विराटनगर– धरानमा आज डेङ्गु नियन्त्रणका लागि एकै पटक २० वटै वडामा बृहत् अभियान सञ्चालन हुँदैछ ।
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार बृहत् अभियान सुरु गर्न लागेको जानकारी दिए । उनले २० वटै वडामा टोल सुधार समिति, जनप्रतिनिधि, नगर प्रहरी, सुरक्षाकर्मी तथा विद्यार्थीसहितको सहभागितामा अभियान सञ्चालन गरिने जानकारी दिए ।
धरानमा हालसम्म ४ हजार २ सयमा डेङ्गुको परीक्षण गर्दा ५९ प्रतिशतमा डेङ्गु सङ्क्रमित भेटिएका छन् । हालसम्म धरानमा डेङ्गुकै कारण ८ जनाको मृत्यु भइसकेको छ ।