काठमाडौं– कालीगण्डकीमा हाम्फालेका ५८ वर्षीय पुरुष बेपत्ता भएका छन् ।
मंगलबार साँझ हाम्फालेका टोलीपाल रानाको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । राना स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर–२ कोटाकोटबेशीका स्थानीय हुन् ।
बेपत्ता टोलीपालको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका इन्स्पेक्टर पदमराज थापाले जानकारी दिए ।