Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
समाचार
  • Home
  • समाचार
  • बुकीमा पुगेर लम्पी स्किनको उपचार
बुकीमा पुगेर लम्पी स्किनको उपचार
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, साउन २०, २०८०

काठमाडौं– बागलुङ, ढोरपाटनका पशुपालक किसान यतिबेला बुकी क्षेत्रमा छन् । बर्खायाम पशुचौपायाका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा सयौँ किसान हजारौँ भेँडाबाख्रा र गाईभैँसी लिएर बुकी पुगेका हुन् । चार हजार पाँच सय मिटरको उचाइमा पर्ने बुकी क्षेत्र यति बेला हरियाली घाँस र पशुचौपायले ढाकिएको छ । हरेक वर्ष जेठ पहिलो सातादेखि नै निकै उत्साहका साथ बुकी जाने किसान यस वर्ष त्यत्ति उत्साहित छैनन् । किसानले पालेका गाई, भैँसी र गोरुमा लम्पी स्किन सङ्क्रमण भएपछि उनीहरु निराश छन् ।

सङ्क्रमणबाट धेरै पशुचौपाया मरे भने सयौँको सङ्ख्यामा सङ्क्रमित छन् । पशुको शरीरभरि घाउ हुने र जटिल बन्दै गएपछि पशु मर्ने गरेका छन् । पशुमा सङ्क्रमण बढ्दै गएपछि ढोरपाटन नगरपालिकाले बुकीमै पुगेर पशुको उपचार गरेको छ । बेसीमा सङ्क्रमित भएका पशुचौपायालाई गोठमै प्राविधिक खटाएर सङ्क्रमण नियन्त्रण गरिरहेको छ । ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीसहित पशु प्राविधिकको टोली बुकीमै पुगेर औषधि वितरण तथ खोप लगाएर फर्किएको छ ।

प्राविधिकसहितको टोली बुकीमा पुगेर बिरामी पशुको उपचार गरेपछि किसानसमेत खुसी भएका छन् । बुकी ढोरपाटनभन्दा धेरै टाढा पर्छ । यो याममा सबैभन्दा बढी चौपाया बुकीमा हुने र बढी सङ्क्रमित पनि त्यही भएको हुँदा प्राविधिकको टोली बुकीमा पुगेर पशुचौयापाको उपचार गरी फर्किएको हो । आवश्यक औषधि, खोप र स्प्रे लिएर बुधबार बुकी बुकेको प्राविधिक टोली शुक्रबार साँझ मात्रै फर्किएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए ।

बुकीबाट पशु सङ्क्रमण भई मर्न थालेको खबर पाएपछि आफ्नो नेतृत्वमा प्राविधिक टोली बुकी गएको उनले बताए । बुकीमा पुगेर एक हजार बढी पशुचौपायालाई खोप लगाउनाका साथै उपचार गरिएको ज्ञवालीको भनाइ छ । यसले कृषकलाई ठूलो राहत पुगेको उनी बताउछन् । बुकी निकै टाढा भए पनि आफूहरु दिनभरि हिँडेर गोठमा पुगेको ज्ञवालीले सुनाए ।

Ncell
Hardik health

“लम्पी स्किन निकै खतरनाक रोग रहेछ, धेरै ठाउँमा फैलिएको यो रोग ढोरपाटनको बुकीसम्म पुग्यो, बुकी धेरै टाढा रहेछ, चार हजार पाँच सय मिटरको उचाइको बुकीमा पुगेर तीन हजार मिटरमा ओर्लिएपछि गोठहरु भेटिए, पशुचौपाया खुल्ला ठाउँमा थिए, धेरैमा सङ्क्रमण देखियो”, प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भने, “हामीले आवश्यक औषधि, खोप र स्प्रे लगेका थियौँ, प्राविधिकले खोप लगाउनुभयो, उपचार गर्नुभयो, केही औषधि किसानलाई नै छोडेर आएका छौँ, सङ्क्रमण बढ्दै गए नगरपालिकालाई सम्पर्क गर्न भनेका छौँ ।”

आफूहरु बुकीमा दुई दिन बसेर पशुको उपचार गरेको उनले बताए । गोठमा बस्दै आएका किसानले पशुको उपचारसँगै त्रिपाल, सोलार लगायतका आवश्यक सामग्रीको माग गरेको भन्दै त्यसलाई पनि नगरपालिकाले व्यवस्थापन गर्दै जाने ज्ञवालीले बताए । अहिले नगरपालिकाले एकजना प्रविधिकलाई बुकीमै खटाएको उनको भनाइ छ ।

हालसम्म ढोरपाटन नगरपालिका भर एक हजार सात सय बढी पशुचौपाया सङ्क्रमित भएको नगरपालिकाका रोजगार संयोजक हिरालाल खनालले जानकारी दिए । सङ्क्रमितमध्ये एक सय सात बढी चौपाया मरेको  खनालको भनाइ छ । सङ्क्रमणपछि मृत्यु हुनेमा अधिकांश गोरु रहेको भन्दै केही गाई, केही भैँसी र बाच्छाबाच्छी रहेको उनले बताए । नगरपालिकाले गाउँमा भएका पशुचौपाको पनि प्राविधिक खटाएर सङ्क्रमण नियन्त्रण गरिरहेको उनको भनाइ छ ।

“बुकीमा भएका धेरै पशुमा पनि समस्या देखियो, भौगोलिक रुपले टाढा र अफ्ठ्यारो स्थानमा हुँदा किसानले समयमै खबर गर्न सक्नु भएन, यद्यपि केही ढिला भए पनि त्यहाँ पुगेर सङ्क्रमण नियन्त्रण गर्ने प्रयास भएको छ, अहिलेसम्म सङ्क्रमित भएकामध्ये मृत्यु हुनेको सङ्ख्या कम छ”,  उनले भने, “सङ्क्रमणलाई पूरै नियन्त्रण गर्न गाउँमा भएका पशुचौपायको पनि उपचार भइरहेको छ, जहाँ सङ्क्रमण फैलिएको छ, त्यहाँ नगरपालिकाबाट प्राविधिक गएर उपचार गर्ने खोप लगाउने काम गरेको छ ।”

उनले बुकीमा भएका किसानलगायत सङ्क्रमण फैलिएको नगरपालिकाको जुनसुकै ठाउँबाट पालिकामा खबर गर्न सूचना गरेको बताए। सङ्क्रमण दर बढी भए पनि मृत्यु दर कम रहेको उनको भनाइ छ । ढोरपाटन नगरपालिकालाई शून्य सङ्क्रमण गराउनका लागि प्राविधिक खटाउने, आवश्यक औषधि, खोपको व्यवस्थापन गर्ने काम भइरहेको खनालले जानकारी दिए।


प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन
वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको निधन शनिबार, भदौ २७, २०८३
नेपालले दियो युएइलाई ३१४ रनको विशाल लक्ष्य
नेपालले दियो युएइलाई ३१४ रनको विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट
एलपीजी ग्यास आयात एकै दिन ४०.८ प्रतिशतले घट्यो, वीरगञ्ज नाकामा उच्च गिरावट शनिबार, भदौ २७, २०८३
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन
परेवाटार–मास्टार सडकमा आजदेखि समय तोकेर एकतर्फी यातायात सञ्चालन शनिबार, भदौ २७, २०८३
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने
बेँसीसहर–चामे सडक आज दिनभर पूर्ण रूपमा बन्द हुने शनिबार, भदौ २७, २०८३
फाइनलमा आशिफ शेखको शतकसँगै नेपालको शानदार प्रदर्शन, आशिफले १०३ बलमा बनाए १०० रन 
फाइनलमा आशिफ शेखको शतकसँगै नेपालको शानदार प्रदर्शन, आशिफले १०३ बलमा बनाए १०० रन  शनिबार, भदौ २७, २०८३
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम?
कोशीलगायतका चार प्रदेशमा सामान्य वर्षा हुने, अन्यत्र कस्तो रहला आजको मौसम? शनिबार, भदौ २७, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP