Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘लिगेसी’ देखाएर मिडियासँग शेखरको घुर्की
‘लिगेसी’ देखाएर मिडियासँग शेखरको घुर्की
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन १९, २०८०
  • संसदीय दलको निर्वाचनयता शेखर र गगन एकै मञ्चमा देखिन छाडे
  • नबोलाई आफू देउवाकहाँ नगएको शेखरको दाबी
  • केन्द्रीय समितिमा कसैको ‘डिफेण्ड’ गर्नु नपर्ने तर्क

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संस्थापनइतरका नेता हुन् । यद्यपि, उनी अहिले सभापति शेरबहादुर देउवातिर ढल्केका छन् । महामन्त्रीमा गगन थापा र डा. मिनेन्द्र रिजाललाई उम्मेदवार बनाएर देउवाविरुद्ध मैदानमा उत्रिएका शेखर वर्षदिन अघिसम्म देउवाको कटु आलोचक थिए । कोइराला संसदीय दलको निर्वाचनयता भने लगभग मौन छन् ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा संस्थापनइतरका नेता कोइराला र महामन्त्री थापा दुवै जना निर्वाचित भए । डा. मिनेन्द्र महाधिवेशनमा पनि हारे, सांसदको टिकट पनि पाएनन् । महामन्त्रीमा हारेका प्रदीप पौडेलदेखि डा. प्रकाशरण महतसम्मलाई उहिल्यै केन्द्रीय सदस्य पदमा मनोनीत गरिसके पनि मिनेन्द्रलाई भने निकै ढिला गरी देउवाले मनोनीत गरे । त्यसैले मिनेन्द्र पनि अहिले देउवाकै दाहिने बनेका छन् । संस्थापन पक्षबाट देउवा संसदीय दलको नेतामा उम्मेदवार छानिँदा शेखर संस्थापनइतरबाट उम्मेदवार बन्ने दाउमा थिए । तर, गगनले आफ्नो अडान छाडेनन् । जसका कारण कोइराला चुपचाप ब्याक भए ।

त्यसयता शेखर र गगन एकै मञ्चमा देखिन छाडे । गगन देउवाविरुद्ध चर्किंदा शेखर भने मौन बस्न थाले । मन्त्री भागबण्डामा देउवाले शेखरलाई भाग दिँदा गगन भने रित्तो हुन थाले । यसैकारण गगन बेलाबेला क्रुद्ध सुनिए । हालै सम्पन्न केन्द्रीय समितिमा धेरैजसो नेता गगनमाथि खनिए । तर, देउवाविरुद्ध कोही बोलेनन् । अघिल्ला केन्द्रीय समितिहरुमा चर्को सुनिने शेखर पनि चुप नै रहे । यो सँगै शेखर देउवाको उत्तराधिकारी बन्ने दाउमा लागेको आरोप लाग्न थालेको छ ।

यसैबारे बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शेखर पत्रकारहरुमाथि ‘सफ्ट’ रुपमा आक्रोशित सुनिए । ‘धेरै समय नेपाली कांग्रेसभित्रको द्वन्द्व र ग्रुपभित्रको द्वन्द्व तपाईंहरु आफैं बनाइरहनुभएको छ, सोचिरहनुभएको छ, आफैं लेखिरहनुभएको छ । लाग्छ कि अधिवेशन आइसक्यो । महाधिवेशन आउने अढाइ वर्ष बाँकी छ । हरेक कुरा मार्क गरिराख्नुस्,’ आफूमाथि टिप्पणी बढेकोतर्फ संकेत गर्दै शेखरले भने ।

Hardik health

देउवासँग भेट्न पनि नपाउने ?
देउवासँग निकट हुन लागेको र भनाइभन्दा गराइमा फरक देखिन थालेको आरोप शेखरमाथि लाग्न थालेको धेरै भइसक्यो । यसबारे शेखरले आपत्ति नै जनाए ।‘पहिलेपहिले देउवासँग भेट गर्दैनथे, आजकल गर्छन् भन्ने कुरा पनि आएको छ । पहिले उहाँले बोलाउँदै बोलाउनुहुन्थेन त के भेट गर्ने ?,’ उनले प्रश्न गरे, ‘बोलाएपछि त भेट्न जानुप¥यो, उहाँ सभापति हो ।’ 

सभापतिले नबोलाई आफ्नो भेट्न जाने बानी नभएकोसमेत शेखरले तर्क गरे । ‘शेखर त मिल्यो सभापतिसँग भनेर लेखिराखेका छन्, केमा मिल्यो मैले बुझ्न सकेको छैन । सभापतिले बोलाउनुभएको बेला भेट्न गएको हुँ,’ उनले भने ।सभापतिले बोलाएपछि जो पनि भेट्न जाने उनको भनाइ रह्यो । ‘सभापति तपाईंहरुको हो कि हैन ? बोलाएपछि जानुप¥यो । जानुभएन भने तपाईंहरु नेपाली कांग्रेसको शुभेच्छुक संस्था हैन भनेर हामीले बुझ्नुप¥यो,’ प्रेस युनियनका नेताहरुसँग शेखरले प्रश्न गरे, ‘मेरो बानी पनि छैन कसैले नबोलाई म आउँदै छु भनेर जाने गरेको छैन, जाने काम पनि छैन ।’

पार्टी सभापतिसँग इस्यु र एजेण्डामा मिलेको उल्लेख गर्दै उनले आफ्नो परिवारले गाली नगर भन्ने संस्कार सिकाएको प्रसंग जोडे । ‘मिल्ने भनेको के मा मिल्ने ? इस्युमा मिल्ने हो । एजेण्डामा मिल्ने हो,’ शेखरले भने, ‘मलाई मेरो परिवारले यही संस्कार दिएको छ । गाली नगर, बरू गाली खाऊ, पचाऊ, चित्त नबुझेका कुरा छन् भने नबोल बरु भन्नुभएको छ ।’ कांग्रेसमा नोना कोइराला परिचित नेता हुन् । उनै कोइरालाको लिगेसी देखाउँदै शेखरले मिडियाप्रति रोष पोखेका हुन् ।

साउन २ बाट साउन १० गतेसम्म चलेको केन्द्रीय समितिमा महामन्त्री गगनमाथि धेरैले असन्तुष्टि पोखेका थिए । उनको पक्षको कोही नउभिएको गुनासो शेखरसम्म पनि पुग्यो । कतिले गगनको प्रतिरक्षा नगरेको भन्दै शेखरलाई प्रश्नसमेत गरे । आफू कसैलाई प्रतिरक्ष गर्न केन्द्रीय समितिमा नगएको उनको तर्क रह्यो । ‘तपाईंले महामन्त्रीले मलाई भन्नुभयो महामन्त्रीको ‘डिफेण्ड’ गर्नुभएन भनेर । केही केन्द्रीय समितिका साथीहरुले केही सांसदहरुले,’ शेखरले भने, ‘केन्द्रीय समितिमा म कसैलाई डिफेण्ड गर्न आएको हैन । रामचन्द्र पौडेल र सुशील कोइरालाको कुरा पो मानिनँ मैले । सुशील कोइरालाले भ्रातृ संगठन विघटन गरेका थिए । मैले सहन्न भनेँ।’


‘मैले उठाएको बुँदा पत्रकारले पढेनन्’
कांग्रेस नेता डा. शेखर कोइरालाले केन्द्रीय समिति विवेक प्रस्तुत गर्ने थलो भएको तर्क पेस गरे । ‘सेन्ट्रल कमिटीमा कुरा चल्यो । ग्रुपमा भएर पनि यसरी बोल्ने । सेन्ट्रल कमिटीमा त बुद्धि विवेक प्रयोग गर्नुप¥यो,’ बिहीबार आयोजित एक कार्यक्रममा उनले भने, ‘ग्रुपले जे भन्छ त्यही भने एक जनाले बोले भइगयो नि । अरुले किन बोल्नुप¥यो । केन्द्रीय समितिमा हामी विवेक पु¥याएर जाने हो ।’
बरु शेखरले आफ्नो विषयमा मिडियाले राम्रो कभर नगरेको दाबी गरे । ‘मेरो विनम्र अनुरोध । मैले १५ बुँदा केन्द्रीय कमिटीमा राखेको छु । कमेन्टहरु पढ्दा राम्ररी लेखेजस्तो लागेन । मैले दिएको बुँदा एकपटक पढेर कमेन्ट राम्ररी गरिदिनुस् । क्रिटिकल कमेन्ट गर्नुस्,’ उनले भने । लाइभमा केहीले भोलिको नेता हुन्छु कि भन्ठानेर आरोपप्रत्यारोप गरेको तर आफूलाई भने असजिलो भएको शेखरको भनाइ थियो । 
‘यसपटकको केन्द्रीय समितिको बैठक आरोपप्रत्यारोपमै सकियो । लाइभमा भोलिको नेता हुन्छु भन्ने लाग्यो होला । म जस्तो मान्छेलाई असजिलो भयो,’ उनले भने ।
 


प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ०७:०७
#डा. शेखर कोइराला
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP