव्यक्तिलाई लिएर विरोध चर्किएको हो । उक्त अभिव्यक्तिले जातीय घृणा र विद्वेष फैलाउनुका साथै नेपालसहित विश्वभरिका तामाङ समुदायको आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुगेको परिषद्ले जनाएको छ ।

परिषद्को सदस्य संस्था नेपाल तामाङ घेदुङले विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता पाण्डेविरुद्ध प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको थियो । पाण्डेलाई बुधबार बिहान पक्राउ गरिए पनि साँझ छाडिएको थियो । जिल्ला अदालतले म्याद थप गरी अनुसन्धान गर्न अनुमति नदिएपछि छाडिएको प्रहरीको भनाइ छ । तर, आन्दोलनरत पक्षले भने पाण्डेलाई जोगाउने षडयन्त्र भइरहेको भन्दै आपत्ति जनाउँदै आएको छ । यसैबीच नेपाल तामाङ घेदुङ र नेपाल मगर संघले आगामी सोमबार माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

No description available.


प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  २०:११
#आइटिसी
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भूमि सम्बन्धी विधेयकको छलफल हुँदै
भूमि सम्बन्धी विधेयकको छलफल हुँदै आइतबार, साउन २५, २०८२
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन आइतबार, साउन २५, २०८२
पर्साको ठोरीमा पाटे बाघ मृत 
पर्साको ठोरीमा पाटे बाघ मृत  आइतबार, साउन २५, २०८२
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै आइतबार, साउन २५, २०८२
असारे विकासको कुरुप ‘शंखमूल सडक’
असारे विकासको कुरुप ‘शंखमूल सडक’ आइतबार, साउन २५, २०८२
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप आइतबार, साउन २५, २०८२
उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री
उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री शुक्रबार, साउन २३, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP