दोलखा - दोलखाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरोमा पुरिएर घाइते भएका दुई जनालाई उपचारको लागि काठमाडौं लगिएको छ । घाइते ४० वर्षीय यज्ञबहादुर थामी र उनकी ३९ वर्षीय श्रीमती धनमाया थामीलाई उपचारको लागि शुक्रबार दिउँसो हेलिकप्टरबाट काठमाडौं लगिएको हो ।
उनीहरूका बुहारी २२ वर्षीय सीता थामीको दोलखाको सिँगटी अस्पतालमा उपचार भइरहेको जनाइएकाे छ । सो पहिरोमा परी एक नाबालक प्रिन्स थामीको ज्यान गएको छ भने स्थानीय ४९ वर्षीय हरिलाल श्रेष्ठ, ६० वर्षीय कृष्णबहादुर मगर र ५० वर्षीय देवीमाया मगर बेपत्ता भएका छन् ।
गएराति गौरीशंकर गाउँपालिका–८ सल्लेमा गएको पहिरोले वडा नं ७ को टोपाटारमा घर पुरिएको थियो । पहिरोमा हराएकाको खोजी जारी रहेको दोलखा प्रहरीले जनाएको छ ।