काठमाडौं– मकवानपुर, बागमती गाउँपालिका–४ पाल्पालेस्थित बागमती खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने सन्ची माया मोक्तानको छोरा ८ वर्षीय निशान बलको बुधबार दिउँसो मृत्यु भएको छ ।
रूकुम (पश्चिम), आठबिसकोट नगरपालिका–१४ पिपलचौरस्थित ठाडो नहर खोलामा नुहाउने क्रममा डुबेर सोही नगरपालिका– १४ ओखरपाटा बस्ने ६५ वर्षीय तिले कामीको बुधबार दिउँसो मृत्यु भएको छ ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।