Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रश्‍नको घेरामा अध्यक्ष दाहाल
माओवादी केन्द्रीय समिति बैठक प्रश्‍नको घेरामा अध्यक्ष दाहाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १८, २०८०

 परिवारवादमा रमाएको टिप्पणी
 चुनाव लडेर अध्यक्ष बन्न चुनौती
 मंसिरमा विधान सम्मेलन गर्ने प्रस्ताव
 पार्टी पार्टीजस्ता नभएको दाहालको स्वीकारोक्ति   

काठमाडौं– भनिन्छ, कम्युनिस्ट पार्टीहरुमा ‘सुप्रिमो’माथि प्रश्न उठाउन सकिँदैन । झण्डै लोकतान्त्रिक धारमा आइसकेको नेकपा एमालेमा पनि यो प्रथा अझै जारी छ । चितवन महाधिवेशनमा आफूसँग आँखामा आँखा जुधाएर अध्यक्ष बन्न खोजेको भीम रावललाई अहिले अध्यक्ष केपी शर्मा ओलीले कति कमजोर पारिसके भन्ने सत्यता दुनियाँबाट छिपेको छैन । हुन त महाधिवेशनअघि नै ओलीले रावललाई सम्झाएका थिए, सिपी मैनालीको हालतमा पु¥याइदिने भन्दै । तर रावलले सुनेनन् । अहिले भयो यस्तै ।

कम्युनिस्टको नीति अवलम्बन गर्नेमा नेकपा माओवादी केन्द्र एमालेभन्दा ‘हार्डलाइनर’ हो । त्यसैले होला, २०५२ देखि नै पुष्पकमल दाहाल पार्टीको सुप्रिमो छन् । उनीमाथि प्रश्न गर्न खोज्ने डा. बाबुराम दशथरि पार्टीको चोटाकोठा घुमेर अहिले दाहालकै दैलोमा शरण पर्न पुगेका छन् । तर, माओवादीमा अझै शक्तिशाली मानिएका उनै सुप्रिमो दाहालमाथि केन्द्रीय समितिमा प्रश्न गर्ने नेता देखिएका छन् । प्रधानमन्त्रीसमेत रहेका दाहालमाथि बुधबार सुरु भएको केन्द्रीय समिति बैठकमा ‘परिवारवाद’ हावी भएको भन्दै प्रश्न उठाएका हुन् ।

‘अध्यक्ष आफैं रुपान्तरण नभई माओवादी पार्टी बन्दैन । अध्यक्ष र वरिष्ठ उपाध्यक्षले आफ्ना छोरी र भतिजोलाई लुटको आतंक मच्चाउन र लेनदेनको हिसाब मिलाउनका लागि सचिवालयमा राखेका हुन् । यस्तो होइन भने माओवादीमा धेरै नेता कार्यकर्ता छन्,’ प्रवास कमिटी सहइञ्चार्जसमेत रहेका केन्द्रीय सदस्य लक्ष्मण पन्तले बैठकमा भने । अध्यक्ष दाहाल र वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई पहिले रुपान्तरण हुनसमेत उनले आग्रह गरे । प्रधानमन्त्री दाहाल र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परिवारवादका संरक्षकजस्ता देखिएको आरोप उनको थियो । प्रधानमन्त्री दाहालको स्वकीय सचिव कान्छी छोरी गंगा छिन् । उपप्रधान तथा गृहमन्त्री रहेका श्रेष्ठको भतिज सुरेशकाजी स्वकीय सचिव छन् ।

Ncell
Hardik health

दाहालकै दल माओवादीको चुनाव चिह्नबाट निर्वाचित खानेपानीमन्त्री महिन्द्रराय यादवले भाञ्जा सत्यप्रकाश यादवलाई स्वकीय सचिव बनाएका छन् । अन्य धेरै सांसद र मन्त्रीहरूले आफन्तलाई स्वकीय सचिव राखेर राज्यको सेवा सुविधा हत्याएका छन् । यसप्रति केन्द्रीय समिति बैठकमा आलोचना सुनिएको हो । 

सुशासन कायम गर्न भन्दै भ्रष्टाचारविरुद्धको कदम उठाएका दाहाललाई यो लज्जाबोध हुनेगरिको प्रश्न हो । उनले जवाफ दिन भने बाँकी छ । तर, पन्तले उठाएको यो गम्भीर प्रश्नको जवाफको प्रतीक्षामा केन्द्रीय सदस्यहरू छन् । नेता हिमाल शर्माले पनि परिवारवादको विरोध गरे ।

उनका अनुसार सबै नेता कार्यकर्ताको रगत र पसिनाले बनेको पार्टीमा आफ्नामात्रै खोज्न हुँदैन । ‘पार्टीमा पछिल्लो समय मौलाउँदै गएको परिवारवादले कसैलाई ठीक ठाउँमा पु¥याउँदैन,’ उनले बैठकमा भने । बैठकमा निकै चर्का सुनिएका पन्तले पार्टी अध्यक्ष दाहाल चुनाव लड्न पनि तयार हुनुपर्ने बताए । तीन दशकभन्दा बढी समयदेखि लगातार चुनाव नलडी दाहाल अध्यक्ष छन् । यसलाई लिएर पन्तले चुनौतीको भाषामा चुनाव लडेर अध्यक्ष बन्न सुझाएका हुन् । ‘विशिष्ट खालको महाधिवेशनमा गएर प्रचण्ड आफैं चुनाव लडेर अध्यक्ष बन्न तयार हुनुपर्छ,’ पन्तको भनाइ उदृत गर्दै एक जना नेताले भने, ‘नभए चुनाव लडेर अरु कोही बन्छ ।’

पार्टी अध्यक्ष दाहालले माओवादी पार्टीजस्तो नभएको टिप्पणी गरेका बेला सोही पार्टीका नेता पन्तको नेतृत्वसम्बन्धी विचार अभिव्यक्त भएको हो । बैठकमा दाहाल र पार्टीका अन्य नेताहरूप्रति चुनौतीयुक्त शैलीमा विरोध गर्ने पन्त र शर्मामात्रै होइनन् । केन्द्रीय सदस्य कृष्ण केसीले माओवादीको जीवन पारदर्शी नभएको भन्दै आलोचना गरे । २०४६ सालदेखिका भ्रष्टाचारका सबै फाइल प्रधानमन्त्री दाहालले  खोल्नुपर्नेमा उनको जोड छ । ‘माओवादीबाट सत्तामा गएकाहरूको सम्पत्ति छानबिन गरौं । बेपत्ता छानबिन र सत्य निरुपण आयोग तुरुन्त निर्माण गर्नुपर्छ । समाजवादका नमूना गाउँहरू बनाउनतर्फ जानुपर्छ,’ केसीले भने ।

माओवादीका नेताहरू सत्तामा पुगेको २०६५ देखि हो । त्यसअघिदेखि २०४६ सालसम्ममा कांग्रेस, माओवादी र राजापक्षधर दलहरूले पटकपटक सरकार गठन गरेका थिए । यी दलहरूसमेत माओवादीका नेताहरूलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताए । अर्का केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले पार्टी एकतामा आएकाहरूको जिम्मेवारीमा पार्टीले ध्यान दिनुपर्ने बताए । उनले क्षमताअनुसार जिम्मेवारी दिनुपर्ने भन्दै पार्टीमा आत्मालोचना र आलोचनालाई आलुचना बनाएर खाएको टिप्पणी गरे ।

तर, केन्द्रीय सदस्य कृष्ण चौधरीले भने अध्यक्ष दाहालको बचाऊ गरे । ‘पार्टी अध्यक्षको गल्ती देख्ने तर आफ्नो कुनै गल्ती नदेख्दा पार्टी बिग्रियो । सबैले आफैंतर्फ फर्केर हुर्नुपर्छ,’ उनले भने, ‘अझ भन्ने हो भने आफ्नो टाउकोमा आफैं आगो लगाउनुपर्ने समय आएको छ । पार्टी बनाउने हो भने एकले अकर्कोलाई दोष लगाउने होइन । फिल्डमा खटौैं ।  

केन्द्रीय सदस्य सचिन रोकाले अध्यक्ष दाहालले पेस गरेको प्रतिवेदनमाथि टिप्पणी गरे । ‘प्रतिवेदन युग परिवर्तन गर्ने खालको आएको छ । सरकारको कामले जनताका आशाको सञ्चार भएको छ । तर नेताहरू प्रचार प्रसार गर्दैनन् । दुई अंकको केन्द्रीय कमिटी बनाउनुपर्छ । नेता कार्यकर्ताहरूबीच अब चुनावमात्र एक विकल्प हो । यसले पार्टीमा काम गर्ने र नगर्नेबीच छुट्याउन सहज हुन्छ ।’

बैठकमा अमर तमुले पनि प्रतिवेदन राम्रो आएको बताए । उनले भने, ‘डकुमेन्ट राम्रो आएको छ । डकुमेन्टले समाजवादको चित्र कोर्न सफल भएको छ । हर्क साम्पाङको मोडेलमा माओवादीले काम गर्नुपर्छ । माओवादीबाट लाभको पदमा बसेकाहरूको सम्पत्ति छानविन हुनुपर्छ  ।’सांसदसमेत रहेका माधवप्रसाद सापकोटाले बुधबार बैठकमा १८ जना नेताले धारणा राखेका छन् । आज पनि बिहान ११ बजेपछि बैठक बस्दै छ । बैठकमा अध्यक्ष दाहालले राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गरिसकेका छन् ।

सो क्रममा अध्यक्ष दाहालले मंसिरमा विधान सम्मेलन गर्ने प्रस्ताव गरेका छन् । त्यसपछि विशेष महाधिवेशन गर्ने उनको प्रस्ताव छ । विधान सम्मेलनअघि तीन महिना भने ‘जनतासँग पार्टी अभियान’ चलाउने अर्को प्रस्ताव छ । देशभरका छ हजार ७४३ वटै वडामा पार्टी कमिटी गठन गरिने र सबै केन्द्रीय सदस्यहरूलाई वडा–वडामा खटाउने उल्लेख छ । यस्तै, प्रदेशको जिम्मेवारी सचिवहरूले लिने पनि प्रतिवेदनमा उल्लेख छ । सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको १० प्रतिशतलाई पार्टीको संगठित सदस्य बनाउनुपर्ने पनि प्रतिवेदनमा जनाइएको छ । 

ऐतिहासिक कदम चालौं
युद्धकाल हुँदै शान्तिकालसम्म गरी तीन दशकभन्दा बढी पार्टीको नेतृत्वमा रहेका पुष्पकमल दाहालले माओवादी पार्टीजस्तो नभएको भन्दै चिन्ता प्रकट गरे ।उनले भने, ‘मैले हाम्रो पार्टीको सन्दर्भमा विगतमा बेला मौकामा भन्ने गरेको छु– हामीसँग नेता, कार्यकर्ताको विशाल पंक्ति त छ तर पार्टीचाहिँ पार्टीजस्तो भइराखेको छैन ।’

जारी केन्द्रीय समिति बैठकबाटै साँचो अर्थमा एउटा कम्युनिस्ट पार्टी निर्माण, पुनर्निर्माणको अभियान थाल्नुपर्नेमा उनको जोड थियो । अध्यक्ष दाहालले पार्टी पुनर्निर्माणका लागि ऐतिहासिक कदम चाल्न केन्द्रीय समितिका नेताहरूले गम्भीरतापूर्वक जिम्मेवार भएर अनुशासित ढंगले बहस र छलफललाई अघि बढाउनेसमेत बताए । पछिल्लो चरणमा आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन भइसकेपछि सरकारले अगाडि सारेका कार्यक्रमहरू, लिएका पहलकदमी र गरिएका गतिविधिहरूबाट एउटा नयाँ आशा जनतामा पलाएको दाबी दाहालले गरे । 


प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०७:०९
#नेकपा_माओवादी #समिति बैठक
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेपाल–चीन सहकार्यको आधार पर्यावरणीय उत्थानशीलता र जलवायु सुरक्षा हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल
नेपाल–चीन सहकार्यको आधार पर्यावरणीय उत्थानशीलता र जलवायु सुरक्षा हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल शनिबार, भदौ २७, २०८३
प्रचण्ड र बादलप्रति गोकुल बास्कोटाको व्यङ्ग्य: ‘प्रचण्ड जित्ने क्षेत्र सकिएपछि आकाशे क्षेत्रको खोजीमा’
प्रचण्ड र बादलप्रति गोकुल बास्कोटाको व्यङ्ग्य: ‘प्रचण्ड जित्ने क्षेत्र सकिएपछि आकाशे क्षेत्रको खोजीमा’ शनिबार, भदौ २७, २०८३
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने
एमाले पुनर्गठन कार्यदलको निर्णय: बादलले पेस गरेका दुईवटा प्रतिवेदनलाई एउटै बनाउने शुक्रबार, भदौ २६, २०८३
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा शुक्रबार, भदौ २६, २०८३
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार
नेपाली कांग्रेसद्वारा मनोसामाजिक परामर्श टोली तयार बिहीबार, भदौ २५, २०८३
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा बिहीबार, भदौ २५, २०८३
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल बिहीबार, भदौ २५, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
प्रा.डा. बल काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ स्कुलको डिन नियुक्त
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP