महोत्तरी - बिहेको गाडी भारत लान रोक लगाइएको छ ।
महोत्तरी जिल्लाको मूल भन्सार नाका भिठ्ठामोडबाट भारतीय पक्षले नेपाली चारपाङ्ग्रे बिहेको गाडीलाई पनि नेपालबाट भारत जानबाट रोक लगाएको हाे ।
उनीहरूले नेपाली गाडीलाई भारत जानका लागि ईजाजतपत्र माग गरिरहेका छन् ।
जुन ईजाजतपत्र भारतीय वाणिज्य दूतावास वीरगन्ज र काठमाडौँबाट मात्रै दिइन्छ ।
तस्बिर:रासस